तनहुँ/रोटरी क्लव अफ चितवनद्वारा चितवन ग्लोबल ग्राण्ट परियोजना अन्र्तगतको गौरीटार खानेपानी तथा लघु सिंचाईको शुभारम्भ गरेको छ । उक्त परियोजनाको रोटरी इन्टरनेश्नल ३२९२ का डिस्ट्रिक्ट गर्भनर रो. बिनोद कोइराला तथा प्रथम महिला बिबा कोइरालाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको थियो । अन्र्तराष्ट्रिय साझेदार दातृ क्लब, रोटरी क्लब अफ अवर्न, अमेरीकाको समेत सहकार्य रहेको उक्त परियोजनाको कुल लागत रु. ६५,४९,९१९।– रहेको छ । त्यसै गरि सो परियोजनामा क्लबको तर्फ ६ हजार अमेरिकी डलरको योगदान रहेको थियो ।
शुभारम्भ कार्यक्रममा देवघाट गाउँपालिका, वडा नं. ५ का अध्यक्ष पुर्ण बहादुर कुंवर, गौरीटार टोल विकास समितिका सदस्य शरद चन्द्र पोखरेल र गौरीटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सोम बहादुर बोटे, डिस्ट्रिक्ट ३२९२ का जोइन्ट सेके्रटरी रो. डा. रेवन्त कुमार भट्टराई, जोन ३४ का ए.जि. रो. धन बहादुर श्रेष्ठ, क्लबका तर्फबाट पूर्व अध्यक्ष रो. महेन्द्रलाल प्रधान, पूर्व अध्यक्ष रो. जिवन पिया, पूर्व अध्यक्ष रो. मित्रराज दवाडी, पूर्व अध्यक्ष रो. दिलिप पिया, पूर्व अध्यक्ष रो. रोशन पिया, निवर्तमान अध्यक्ष रो. भानु शर्मा, मनोनित अध्यक्ष रो. गेहेन्द्रमान श्रेष्ठ, प्रथम उपाध्यक्ष तथा यस परियोजनाका प्रथम सम्पर्क व्यक्ति रो. राजन पिया, तृत्तिय उपाध्यक्ष रो. ई. पुरन सुवेदी, सचिव रो. ई. लोमस अधिकारी, पब्लिक इमेज चेयर रो. पुरुषोत्तम रिजाल, सदस्य रो. ई. प्रदिप भट्टराई र सदस्य रो. ई. गुनेश्वर महतो लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम रोटरी क्लव अफ चितवनद्वारा चितवनका अध्यक्ष रो.रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
गौरीटार खानेपानी तथा लघु सिंचाई परियोजनाको समुद्घाटन
गौरीटार खानेपानी तथा लघु सिंचाई परियोजनाको समुद्घाटन
Advertisement
तपाईको प्रतिक्रिया




