• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

गैँडाकोटमा नगरस्तरीय आठौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता कार्तिक २१ बाट शुरु हुने


  •   बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
  • गैँडाकोट/गैँडाकोटमा नगरस्तरीय आठौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । बुधबार लक्ष्मी मावि अमरापुरीमा आठौं राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। गैँडाकोट नगरपालिकाको आयोजना, लक्ष्मी माध्यामिक विद्यालयकोे ब्याबस्थापन र गैडाकोट नगर खेलकुद बिकास समितीको संयोजनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता कार्तिक २१ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने छ ।
    प्रतियोगितामा भलिबल, कवड्डी, एक सय मिटर देखी ३ हजार मिटरसम्मको दौड प्रतियोगिता, रिले रेस, हाइजम्प, लङजम्प, त्रिपलजम्प, भाला हान्ने खेल(ज्याब्लीङ),  सटफुट, मार्सलआर्ट तर्फ तेक्वान्दो र कँंराते लगायतका खेल हुने छन् ।  करिब १२०० विद्यार्थीहरूले सहभागी जनाउने प्रतियोगितामा ३०० भन्दा बढी मेडलको लागि प्रतिस्पर्धा हुनेछ।

    Advertisement

    प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, द्वितीय हुने टिमले २० हजार र तृतीय हुने टिमले १५ हजार रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। तेस्तै मार्चपासमा प्रथम हुने समुहले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार र सान्त्वनाले १ हजार पाँच सय नगद पुरस्कार सहित ट्रफी पाउनेछन्।

    राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको लागि गैंडाकोट नगरपालिकाबाट ६ लाख उपलब्ध हुनेछ भने गैंडाकोट वडा नम्बर १५ बाट ३ लाख ५० हजार, वडा नम्बर १६ बाट २ लाख, वडा नम्बर १७ बाट १ लाख र वडा नम्बर १४ बाट २ लाख गरी ८ लाख ५० हजार वडाबाट सहयोग हुनेछ भने सुन्दरी सामुदायिक वनबाट ६० हजार नगद सहयोग हुने बिद्यालयका प्रधानाध्यापक मणिकण्ठ कँडेलले बताउनुभयो । प्रतियोगिताको लागि अहिलेसम्म करिब १५ लाख १० हजार प्राप्त भएको र  अझै सहयोग हुन सक्ने प्रधानाध्यापक कँडेलले जानकारी दिनुभयो।
    खेलाडीहरुको स्वस्थ्यको सुरक्षाका लागि बिद्यालय नर्स, एम्बुलेन्स प्रत्येक खेलमा रहने छन् भने प्रत्येक खेलाडिको १ लाख बराबरको बिमा समेत गरिएको प्रधानध्यापक  कंडेलले जानकारि दिनुभयो ।

    गैँडाकोटमा ४ दिनसम्म सञ्चालन हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । लक्ष्मी माध्यामिक विद्यालय गैडाकोट वडा नम्बर १५ को खेल मैदानमा प्रतियोगिताको सबै खेल हुने हुदा मैदान सम्याउने र आवश्यक पूर्वाधार निमार्णको तयारी अन्तिम चरणमा पुगेको बिद्यालयका सहायक प्रधानध्यापक तिलक बटालाले जानकारी दिनुभयो । गैँडाकोट नगर खेलकुद बिकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले यस्ता प्रतियोगिताहरुले बिद्यालय स्तरबाट पनि समयसमयमा हुनुपर्ने बताउनुभयो । खेलले बिद्यार्थीलाई अनुशासीत हुन पनि सिकाउने उहाँको भनाइ छ ।

    जिल्ला स्तरिय रनिङशिल्ड प्रतियोगितामा पहिला जुन विद्यालय प्रथम हुन्छ त्यही विद्यालय सहभागी हुने प्रावधान थियो भने गत वर्षदेखि पालिका सहभागी हुने प्रावधान रहेको गैंडाकोट नगर खेलकुद विकास समितिका सदस्य तथा गण्डकी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो। प्रतियोगिताबाट सर्वोकृष्ट खेलाडी छनौट गरेर जिल्लामा जाने यो एक किसिमको छनोट खेल पनि रहेको पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताबाट छनौट भएका खेलाडि  जिल्ला स्तरिय ,प्रदेशस्तरीय, राष्ट्रिय रुपमा खेल खेल्न सफल भएको पौडेलले बताउनुभयो।

    पत्रकार सम्मेलनमा गैडाकोट वडा नम्बर १६ का वडा अध्यक्ष विनोद कुमार मल्ल, वडा नम्बर १४ का वडाध्यक्ष कोकिसरा रानाामगर र वडा नम्बर १५ का वडा अध्यक्ष प्रेमराज तिमल्सिना , रनिङशिल्डमा भाग लिएका विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी ,शिक्षक र बिद्यार्थीको उपस्थिती रहेको थियो।
    लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजापति कण्डेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण विद्यालयका सूचना अधिकारी सुरेन्द्रराज भट्टराईले गर्नुभएको थियो।

    लगातार तीन वर्षसम्म विजय हुने टिमले रनिङशिल्ड  प्राप्त गर्न सक्नेछ। प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने खेलाडीहरू जिल्लास्तरीय रनिङशील्ड प्रतियोगितामा छनौट हुने छन् । । गत वर्षको जिल्लास्तरीय रनिङशील्ड प्रतियोगितामा गैडाकोट नगरपालिकाले द्वितीय स्थान हासिल गरेको थियो।

    बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.