भरतपुर/चितवन उद्योग संघ, युवा उद्यमी मञ्चको आयोजनमा चितवन प्रदर्शनी केन्द्रमा नेटवर्किङ–व्यवसाय प्रदर्शनी–सहकार्य कार्यक्रम सम्पन्न भयो ।
चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडीले स्वागतसँगै कार्यक्रमको जानकारी गराउनु भएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि घिमिरेले यस्ता खाले कार्यक्रमहरुले उद्योगीहरुबीच अन्तरघुलन, आफ्ना उत्पादनहरुको बजारीकरण गर्न ठूलो टेवा पुग्ने बताउनुभयो । त्यस्तै चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडीले संघ परिसरमा भएको यस खालेको मेलाहरु समय–समयमा हुन जरुरी रहेको बताउनुभयो ।

विभिन्न प्रकृतिका ३५ वटा स्टलहरुको सहभागिता रहेको मेलामा उद्यमीहरुबीच आ–आफ्नो व्यवसायहरुको अवसर, बजारीकरणको खोजी गर्नको लागि उपयुक्त माध्यम बनेको र उक्त कार्यक्रमलाई प्रत्येक वर्ष पौष ५ गते सञ्चालन गर्ने लक्ष्य लिइएको युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडीले जानकारी गराउनुभयो ।चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका सचिवालय निर्देशक अनिष पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका निर्देशक एवम् कार्यक्रम संयोजक आशिष भण्डारीले गर्नुभएको थियो ।
Advertisement




