भरतपुर/एनआरटि–१४ र सिआरटि–३१ को आयोजनामा युवा पुस्ताहरुलाई लक्षित गरी मोभेम्बर मोटरसाइकल ¥याली फेलोसिप तथा युवा लक्षित मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग वाणिज्य संघबाट शुरु भएको ¥याली अटाली रेष्टुरेण्ट, वाईपासरोड, भरतपुरमा पुगी समापन गरिएको थियो ।
युवा लक्षित मानसिक स्वास्थ्य कार्यक्रममा टिआर डा.अदित्या जलानले हालका युवाहरुलाई लक्षित गरी मानसिक स्वास्थ्यको विषयमा प्रशिक्षण गराउनु भएको थियो । उहाँले अहिलेका युवाहरुले आफूखुशी कुनै योजनाहरु तयार गरी अगाडि बढ्न नसक्नु, आफ्ना केही अनुभवहरुको उजागर गर्न नसक्नु र युवाहरुमा देखिएको नैरश्यतालगायतका विषयमा प्रशिक्षण गराउनु भएको थियो ।
कार्यक्रममा टिआर पासकल प्रधान, एनआरटि–१४ का अध्यक्ष टिआर राहुल चाहन, सिआरटि–३१ का अध्यक्ष टिआर केभिन अग्रवाल, ओटी कपिल सागर कर्माचार्य, ओटी पंकज अग्रवाल लगायतको सहभागिता रहेको थियो । आजै ¥यालीलाई एचआरटि–३० हेटौडा च्याप्टरले स्वागत गर्ने कार्यक्रम रहेको छ ।








