-शंकर अधिकारी
भरतपुर/निर्माण व्यवसायीहरुकाे एकमाात्र दिवस, निर्माण दिवस कार्यक्रम समेत निरन्तरता दिँदै मनाईएकाे छ। हरेक वर्ष मंसिर २२ गते दिवसका रुपमा मनाईदै आईएकाे आज १८ वर्ष अर्थात १८ अैा निर्माण दिवस-२०८२ देशभरका निर्माण व्यवसायीहरुले हरेक जिल्लामा विभिन्न कार्यक्रम गरि मनाईएकाे छ। चितवनमा निर्माण व्यवसायी संघ चितवनले समेत हरेक वर्ष जस्तै देवघाट क्षेत्र विकास समिति तनहुँमा आश्रीत वृद्दवृद्दाहरुलाई भाेजन तथा नगद वितरण गरि मनाएकाे छ। संघका अध्यक्ष दिनेशचन्द्र न्याैपानेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुर्यप्रसाद तिमिल्सिना, विशिष्ठ अतिथिहरु हाेमकुमार शर्मा, उमानन्द कँडेल, अतिथिहरु देवघाट क्षेत्र विकास समितिका निर्देशक सदन वराल, निर्माण व्यवसायी संघ चितवनका सल्लाहकार श्रीप्रकाश कँडेल, निवर्तमान अध्यक्ष केशवप्रसाद लामिछाने, राजु सडाैला, कार्यक्रम संयाेजक माधवप्रसाद पाेखरेल लगायत पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम महासचिव पुष्कर अधिकारीले सञ्चालन गरेका थिए। देवघाटमा आश्रीत वृद्दवृद्दाहरुका लागि संघले यसअघि सभाहल र अत्याधुनिक स्नानगृह निर्माण गरि हस्तान्तरण गरिसकेकाे छ।




