भरतपुर/रोटरी क्लव अफ चितवनद्वारा चितवन ग्लोबल ग्राण्ट परियोजना अन्र्तगतको हेमोडायलासिस सेन्टरको शुभारम्भ गरेको छ । चितवन मेडिकल कलेज परिसरमा रहेको उक्त सेन्टरको रोटरी इन्टरनेश्नल ३२९२ का डिस्ट्रिक्ट गर्भनर रो. बिनोद कोइराला तथा प्रथम महिला बिबा कोइरालाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको थियो । अन्र्तराष्ट्रिय साझेदार दातृ क्लब, रोटरी क्लब अफ शांग्ली मिड टाउन, भारतको समेत सहकार्य रहेको परियोजनाको कुल लागत रु.२,०८,४७,६१९/– रहेको छ ।
परियोजनाको शुभारम्भ कार्यक्रममा चितवन मेडिकल कलेजका डा. गोपेन्द्र देव र डा. दयाराम लम्साल, भरतपुर महानगरपालिका वडा नं. १० का वडाअध्यक्ष परमेश्वर खनाल, डिस्ट्रिक्ट ३२९२ का जोइन्ट सेके्रटरी रो. डा. रेवन्त कुमार भट्टराई, जोन ३४ का ए.जि. रो. धन बहादुर श्रेष्ठ, क्लबका तर्फबाट पूर्व अध्यक्ष रो. महेन्द्रलाल प्रधान, पूर्व अध्यक्ष तथा यस परियोजनाका प्रथम सम्र्पक व्यक्ति रो. मित्रराज दवाडी, पूर्व अध्यक्ष रो. चन्द्रमान श्रेष्ठ, पूर्व अध्यक्ष रो. राजु पौडेल, पूर्व अध्यक्ष रो. रोशन पिया, निवर्तमान अध्यक्ष रो. भानु शर्मा, मनोनित अध्यक्ष रो. गेहेन्द्रमान श्रेष्ठ, प्रथम उपाध्यक्ष रो. राजन पिया, द्धित्तिय उपाध्यक्ष रो. गोपाल भट्टराई, सचिव रो. ई. लोमस अधिकारी, पब्लिक इमेज चेयर रो. पुरुषोत्तम रिजाल र सदस्य रो. डा. तेज प्रकाश दवाडी लगायतको उपस्थिति रहेको थियो । हेमोडायलासिस सेन्टरको शुभारम्भ कार्यक्रम रोटरी क्लव अफ चितवनका अध्यक्ष रो.रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
हेमोडायलासिस सेन्टर परियोजनाको शुभारम्भ
हेमोडायलासिस सेन्टर परियोजनाको शुभारम्भ
Advertisement
तपाईको प्रतिक्रिया




