• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

उद्योगी र उपभोक्ताको सामीप्यता बढाउन औद्योगिक प्रदर्शनी, सिएनआईको संयोजनमा काठमाडौंमा पत्रकार सम्मेलन


  •   सोमबार, मङि्सर २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ/रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव हुने भएको छ । आगामी पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव हुने भएको हो । औद्योगिक प्रदर्शनीका विषयमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को नारा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ रहेको छ । संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गरिएको जनाएको छ । बुटवल स्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरूका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुनेछन् ।
    नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अहिले उद्योगीहरु संकटमा परिरहेको बेला रुपन्देही उद्योग संघले निकै ठूलो मेहनत गरेर स्वदेशी उद्योगको उत्पादन प्रवद्र्धन गर्नका लागि गरेको प्रदर्शनीले सबैलाई उत्साह थप्ने र निराशालाई चिर्न सक्ने अपेक्षा गरेको बताउनु भयो । उहाँले उद्योगहरु स्थापित नभएसम्म र निजी क्षेत्र बलियो नभएसम्म देशलाई समृद्धिमा लैजान नसकिने भएकाले यो विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।
    निर्माणको अन्तिम चरण्चमा गुगेको सम्पन्न भएको आधुनिक अन्तर्र्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुनेछन । यसको सजावटदेखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुनेछन । स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तीनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताउनुभयो । आयोजना गर्ने हरेक प्रदर्शनीहरू सधैँ नमूना अर्थात भिन्न खालको हुने गरेको छ । यस पटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल स्वदेशी अभियानलाई थप प्राथमिकताका साथ अगाडि बढाइएको निवर्तमान अध्यक्ष दिलिप सापकोटाले जनाउनुभयो । प्रदर्शनीको मुख्य उद्देश्य नै स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने भएकाले प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै समावेश हुने वहाँको भनाइ छ । संघले प्रदर्शनीका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनहरूको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यवसायिक अनुभवको आदान प्रदान, नेपाली उद्योगको लागि अवसरको खोजी, उत्पादन उपभोक्ताविज्ञहरू र सरकारी निकायबीच अन्तरसम्वाद, आन्तरिक तथा बाह्य औद्योगिक वातावरणको जानकारी, निर्यात मूलक उद्योगको पहिचान र प्रोत्साहन, युवा तथा महिला उद्यमीहरूलाई प्रोत्साहन, पर्यटक क्षेत्रका व्यवस्था बारेमा सरोकारवाला बीच छलफल, औद्योगिक जनशक्ति निर्माणलाई राखिएको संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग परिसंघका लुम्बिनी अध्यक्ष एजाज आलमले बताउनुभयो ।
    देशको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको औद्योगिक क्षेत्रको संरक्षण, सम्बद्र्धन र विस्तारलाई मुख्य लक्ष्य बनाउँदै आगामी १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ आयोजना गर्न लागिएको रुपन्देही उद्योग संघले जानकारी गराएको छ । स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्ने र नयाँ उद्योग स्थापनालाई प्रेरित गर्ने उद्देश्य सहित यो महोत्सवले उद्योग तथा उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्कलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । आयोजकका अनुसार प्रदर्शनीले स्वदेशी उत्पादनलाई व्यापक प्रचार–प्रसार गर्ने मात्र नभई, देशभरको औद्योगिक सम्भावनाको खोजी, नयाँ प्रविधिको पहिचान, कृषि व्यवसायीकरण, पर्यटन प्रवद्र्धन तथा युवा उद्यमशीलतालाई प्रोत्साहन दिने महत्त्वपूर्ण भूमिका खेल्नेछ । साथै, कला–संस्कृतिको संरक्षण, गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम मार्फत ज्ञान आदानप्रदान गर्ने वातावरण पनि निर्माण गरिनेछ। यस वर्षको प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी र कन्फेक्सनरी, छाला उद्योग, खाद्यान्न, सूचना प्रविधि लगायतका क्षेत्र समेटिएका करिब ४५० स्टल रहनेछन्। प्रदर्शनीलाई हेर्न ८ लाखभन्दा बढी दर्शक आउने र करिब ३० करोड रुपैयाँ बराबरको व्यवसाय हुने अनुमान गरिएको छ ।
    महोत्सवलाई विविध तथा मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, आधुनिक गीत–संगीत प्रस्तुती, हास्य कलाकारका कार्यक्रम, स्थानीय कलाकारका प्रदर्शन, विद्यालय तथा कलेज स्तरका लोकनृत्य र वक्तृत्वकला प्रतियोगिता, लोकभजन प्रतियोगिता र ‘प्रदर्शनी आइडल’ लगायतका विभिन्न सांस्कृतिक तथा प्रतिस्पर्धात्मक कार्यक्रम समावेश गरिएको छ ।
    महोत्सव सफल बनाउन रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा ७५ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, साथै निवर्तमान अध्यक्षको संयोजनमा विशेष मूल्याङ्कन समिति तथा २९ वटा विभिन्न उपसमिति गठन गरिएको छ । संघले विगतका वर्षदेखि निरन्तर साथ र सहयोग गर्दै आएको सञ्चार माध्यम तथा सञ्चारकर्मीप्रति आभार प्रकट गर्दै यस वर्षको महोत्सवलाई सफल बनाउन पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेको छ । आगामी १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ देशको औद्योगिक, कृषि, पर्यटन र प्रविधि क्षेत्रलाई एकै स्थानमा जोड्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

    Advertisement

    सोमबार, मङि्सर २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.