• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवन उद्योग संघको दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठीमा विभागीय प्रतिवेदन प्रस्तुत


  •   शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
  • चुम्लिङटार/चितवन उद्योग संघको मिति २०८२ भाद्र १४ गते सम्पन्न ३४ औं बार्षिक साधारणसभा एवम् १८ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले आफ्नो दुईवर्षे कार्यकाल (०८२–०८४) का लागि आयोजित विशेष कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडी प्रमुख अतिथि रहनु भएको थियो ।

    Advertisement

    चितवन उद्योग संघका उपाध्यक्ष एवम् संगठन विभागका विभागीय प्रमुख प्रमेश्वर भण्डारीले संगठन विभाग अन्तर्गत रहेका अंगहरु पालिका समिति, महिला तथा युवा उद्यमी मञ्चहरुले तयार पारेका प्रस्तुतिकरणहरुलाई प्रस्तुत गर्न अनुरोध गर्नुभयो । यसै सन्दर्भमा चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष सुवासचन्द्र गौतम, चितवन उद्योग संघ, खैरहनी समितिका अध्यक्ष प्रतिभा श्रेष्ठ, चितवन उद्योग संघ, कालिका समितिका अध्यक्ष अन्तोष बम्जन, चितवन उद्योग संघ, राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरे, चितवन उद्योग संघ, माडी समितिका अध्यक्ष जिताराम महतो, चितवन उद्योग संघ, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले आ–आफ्ना पालिकाहरुले तयार गरेको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका अध्यक्ष सरिता खनाल पौडेलले महिला उद्यमी मञ्च, चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष भरत दवाडीले युवा उद्यमी मञ्चले तयार पारेको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी चितवन उद्योग संघका उपाध्यक्ष एवम् संगठन विभागका विभागीय प्रमुख प्रमेश्वर भण्डारीले भरतपुर महानगरपालिका र विभागको सांरश कार्ययोजना प्रस्तुत गर्नुभएको थियो  ।

    त्यसैगरी, संगठन विभाग, पालिका समिति, महिला तथा युवा उद्यमी मञ्चहरुले प्रस्तुत गरेका प्रस्तुतिकरण माथि प्रमुख अतिथि एवम् मुख्य समिक्षकको रुपमा रहनु भएको चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष एवम् भेषराज दुवाडीले संघको गतिविधिलाई चलायमान बनाउन पालिका, महिला तथा युवा उद्यमी मञ्चको गठन गरिएको हुँदा यसलाई अझै प्राथमिकतामा राखेर जान जरुरी रहेको बताउनुभयो । दुवाडीले रत्ननगरले सौराहालाई ब्राण्डिङ गरेर जानुपर्ने, खैरहनीमा रहेका उद्योगहरुको समस्याको लागि पहल गरी अगाडि बढ्नु पर्ने, पालिका समितिले ल्याएका योजनाहरुलाई वास्तविक रुपमा प्रयोग गर्न सके संघको उचाई बढाउन सक्ने बताउनुभयो । प्रस्तुत गरेका प्रस्तुतिकरण माथि संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, संघका कार्यक्रम अधिकृत कल्पना आचार्य टिपोटकर्ताको रुपमा रहनु भएको थियो ।

    त्यसैगरी, चितवन उद्योग संघका उपाध्यक्ष एवम् संस्थागत सम्बन्ध तथा भ्रमण विभागका विभागीय प्रमुख विशाल चापागाईंले विभागले तयार पारेको योजना प्रस्तुतिकरण गर्नुभएको थियो ।

    विभागले प्रस्तुत गरेका प्रस्तुतिकरण माथि मुख्य समिक्षकको रुपमा रहनु भएका चितवन उद्योग संघका पूर्व अध्यक्ष त्रिलोचन कँडेलले विभाग अन्तर्गत हुने कार्यक्रमहरुले संस्थाको छवीलाई अझ उच्च राख्न सहयोग पुग्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणका माध्यमबाट टेक्नोलोजी सहितको प्रविधि र सीप ज्ञान उपलब्ध हुने बताउनुभयो । प्रस्तुत गरेका प्रस्तुतिकरण माथि संघका सञ्चार अधिकृत राजु भट्ट र कार्यक्रम अधिकृत कल्पना आचार्य टिपोटकर्ताको रुपमा रहनु भएको थियो ।

    त्यसैगरी, चितवन उद्योग संघका उपाध्यक्ष एवम् आर्थिक विभागका विभागीय प्रमुख दिनुप कुमार बरालले विभागले तयार पारेको योजनालाई प्रस्तुतिकरण गर्नुभएको थियो । विभागले प्रस्तुत गरेका प्रस्तुतिकरण माथि मुख्य समिक्षकको रुपमा रहनु भएका चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेलले विभागले प्रस्तुत गरिएका अल्पकालिन र दीर्घकालिन योजनाहरुले संघको अर्थव्यवस्थामा सुधार आउने बताउनुभयो । पौडेलले संघका परियोजनाहरुलाई पूर्णता दिन संघका सदस्यहरुबाट सहयोग प्राप्त भएमा पूर्ण ऋणमुक्त हुने समेत बताउनुभयो । प्रस्तुत गरेका प्रस्तुतिकरण माथि संघका लेखा अधिकृत सुरेन्द्र ठाकुर र कार्यक्रम अधिकृत कल्पना आचार्य टिपोटकर्ताको रुपमा रहनु भएको थियो ।

    त्यस्तै, चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी विभागका विभागीय प्रमुख गजेन्द्र अधिकारीले विभागले तयार पारेको योजनालाई प्रस्तुतिकरण गर्नुभएको थियो । विभागले प्रस्तुत गरेका प्रस्तुतिकरण माथि मुख्य समिक्षकको रुपमा रहनु भएका चितवन उद्योग संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद अधिकारीले विभागले ल्याएका योजनाहरुलाई सम्बन्धित क्षेत्रका विज्ञहरुसँग परामर्श गरी कार्यान्वयनमा ल्याउनु पर्ने बताउनुभयो । अधिकारीले चितवन प्रदर्शनी केन्द्रको ब्राण्डिङ मार्फत अन्तरप्रदेश खाद्य–कृषि सम्बन्धि प्रदर्शनी गर्नुपर्ने बताउनुभयो । प्रस्तुत गरेका प्रस्तुतिकरण माथि साकोसका व्यवस्थापक प्रमिला थापा र संघका डिजाइनर अजय महतो टिपोटकर्ताको रुपमा रहनु भएको थियो ।

    त्यस्तै, चितवन उद्योग संघका उपाध्यक्ष एवम् परियोजना तथा पूर्वाधार विकास विभागका विभागीय प्रमुख तारा बहादुर कार्कीले विभागले तयार पारेको योजनालाई प्रस्तुतिकरण गर्नुभएको थियो । विभागले प्रस्तुत गरेका प्रस्तुतिकरण माथि मुख्य समिक्षकको रुपमा रहनु भएका चितवन उद्योग संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निर्माण भईसकेका परियोजनाहरुलाई चलायमान बनाई संघलाई आर्थिक रुपमा सवल बनाउनु पर्ने, संघले शुरु गर्न लागेका नयाँ योजनाहरुलाई पूर्णता दिने तरिकाले अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । प्रस्तुत गरेका प्रस्तुतिकरण माथि संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल र कार्यक्रम अधिकृत कल्पना आचार्य टिपोटकर्ताको रुपमा रहनु भएको थियो ।

    त्यस्तैगरी, चितवन उद्योग संघका उपाध्यक्ष एवम् नीति तथा पाठशाला विभागका विभागीय प्रमुख गोपाल प्रसाद गैरेले विभागले तयार पारेको योजनालाई प्रस्तुतिकरण गर्नुभएको थियो ।

    विभागले प्रस्तुत गरेका प्रस्तुतिकरण माथि मुख्य समिक्षकको रुपमा रहनु भएका चितवन उद्योग संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदीलले बाह्य तथा आन्तरिक नीतिलाई प्राथमिकतामा राखी सदस्य उद्योगहरुलाई लक्षित नीति तथा कार्यक्रमहरु ल्याउनु पर्ने बताउनुभयो । सुवेदीले उद्देश्य, नीति तथा लक्ष्य अनुरुप सरकारी संयन्त्रसँग नीतिगत वहस पैरवी गरी उद्योगमैत्री कार्यक्रम ल्याउनु पर्ने र उद्योगी र उद्योग प्रबद्र्धनसँग सम्बन्धित जानकारी र सूचनाहरु समेटिएको मासिक बुलेटिन प्रकाशन गर्न जरुरी रहेको बताउनु भयो । प्रस्तुत गरेका प्रस्तुतिकरण माथि संघका सञ्चार अधिकृत राजु भट्ट र कार्यक्रम अधिकृत कल्पना आचार्य टिपोटकर्ताको रुपमा रहनु भएको थियो ।

    त्यस्तै, चितवन उद्योग संघका अध्यक्ष एवम् सचिवालय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका विभागीय प्रमुख मदन घिमिरेले आफ्नो विभागको प्रस्तुतिकरण र अन्य विभागहरु, पालिका समितिहरु, महिला तथा युवा उद्यमी मञ्चले प्रस्तुत गरेका योजनाहरुका सन्दर्भमा संक्षिप्त जानकारी प्रस्तुत गर्नुभएको थियो । सम्पूर्ण विभागहरुबाट प्र्रस्तुत गरिएका विभागीय योजनाहरुलाई चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले संकलित सुझावलाई परिमार्जित स्वरुपमा टिपोट गर्नुभएको थियो ।

    कार्ययोजना तर्जुमा कार्यक्रममा चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष सुरेन्द्र कार्कीले कार्ययोजनामा प्रस्तुत भएका योजनालाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने बनाउनुभयो । इच्छाकामना पालिका समितिका संस्थापक अध्यक्ष अमर बहादुर अधिकारीले उद्योग भेटघाट कार्यक्रमलाई अगाडि बढाएर उद्योगीका समस्याको समाधान लाग्नुपर्ने बताउनुभयो । चितवन उद्योग संघका कार्यसमिति सदस्य आनन्द पौडेलले उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभावका दक्ष जनशक्ति नपाईरहेको परिप्रेक्ष्यलाई मध्यनजर गर्दै रोजगार, व्यूटी एण्ड फेशन एक्स्पो जस्ता फरक खालका योजनाहरु ल्याउनु पर्ने बताउनुभयो । चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी निवर्तमान अध्यक्ष सृजना सोतीले तालिम प्रदायक सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरी युवा लक्षित कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।

    कार्ययोजना तर्जुमा कार्यक्रममा विभागहरुबाट आएका योजनाहरुको सन्दर्भमा चितवन उद्योग संघका पूर्व अध्यक्ष त्रिलोचन कँडेलले गोष्ठीमा प्रस्तुत योजनाहरु मध्ये ५० प्रतिशत लक्ष्य प्राप्त हुन सके गोष्ठीले सफलता पाउने बनाउनु भयो ।

    त्यस्तै चितवन उद्योग संघ, पूर्व अध्यक्ष कृष्ण प्रसाद अधिकारीले संघ भनेको बिधान हो, सबैको साथ लिएर बिधान संशोधन गरेर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । गोष्ठीमा आएका योजनाहरुलाई प्राथमिकतामा आधारमा अगाडि बढाउनु पर्ने बताउनुभयो ।

    त्यसैगरी, चितवन उद्योग संघ, पूर्व अध्यक्ष हरिप्रसाद सुवेदीले संघको स्वामित्वमा रहेको जुरेथुम्काको जग्गालाई संरक्षण गर्नुपर्ने र विदेशी दातृ निकायहरुसँग सम्बन्ध स्थापित गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।

    त्यसैगरी, चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेलले पाठशाला र प्रदर्शनी केन्द्रलाई अझै चलायमान बनाई अगाडि बढ्नु पर्ने बताउनुभयो । पौडेलले संघलाई बिजनेश इकुभेसन सेन्टरको रुपमा समेत अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।

    त्यसैगरी, चितवन उद्योग संघका पूर्व अध्यक्ष गुणाकर खरेलले संघको विगतका दिनहरुलाई बिर्सन नहुने बताउनु भयो । खरेलले संघको हालको अवस्था देख्दा आफूहरुलाई हर्षित बनाएको बनाएको बताउनुभयो ।

    त्यसैगरी, चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडीले संघका अभिन्न अंगहरु पालिका समिति, महिला तथा युवा उद्यमी मञ्चले ल्याएका योजनाहरुलाई अझै व्यवस्थित र प्रभावकारी ढङ्गबाट अगाडि बढाउनु पर्ने बताउनुभयो । दुवाडीले संघका गतिविधिहरुलाई अद्यावधिक गर्दै भईरहेका कामहरुलाई पूर्णता दिदै नयाँ योजनाहरुतर्फ लाग्न समेत प्रेरित गर्नुभयो ।

    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको दुईदिने कार्ययोजना तर्जुमा गोष्ठीलाई चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.