भरतपुर/भरतपुर महानगरपालिका वडा नम्बर १० को आयोजनामा आइतबार एकै दिन ३ तालिम शुरु भएको छ । वडाको बार्षिक योजना अनुसार हार्मोनियम बजाउने, बुटिक र बारिस्टा कफि बनाउने तालिम शुरु भएको हो । यि ३ फरक तालिमको वडा अध्यक्ष परमेश्वर खनालले उद्घाटन गर्नुभएको छ । उद्घाटनका अवसरमा बोल्दै वडा अध्यक्ष खनालले धार्मिक समुदायका लागि हार्मोनियम बजाउने , महिला दिदीबहिनीहरुका लागि बुटिक र युवाहरुका लागि बारिस्टा कफि बनाउने तालिम आयोजना गरिएको बताउनुभयो । खनालका अनुसार हार्मोनियम बजाउने र बुटिक संबबन्धि तालिम ४५ दिन तथा बारिस्टा कफि बनाउने तालिम २० दिन चल्नेछ । सिकेको सिपलाइ व्यवहारमा उतार्दै अर्थोपार्जनसंग जोड्न तालिममा सहभागी सम्पूर्णलाई अध्यक्ष खनालको आग्रह छ । कार्यकाल शुरु भएदेखि नै वडाका बिभिन्न समूहलाई लक्षित गर्दै तालिमहरु संचालन हुँदै आएको र आगामी दिनमा पनि निरन्तरता दिइने उहाले बताउनुभयो ।

३ तालिमको उद्घाटनशत्रमा भरतपुर १० का वडा सदस्यहरु सूर्यबदना हमाल, पार्वती नेपाली, निरबहादुर लामा र रेशमराज थापा रिसिको उपस्थिती थियो भने वडा सचिव माधब सुबेदीले कार्यक्रम संचालन गर्नुभएको थियो । हार्मोनियम बजाउने र बुटिक संबन्धि तालिमको सहजिकरण सफल भविष्य प्रालि तथा बारिस्टा कफि बनाउने तालिमको सहजिकरण भूमिका टेक्निकल सभिर्स प्रालिले गरेको छ ।




