• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अन्तर्राष्ट्रिय डेरी एक्स्पोको मुख्य आकर्षणको रुपमा उन्नत जातको गाई प्रर्दशनी हुने


  •   बिहिबार, माघ २२, २०८२ मा प्रकाशित
  • भरतपुर/नेपालको डेरी उद्योग ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ हो, जसले लाखौं किसानको जीविकोपार्जनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पु¥याइरहेको छ । दुग्धजन्य उत्पादनको व्यवसायिकतामा लागेका किसानहरुलाई प्रोत्साहन गर्ने, उत्पादनका हिसाबले आत्मनिर्भर हुँदै गरेको दुधबाट विभिन्न औद्योगिक उत्पादन गर्ने प्रयोजनका लागि मेशिन, उपकरणको अवलोकनका लागि अवसर प्रदान गर्ने, विभिन्न तालिम गोष्ठीका माध्यमबाट उद्यमी तथा व्यवसायिक किसानलाई ज्ञान तथा अनुभव प्रदान गर्ने र डेरीजन्य उद्यमशिलताको दिगोपनका लागि आवश्यक वातावरण तयार गर्ने उद्देश्यका साथ गत वर्षदेखी शुरुवात गरिएको राष्ट्रिय डेरी एक्स्पोलाई प्रदर्शक, अवलोकनकर्ता र सम्बन्धित सरोकारवाला निकायहरुले डेरी प्रदर्शनीलाई अन्तर्राष्ट्रिय प्रदर्शनीका रुपमा आयोजना गर्न दिइएको सल्लाह सुझाव बमोजिम ‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नाराका साथ चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को संयुक्त आयोजनामा मिति २०८२ माघ २५ गतेदेखि २९ गतेसम्म अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ हुने भएको छ ।

    Advertisement

    चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य सहित स्वागत गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले प्रेस विज्ञप्ति मार्फत कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
    विज्ञप्तिमा उत्पादन र उद्यमशीलता प्रवद्र्धनः डेरी उत्पादन, प्रक्रिया र वितरणमा नवीनतम प्रविधि र अभ्यासलाई प्रोत्साहित गर्दै साना किसान, उद्योगी र व्यापारीलाई व्यावसायिक सञ्जाल, तालिम, अनुदान र उद्यमशीलताको अवसर प्रदान गर्नु, गुणस्तर र जागरूकता वृद्धिः उपभोक्तालाई डेरी उत्पादनको महत्व, फाइदा र गुणस्तरबारे जानकारी प्रदान गर्दै नयाँ उत्पादन लन्च, ब्रान्डिङ र सहकारीहरूलाई औद्योगिक उत्पादनमा प्रेरित गर्नु, डेरी उद्योगको उत्पादकत्व र कार्यदक्षता वृद्धि गरी दिगो र आर्थिक रूपमा फाइदाजनक बनाउन राज्यका पहलहरूमा छलफल र नयाँ कार्यदिशा सुझाव गर्नु, डेरी जन्य उत्पादनहरुको निर्यातका लागि वातावरण तयार गर्ने, डेरी जन्य उत्पादनको निर्यातको सम्भावना भएका देशका व्यवसायीक प्रतिनिधिहरुलाई प्रदर्शक तथा अवलोकनकर्ताको रुपमा आमन्त्रण गरी बि टु बि मिटिङका माध्यमबाट निर्यात सम्भावनाका विषयमा छलफल गरी डेरी जन्य उत्पादनको निर्यातको वातावरण तयार गर्ने प्रदर्शनीको उद्देश्य रहेको उल्लेख गरिएको छ ।
    प्रदर्शनी अन्तर्गत दोश्रो दिन मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता, तेश्रो दिन दुध उत्पादनको वर्तमान अवस्था वजारको समस्या र सामाधानका उपायहरु सम्बन्धि कार्यपत्र प्रस्तुति सहित अन्तरक्रियात्मक कार्यक्रम (कार्यपत्रहरु ः (१) पशुपालनमा देखिने रोग र उपचार विधि, (२) दुधको गुणस्तरीय उत्पादन र उत्पादकत्व वृद्धिको लागि प्रविधिको प्रयोग, (३) दुग्ध क्षेत्रको वर्तमान अवस्था र चुनौति तथा नीतिगत व्यवस्था र राज्यसँगको अपेक्षा), चौथो दिन दुग्ध क्षेत्रसँग सम्वन्धित हाजिरी जवाफ प्रतियोगिता ÷ उन्नत जातको गाई प्रर्दशनी ÷ सातै प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा एक–एक वटा उत्कृष्ट दुग्ध उत्पादक सहकारी सम्मान कार्यक्रम र प्रदर्शनी अवधिभरी डेरी फुड फेस्टिभल आयोजना गरिदैैछ ।

    निःशुल्क प्रवेश रहेको अन्तर्राष्ट्रिय डेरी प्रदर्शनीमा वास्तविक डेरीजन्य उत्पादन उद्योगीहरू, उद्योगी बन्न इच्छुक व्यक्तिहरू, औद्योगिक नीति निर्माताहरू, नीति नियम कार्यान्वयन तहका सरकारी कर्मचारीहरू, डेरीजन्य औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने तथा खोज अनुसन्धानकर्ता, नेपालका डेरी उद्योगका सञ्चालक, लगानीकर्ता तथा उच्च व्यवस्थापकहरू, डेरी उद्यमीका व्यवसायिक परामर्शदाताहरू, तीनै तहका सरकारका प्रतिनिधिहरू (संघीय, प्रादेशिक, स्थानीय), प्रतिष्ठित लघु, घरेलु तथा साना उद्योगीहरू, कृषि विश्वविद्यालय तथा फुड टेक इन्जिनियरिङ्ग कलेजका प्रमुख एवम् प्रतिनिधिहरू, उद्योगी व्यवसायीहरू, उद्यमीका छाता संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, दुग्धजन्य उत्पादनमा प्रत्यक्ष संलग्न व्यवसायिक किसानहरू, स्वदेशी उत्पादनका लागि प्रोत्साहन गर्ने व्यक्ति तथा समूहहरू, दुग्ध उत्पादक किसानहरू, दुग्ध उद्योग र कारखाना सञ्चालकहरू, दुग्ध उत्पादन सम्बन्धी मेशिनरी र उपकरण निर्माताहरू, खाद्य उद्योगका व्यवसायीहरू, अनुसन्धानकर्ता, विद्यार्थी र दुग्ध उद्योगका विज्ञहरू, बैंक तथा बीमा कम्पनीका प्रतिनिधिहरू गरी करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

    प्रदर्शनीमा भारतका Trimurti Plant Sciences Pvt. Ltd., Fillpack Technology, Ranup Crop Care India, Gyan Dhara Industries Pvt Ltd, Goma, KODU Distributor Pvt. Ltd. लगायतका डेरीसँग सम्बन्धित स्टलहरु, डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी, डेरी उद्योगका लागी उपयोगी सफ्टवेयर, डेरीजन्य उत्पादन, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरणहरू, पशुपालन आहार सम्बन्धिका स्टलहरु, पशु औषधी तथा भेटनरी सेवा सम्बन्धिका स्टलहरू, डेरीलाई उपयोगी हुने प्याकेजिङ उद्योगका स्टलहरु, आधुनिक सेड निर्माण कम्पनीहरु, बैंक तथा विमा कम्पनीहरू, स्टार्टअप प्याभिलियन लगायतका स्टलहरुको सहभागिता रहनेछन् ।

    प्रदर्शनी मार्फत प्रदर्शकहरुलाई नयाँ उत्पादनहरू र सेवाहरूको प्रत्यक्ष प्रदर्शनीको अवसर, बजार अनुसन्धानको अवसर, व्यवसायिक सम्झौता तथा व्यापार विस्तारको सम्भावना, बजारमा आफ्नो ब्रान्ड स्थापित गर्ने अवसर, उपभोक्ताको प्रत्यक्ष प्रतिक्रिया, मिडिया र सामाजिक संजालमा प्रचार, उत्पादनको भिजुअल मार्केटिङ, छलफल तथा अन्तरक्रियाहरूमा सहभागी हुने अवसर, बिक्री तथा अर्डर बुकिङको अवसर, ग्राहक सन्तुष्टि परीक्षण गर्ने अवसर, नयाँ प्रविधि र इन्नोभेसन सम्बन्धी जानकारी, स्थानीय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार, दुग्ध उत्पादनसम्बन्धी नीति निर्माता र सरोकारवालासँग सम्पर्क गर्ने अवसर मिल्नेछ ।

    अन्तर्राष्ट्रिय डेरी प्रदर्शनीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्ड मुख्य प्रबद्र्धक तथा सह–आयोजकको रुपमा रहेका छन् । त्यस्तै, सहयोगी संस्थाहरुमा हेफर इन्टरनेशनल नेपाल, दुग्ध विकास संस्थान, काठमाण्डौं, डेरी उद्योग संघ र नेपाल डेरी एशोसियसन, संरक्षक संस्थाहरुको रुपमा नेपाल उद्योग परिसघ र केन्द्रीय दुग्ध सहकारी संघ लि.रहेका छन् । भने, आईटि पार्टनरको रुपमा टुना टेक्नोलोजीले सहकार्य गरेको छ । प्रदर्शनीको प्रबद्र्धकको रुपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रबद्र्धन कार्यालय, बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, दुग्ध विकास बोर्ड, भरतपुर महानगरपालिका लगायत स्थानिय पालिकाहरु रहेका छन् । इन्टरनेट पार्टटरको रुपमा वल्र्डलिङ कम्युनिकेशन प्रा.लि.रहेको छ ।  पत्रकार भेटघाट कार्यक्रमलाई चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको थियो ।

    बिहिबार, माघ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.