नेकपा(एमाले) काे ११ अैां केन्द्रीय महाधिवेशनकाे लागि देशभरवाट प्रतिनिधि छनाैट कार्य सम्पन्न भएकाे छ, चितवनवाट पनि हिजाे निर्वाचन समितिले २४ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित भएकाे घाेषणा गरेकाे छ, त्यसमध्ये चितवनमा युवामाझ पछिल्लाे समय आफ्नाे शशक्त पहिचान वनाएका शंकर अधिकारी खुल्ला तर्फवाट सर्वसम्मत निर्वाचित भएका छन्, नेकपा(एमाले) काे जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपालकाे चितवन जिल्ला अध्यक्ष हुँदै केन्द्रीय स्थायी कमिटि सदस्य तथा चितवन जिल्ला ईन्चार्जकाे समेत जिम्मेवारी पूरा गरिसकेका अधिकारी चितवनमा युवामाझ पार्टिकाे अत्यधिक लाेकप्रिय पात्रका रुपमा रहेका छन्। विगतमा लगभग ९/१० वर्ष पार्टिकाे युवा संगठनले गति लिन नसकेका बखत अधिकारीले जिल्ला कमाण्ड लिईसकेपछि पुन: युवा संगठनकाे पालिकाहरु र वडा तहसम्मनै युवा संघकाे गतिविधि चलायमान वनेकाे थियाे, त्यसकारण पनि केन्द्रीय तहसम्मनै अधिकारीकाे चर्चा चल्दै आएकाे छ। उनी अहिले पार्टि पंक्तिमा अत्यधिक चर्चाका रुपमा रहेका महेश वस्नेत निकटका रुपमा चिनिने गर्छन। हाल चितवन पार्टिकाे जिल्ला लेखा कमिटी अध्यक्षका रुपमा रहेका अधिकारीले पार्टिभित्र पनि आर्थिक पारदर्शिता र लेखा व्यवस्थापनकाे तहलाई पुर्ण व्यवस्थापन गर्दै आफ्नाे छविलाई अझ वढाएकाे कार्यकर्ताले समेत व्याख्या गर्दै आएका छन्। हाल उनी यहि कारणले समेत हालै गठित नेशनल भाेलेन्टियर फाेर्सकाे केन्द्रीय सदस्य र चितवन जिल्ला कमाण्डरकाे जिम्मेवारी पाएकाे नेशनल भाेलेन्टियर फाेर्सका केन्द्रीय नेताहरु वताउँछन्।
चितवनका युवा नेता अधिकारी महाधिवेशन प्रतिनिधिमा सर्वसम्त
चितवनका युवा नेता अधिकारी महाधिवेशन प्रतिनिधिमा सर्वसम्त
तपाईको प्रतिक्रिया




