• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य


  •   शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित
  • बुटवल/बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सकिएको छ । प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको आयोजकको भनाइ छ ।
    प्रदर्शनी समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने स्पष्ट गर्नुभएको छ । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनु पर्ने उहाँको भनाइ छ ।
    मुख्यमन्त्री आचार्यले लगानीको वातावरण मिलाउन नसकिए देशको उन्नति, समृद्धि र विकास सम्भव नहुने बताउनु भएको हो । ‘प्रदेश सरकारले लगानीको वातावरण बनाउने विषयलाई गम्भीर रूपमा बुझेको छ । उद्योगी व्यवसायीले भोग्ने समस्या समाधान गर्न प्रदेश सरकार सधैं तयार छ,’ उहाँले भन्नुभयो ।
    मुख्यमन्त्री आचार्यले उद्योगी व्यवसायीको मनोबल कमजोर बनाउने काम संघीय सरकारले गरेको टिप्पणी गर्नुभयो । तर, प्रदेश सरकारले भने सधैं उद्योगी र व्यवसायीको पक्षमा आवाज उठाउँदै आएको उहाँको भनाई छ । बिजुली कटौतीको विषयमा प्रदेश सरकारले पहिलोपटक खुलेर बोलेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री र अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।
    बुटवललाई आर्थिक हबको रूपमा विकास गर्न उद्योगी व्यवसायीको योगदान आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सधैं उद्योगी व्यवसायीको पक्षमा उभिने स्पष्ट पार्नु भयो ।‘उद्योगी व्यवसायीले भोग्ने कठिनाइ समाधान गर्न प्रदेश सरकार साथमै छ । सधैं अग्रणी मोर्चामा उभिएको छ,’ उहाँले जोड दिदै भन्नुभयो ।
    रुपन्देही उद्योग संघ बुटवलको आयोजनामा सञ्चालन भएको महोत्सवको समापन कार्यक्रम संघका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षता तथा सचिव अशोक कुँवरको संचालनमा भएको प्रदर्शनीको प्रतिवेदन महासचिव सुमन बस्यालले राख्नु भएको थियो भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहोरा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    पुस ३ गतेदेखि सुरु भएको प्रदर्शनी स्वदेशी उद्योगबाट उत्पादित सामग्रीका ४५० वटा व्यावसायिक स्टल रहेका थिए । यो अवधिभर पूर्व लक्षित योजनाअनुसार करिब ८ लाख दर्शकले अवलोकन गरेको र करिब ३० करोड रुपैयाँको कारोबार भएको र प्रदर्शनीमा सहभागी स्टलधनीहरु अधिकांशले सोँचेजस्तै राम्रो कारोबार भएको जनाएको कोषाध्यक्ष विशाल बलेवासेले जानकारी दिनुभयो ।
    यो पटकको प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमतर्फ मुख्य आकर्षण रहेको प्रदर्शनी आइडलमा पहिलो बुटवल देवीनगर बस्ने लिट्स कलेजका विद्यार्र्थी एण्डिज लामिछाने, बुटवलको अक्सफोर्ड कलेजमा अध्ययनरत आर्यन श्रेष्ठ, एभरेष्टमा अध्ययनरत विशेष भूर्तेल तेस्रो भएका छन् । त्यसैगरी प्रदर्शनीमा विभिन्न विधामा उत्कृष्ट उद्यमीहरुmाई पुस्कृत तथा सम्मान गरिएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार औद्योगिक पेभेलियनमध्ये उत्कृष्ट भएका कपिलवस्तु ग्लास फाइवर इण्डष्ट्रिज, बुटवल औद्योगिक क्षेत्र संचालक प्रमोद पोद्दार, बेकरी, आईसक्रिम तथा अचार पेभेलियनमध्ये उत्कृष्ट आकाश फुड्स,काठमाडौं डिष्ट्रिव्यूटर्सका उत्सव पाण्डे, स्वादिलो अचार तिलोत्तमाकी संचालक ज्योती श्रेष्ठ, ब्युटी तथा सेवा मूलक पेभेलियनमध्ये उत्कृष्ट महालक्ष्मी इन्जिनियरिड्ड कन्सल्टेन्सी तिलोत्तमाका संचालक सुदिप ढकाल, ग्रोसरी पेभेलियनमध्ये उत्कृष्ट शिवशक्ति सोप एण्ड केमिकल्स इण्डष्ट्रिज, बुटवल औद्योगिक क्षेत्र संचालक अखिलेस कसौधन, हाउस होल्ड पेभेलियनमध्ये उत्कृष्ट यूनाइटेड प्लाष्टिक इण्डष्ट्रिज प्रा.लि., बुटवल औद्योगिक क्षेत्रका संचालक तुल््सीबहादुर गुरुङ, कृषि पेभेलियनमध्ये उत्कृष्ट गोर्खाली कृषि औजार इण्डष्ट्रिज संचालक जितबहादुर विश्वकर्मा, हस्तकला पेभेलियनमध्ये उत्कृष्ट दिदीबहिनी अल्लो, दाङकी संचालक हिसिला वली, लक्ष्मी हस्तकला, कपिलवस्तुकी संचालक ललिता खरेल, गार्मेण्ट्स पेभेलियनमध्ये उत्कृष्ट महाकाली गार्मेन्ट्स, तिलोत्तमा कोटिहवाका संचालक अनिश कुमार कसौधन, होटल तथा रेष्टुरेण्ट पेभेलियनमध्ये उत्कृष्ट डेडीज किचन, बुटवलका संचालक महेन्द्र कुँवर, फुटवेयर्स पेभेलियनमध्ये उत्कृष्ट अनिता सुज उद्योग देवदहका संचालक अनिता बुढाथोकीलाई सम्मान गरिएको छ । त्यसैगरी उदयमान उद्यमी गाउँघरको स्वाद, बुटवलका संचालक आरजु भुसाल, दही ठेकी, तिलोत्तमा, मणिग्रामका संचालक विशाल गैरे, समग्र स्टलहरुमध्ये सर्वोत्कृष्ट स्टल प्रथम थापा इन्जिनियरिड्ड इण्डष्ट्रिज प्रा.लि. बुटवल औद्योगिक क्षेत्रका संचालक देवानसिंह थापा, द्वितीय ड्रिम वेयर इण्डष्ट्रिज, बुटवलका संचालक बाबुराम अर्याल, तृतीय त्रिशक्ति गु्रप, बुटवलका संचालक सुरेन्द्र ज्ञवालीलाई पुरस्कृत गरिएको उहाँले बताउनुभयो । त्यसैगरी सान्त्वना पुरस्कार वोमन एक्टका संचालक रेखा थापा, हिपत, फुड्स,गुल्मीका संचालक शिव गौतम, लुम्बिनी एजुकेशनल किड्स इण्डष्ट्रिज, बुटवलका संचालक कृष्णप्रसाद पाण्डे, लकासी अचार उद्योग, तिलोत्तमाकी संचालक पार्वती गिरी पुरस्कृत हुनुभएको छ ।

    Advertisement

    शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.