• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा


  •   मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
  • काठमाडौं/आर्थिक मन्दी, मूल्यबृद्धि र अवैध प्रतिष्पर्धाको चपेटामा परेका ग्रील तथा स्टील व्यवसायीहरुले व्यवसाय वर्गीकरण, अवैध मिस्त्री नियन्त्रण, दक्ष जनशक्ति उत्पादन र संगठन पुर्नगठनलाई प्राथमिक एजेण्डा बनाउँदै आगामी वर्षका ठोस कार्ययोजना सार्वजनिक गरेका छन् ।
    देशभरका करिब ११ हजार व्यवसायी र डेढ लाखभन्दा बढी कर्मचारी–मजदुरको प्रतिनिधित्व गर्ने ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको राजधानीमा सम्पन्न ३०औँ वार्षिक साधारणसभामा व्यवसायीलाई सुरक्षित, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यले संरचनागत तथा कानुनी सुधारका एजेन्डा अघि सारिएको हो ।
    नीति निर्माणदेखि अवैध व्यवसाय नियन्त्रणसम्मका महत्वपूर्ण निर्णयहरू घोषणा गर्दै “व्यवसायीलाई स्पातजस्तै सुदृढ बनाउने” प्रतिवद्धता व्यवसायीहरुले व्यक्त गरेका छन् ।
    साधारणसभाको अध्यक्षता गर्दै महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले २०५० साल तिरबाट संगठित भएर ग्रील तथा स्टील व्यवसायीहरुलाई संगठित गर्दै ३० औं वर्षको यात्रा तय गर्दासम्म धेरै उपलब्धिहरु हासिल गरेको बताउनुभयो ।
    ग्रील तथा स्टील व्यवसायीहरुको त्याग र समर्पणबाट हिजो एक अर्कामा बोल्न समेत नचाहने व्यवसायीहरु आज एउटै टेबलमा बसेर वैचारिक विमर्श तथा कार्य सम्पादनमा समेत सहकार्य गर्न तयार भएको अवस्थाले व्यवसायीहरुमा ल्याएको परिवर्तनको चित्रण गरिरहेको उहाँले बताउनुभयो ।
    महासंघ बलियो हुनको लागि संगठनमा आबद्ध भएका व्यवसायी बलियो हुन जरुरी रहेको भन्दै अध्यक्ष श्रेष्ठले अहिले संगठनलाई मजबुत बनाएर अगाडी बढाउँदै लैजाने तथा ग्रील व्यवसायलाई उद्योगको रुपमा विकास गर्ने योजना बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो । त्यसका लागि अनाधिकृत रुपमा बजार विगार्न आएका अवैधानिक मिस्त्री तथा व्यवसायीको मेसिन नै कब्जा गरेर कारबाहीको दायरामा जान बाध्य भएको उहाँले बताउनुभयो ।
    राज्यको करको दायरामा पनि आउन नचाहने हाम्रो संगठनमा पनि जोडिन नचाहाने अवैध व्यवसायीहरुको हकमा भने निर्मम बन्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो – “यिनको कारण भएको उपभोक्ता ठगी तथा बजारको अस्थिरताको विषयमा ठोस नीति बनाएर स्थानीय सरकार र स्थानीय प्रशासनसँगको सहकार्यमा कारबाही प्रकृया अगाडि बढाउन सबै क्रियाशील बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    हार्डवेयर व्यवसाय र ग्रील तथा स्टील व्यवसायको बीचमा नङ र मासुको सम्बन्ध हुनुपर्नेमा पछिल्लो समय केहि दरार पैदा भएको महशुस भएको अनुभुति भएकोले यी दुई व्यवसाय बीचको सम्बन्ध सुमधुर बनाउन महासंघले छलफल र अन्तरक्रिया गर्दै अगाडी बढाउने उहाँले बताउनुभयो ।
    महासंघका संस्थापक अध्यक्ष मधुबहादुर कार्कीले संगठन निर्माणका प्रारम्भिक कठिनाइ, संस्थाको इतिहास, विस्तार र संस्थागत विकासका महत्वपूर्ण अध्यायहरू स्मरण गर्दै वर्तमान नेतृत्वलाई अझ योजनाबद्ध रुपमा अघि बढ्न शुभकामना दिनुभयो ।
    महासंघका महासचिव विवेकदास श्रेष्ठले देशको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको भन्दै कच्चा पदार्थदेखि श्रम लागतसम्म बढिरहेको दबाब, अवैध तथा अनियन्त्रित व्यवसाय, कर असमानता तथा गुणस्तरहीन उत्पादनका कारण व्यवसाय निरन्तर जोखिममा परिरहेको बताउनुभयो । यस्तो अवस्थामा महासंघले व्यवस्थित, जिम्मेवार र पारदर्शी व्यवसाय निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएको उहाँले बताउनुभयो ।

    Advertisement


    महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवालले महासंघले विगतमा गरेका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा गर्दै संस्थागत एकता र बलियो संरचना निर्माणमा सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
    महासंघका वरिष्ठ सल्लाकार निरञ्जन कुमार श्रेष्ठले व्यवसायमा देखिने अनियमितता हटाई व्यवस्थित कारोबार प्रणाली कायम गर्न महासंघले नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो ।
    कार्यक्रममा आफ्नो शुभकामना मनतव्य राख्दै चितवन जिल्लाका तारा बहादुर कार्कीले काठमाडौं उपत्यकालाई मात्र महासंघ भन्ने भाष्यलाई विस्थापन गराएर देश भरका व्यवसायीहरुको साझा संगठनको रुपमा बिकास गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
    महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठले देशभरका व्यवसायीहरूलाई एकीकृत ढंगले अगाडि बढाउने महासंघको भूमिकालाई थप विस्तार गर्नुपर्ने सुझाव राख्नुभयो ।
    वैज्ञानिक एवं वातावरणविद राम चरित्र शाह, महासंघका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष अशोक बर्मा, बागमती प्रदेशका संयोजक प्रकाश पौडेल, गण्डकी प्रदेशका संयोजक रण बहादुर विश्वकर्मालगायतले मन्तव्य राख्नु भएको थियो ।
    साधारण सभामा आर्थिक प्रतिवेदन, वार्षिक प्रगतिबारे समीक्षा, अद्यावधिक कार्ययोजना तथा आगामी वर्षको रणनीतिबारे विस्तृत छलफल भएको थियो ।
    बैंक ब्याजदरको चाप, निर्माण सामग्री बजारको अस्थिरता, कुशल जनशक्तिको अभाव, आपूर्ति व्यवस्थाको चुनौति जस्ता मुद्दाहरूलाई महासंघले प्राथमिक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । साधारणसभामा देशभरका ग्रील तथा स्टील व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याई उनीहरूका समस्या समाधान तथा अधिकार संरक्षणमा महासंघको भूमिका झनै प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।

    मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.