लमजुङ्ग चितवन सम्पर्क समाज काे ऐतिहासिक प्रथम साधारण सभा सफलता पुर्वक सम्पन्न भएकाे छ । कार्यक्रम समाजका अध्यक्ष निर्मलराज पाैडेलकाे अध्यक्षतामा गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्रि भेष वहादुर पाैडेलज्युकाे प्रमुख आतिथ्यतामा, पुर्वमन्त्रि माननीय विक्रम पाण्डे, वाग्मति प्रदेश प्रदेश सभा सदस्य ज्ञानजंग लामाज्यूदयकाे विशिष्ठ आतिथ्यता समाजका सल्लाहकारहरु नीलकण्ठ ढुङ्गाना, पुर्ण बहादुर गुरुङ, ईन्द्र वहादुर गुरुङ, राजनैतिक व्यक्तित्व राजिव न्याैपाने, रिमा गुरुङ, केदारराज पन्त, कृष्ण बहादुर अधिकारी, कानुनि सल्लाहकार उद्दव वहादुर लाेहनि, शैक्षिक सल्लाहकार विश्वप्रकाश बास्ताेला,जगतकेशरि अधिकारि, राज कुमार रावल, भुवन खनाल, कन्या कलेजका प्रिन्सिपल भाेजराज न्याैपाने, चित्रवन आधारभुत विद्यालयका प्रअ प्रेमराज गाैलि, अरुणाेदय कलेजका अध्यक्ष रमेश प्रसाद काेईराला, निर्वाचन समितिका सदस्य प्रकाश तिवारि, प्रेरणा वाेडिङका अध्यक्ष श्रीकान्त बराल, नारायाणि पव्लिक स्कुलका प्रिन्सिपल वेद प्रसाद न्याैपाने, अथर्व बचत तथा ऋणका अध्यक्ष भरत प्रसाद दवाडि, संस्थापक सदस्यहरु साधारण सदस्यहरुकाे उपस्थितिमा सम्पन्न भयाे समाजका अध्यक्ष निर्मल राज पाैडेलजले अध्यक्षकाे प्रतिवेदन समाजका काेषाध्यक्ष प्रतिच्क्षा अधिकारिले संस्थाकाे आर्थिक प्रतिवेदन र समाजका सचिव ध्रुबराज मिश्रले सचिबकाे प्रतिवेदन पेश गर्नु भएकाे र सबै प्रतिवेदनहरु सभाले अनुमाेदन गरेकाे थियाे । साे कार्यक्रममा छिमेकि जिल्लाका समाजका अध्यक्षहरु, स्थानिय समाज सेवि वुद्दिजिविहरुकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममन समाजले समाजका विभिन्न कार्यक्रमहरुमा सहयाेग गर्नु हुने महानुभावहरु क्रमशः विक्रम पाण्डे, राज कुमार रावल, विजय शर्मा भुषाल, दामाेदर न्याैपाने, वेद प्रसाद पण्डित, हरि पन्त, दिपक लामा, गुणराज पाैडेल, सराेज न्याैपाने, शिरीष पन्तज्युहरुलाई प्रशंसा पत्रले सम्मान गरिएकाे थियाे । कार्क्रमकाे स्वागत भाषण अरुण अधिकारिले र सम्पुर्ण अतिथिहरुलाई धन्यावाद ज्ञापन गर्दै सभा विसर्जन समाजकि उपाध्यक्ष सरिता कडेलले गर्नु भएकाे कुरा समाजकि सचिव एंव क्षेत्र नं २ कि संयाेजक कुश्मा पन्तले जानकारि दिनु भयाे ।

Advertisement




