भरतपुर/रिकभरिङ नेपाल बागमती प्रदेश समितिको साधारणसभा एवम् अधिवेशनबाट दिवाकर राज श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा गौरवबाबु ढकाल, उपाध्यक्षहरुमा रोशन सिलवाल, यम बहादुर गुरुङ, सचिवमा निरन्जन तामाङ, सह–सचिवमा गगन खत्री, कोषाध्यक्षमा( निर्मल बिडारी, सदस्यहरुमा सुस्मिता गुरुङ, सरोज लामा, रिजेश केसी (बिकास), सुदिप गुरुङ, रन्जीत श्रेस्ठ, रमेश गुरुङ रहनुभएको छ ।
Advertisement




