चितवन/बहुप्रतिष्ठित कम्पनी गोल्छा अर्गनाइजेसनको आधिकारिक बिक्रेता गो अटोमोबाइल्स प्राली काठमाडौंको आयोजना तथा युरो मोर्टस भरतपुरको सहकार्यमा भरतपुरमा एक्स्चेञ्ज क्याम्प सम्पन्न भएको छ।
Advertisementइभीका पारखी तथा ग्राहकलाई लक्षित गर्दै एक्स्चेञ्ज क्याम्प गरिएको युरो मोटर्सका निर्देशक विकास बर्माले जानकारी दिनुभयो । क्याम्पमा जुनसुकै कम्पनीका गाडीसंँग K A I Y I ब्राण्डका उत्पादनसंँग साट्ने सकिने व्यवस्था मिलाइएको छ ।
क्याम्पमा K A I Y I ब्राण्डका तीनवटा मोडल सार्वजनिक गरिएको युरो मोर्टस भरतपुरका अध्यक्ष रुबिन रामुदामूले जानकारी गराउनु भयो । क्याम्पमा २५ लाखमै ३०० किमी गुड्ने फेमिली कार र इभीमा म्याक्स कम्पनीको हेभि पिकअप पनि सार्वजनिक गरिएको
रामुदामुले बताउनु भयो ।
क्याम्पमा ग्राहकले K A I Y I ब्राण्डका गाडी टेष्ट ड्राइभ, बुकिङ्ग, खरीद तथा एक्स्चेञ्ज गर्न र क्याम्पमा सहभागी भएर अधिकतम लाभ लिने छन् ।





