भरतपुर/रोटरी क्लव अफ चितवनको आयोजनामा ग्लोबल ग्राण्ट परियोजना अन्र्तगतको स्पाइनल इञ्जुरी रिह्याविलिटेशन सेन्टर, चितवन शाखाको शुभारम्भ गरियो ।
रोटरी क्लव अफ चितवनका अध्यक्ष रो.रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेश्नल ३२९२ का डिस्ट्रिक्ट गर्भनर रो. बिनोद कोइरालाको प्रमुख आतिथ्यतामा भरतपुर–३, न्यूरोड नारायणगढमा स्पाइनल इञ्जुरी रिह्याविलिटेशन सेन्टर, चितवन शाखाको शुभारम्भ गरिएको थियो ।
अन्र्तराष्ट्रिय साझेदार दातृ क्लब, रोटरी क्लब अफ बेन्गलोर ह्वाइट फिल्ड, भारतको सहकार्य रहेको उक्त परियोजनाको कुल लागत रु. १,७७,९५,३३७÷– रहेको छ । कार्यक्रममा भरतपुर महानगरपालिका, वडा नं. ३ का अध्यक्ष बिकास थापा, आर्थिक तथा भौतिक सहयोग गर्नुहुने स्व. रो. उदयकुमार पिया तथा श्रीमती चमेलीदेवी पियाका सुपुत्रहरु डा. मदन कुमार पिया र ई. शुनिल कुमार पिया, एसआर्ईआरसि साँगाका उपाध्यक्ष डा. अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक इशा थापा, डिस्ट्रिक्ट ३२९२ का जोइन्ट सेके्रटरी रो. डा. रेवन्त कुमार भट्टराई, जोन ३४ का ए.जि. रो. धन बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष रो. महेन्द्रलाल प्रधान, पूर्व अध्यक्ष रो. जिवन पिया, पूर्व अध्यक्ष तथा पि.डि.जि. रविन्द्र कुमार पिया, पूर्व अध्यक्ष रो. रमेश कुमार पिया, पूर्व अध्यक्ष रो. चन्द्रमान श्रेष्ठ, पूर्व अध्यक्ष रो. राजु पौडेल, पूर्व अध्यक्ष रो. रोशन पिया, पूर्व अध्यक्ष रो. दिपक प्रधान, निवर्तमान अध्यक्ष रो. भानु शर्मा, निर्वाचित अध्यक्ष रो. डा. कृष्ण प्रसाद पौडेल, मनोनित अध्यक्ष रो. गेहेन्द्रमान श्रेष्ठ, प्रथम उपाध्यक्ष तथा यस परियोजनाका प्रथम सम्पर्क व्यक्ति रो. राजन पिया, तृत्तिय उपाध्यक्ष रो. ई. पुरन सुवेदी, सचिव रो. ई. लोमस अधिकारी, सर्जेन्ट एट आर्म रो. जनक कुमार ढकाल, सम्पादक रो. निरज खनाल, सदस्य रो. ई. प्रदिप भट्टराई, सदस्य रो. डा. तेज प्रकाश दवाडी र सदस्य रो. ई. गुनेश्वर महतो लगायतको उपस्थिति रहेको थियो ।
यस परियोजना सञ्चालानार्थ चितवन मेडिकल कलेज, स्पाइनल इञ्जरी संघ नेपालको प्राविधिक सहयोग र रोटरी क्लब अफ चितवनको व्यवस्थापनमा समझदारी पत्रमा मा हस्ताक्षर गरिएको थियो ।




