कालिका/कालिका नगरपालिकामा रहेको प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गरिएको छ । सोही अवसरमा कालिका नगरपालिका वडा नं. ८ मा रहेको नवनिर्मित कालिका मन्दिरको समेत अवलोकन गरिएको थियो ।
चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष गजेन्द्र अधिकारीको नेतृत्वमा सम्पन्न भएको अवलोकनका क्रममा चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडीले प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रको विगतदेखि हालसम्म भए गरेका कार्यहरुको विषयमा जानकारी गराउनुभएको थियो ।
अवलोकनका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चितवनको कालिका नगरपालिकामा रहेको प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रका सन्दर्भमा आफू पूर्ण जानकार नभएपनि राष्ट्रिय परियोजनाको रुपमा यसको चर्चा रहँदै आएको बताउनुभयो ।
प्रजिअ अर्यालले यस परियोजनालाई सञ्चालन गर्ने क्रममा आउने बाधा अड्चनहरुलाई सम्बन्धित निकायहरुबाट समाधान गरी सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
अवोलनका क्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालन गर्नको लागि केही प्रक्रियाहरु अगाडि बढिसकेको र यसलाई सञ्चालन गर्ने विषयमा आफूहरु सकारात्मक रहेको र केही प्राविधिक विषयहरुमा छलफलका माध्यमबाट समाधान गरिने समेत बताउनुभयो ।
शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनकाे लागि छलफल आवश्यक
शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालनकाे लागि छलफल आवश्यक
Advertisement
तपाईको प्रतिक्रिया




