भरतपुर/चितवनको भरतपुर महानगरपालिका वडा नं. १, चितवनमा रहेको अर्बान नेष्ट बुटिक एण्ड रेन्टल हाउस बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत कार्यक्रम बमोजिम नवप्रवर्तन उद्यमी सम्मानबाट सम्मानित भएको छ ।
“औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ ११ औं उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रम अन्तर्गत १४ जना उद्यमीहरु मध्ये अर्बान नेष्ट बुटिक एण्ड रेन्टल हाउसकी सञ्चालिका सुनिता घिमिरे सम्मानित हुनुभएको हो ।
वर्तमान समयमा मानिसहरुको व्यस्त जीवनशैलीलाई सहजीकरण गर्दै समयानुकुल आफ्ना दैनिकी कार्यहरुलाई सहजता बनाउन उत्प्रेरणा जगाउने उद्देश्यका साथ साना बच्चाहरुको लागि विभिन्न चाडपर्व, विवाह, ब्रतबन्ध, उत्सव लगायतका कार्यक्रमहरुका लागि कम बजेट, समय र परिवेश सुहाउँदो फेशनहरुका विभिन्न डिजाइनका लत्ताकपडाको बिक्री वितरणका लागि चार वर्षदेखि अनलाइन मार्फत ट्रिफ्ट व्यापार गर्दै आएको अर्बनले घरका दराजहरुमा प्रयोगविहिन भई थन्किएर बसेका लत्ताकपडा, ब्याग, जुत्ता लगायत अत्यावश्यक सामाग्रीहरुलाई व्यवस्थापन गरी केही हदसम्म त्यसको प्रयोग गर्नको लागि जागरुक बनाउने योजना सहित अर्बान नेष्टले आफ्नो सेवा प्रदान गरिरहेको छ ।





