• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

भरतपुर महानगरपालिकाको क्षेत्रभित्रका बजार अनुगमन


  •   मङ्गलबार, असोज २०, २०७७ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरले बजार अनुगमनमा तिब्रता दिएको छ । महानगरले हरेक दिन बजारका पसल तथा फर्महरुमा पुगेर नियमित अनुगमन गरी दोषी देखिएकोलाई कारबाही गर्ने गरेको छ ।

    Advertisement

    चाडपर्व नजिकिएसँगै बजारमा महँगी तथा कालोबजारी बढेको जनगुनासो आएपछि महानगरले महानगरका राजस्व शाखा प्रमुख वरिष्ठ अधिकृत बिशुराम कुँवर को नेतृत्वमा सर्वपक्षीय टोली गठन गरी नियमित बजार अनुगमन गरिरहेको छ । महानगरले बजारमा खाद्य, माछा, मासु तथा अरु सर्वसाधारणले बढी खपत गर्ने बस्तुहरुको बिक्री केन्द्रमा अनुगमन गरिरहेको छ ।

    कोरोनाको महामारीले आममानिसको हातमुख जोर्न समेत असहज भइरहेको अवस्थामा बजारमा महँगी बढाएर उपभोक्तामाथि ठगी गर्ने गरेको धेरै गुनासो तथा उजुरीहरु आउन थालेपछि उपभोक्तामैत्री बजार बनाउन महानगरले नियमितरुपमा बजार अनुगमन गरी ब्यवसायीलाई खबरदारी गरिरहेको र कैफियत पाइएमा कसुरका आधारमा आवश्यक दण्ड, जरिवाना गर्ने गरिएको महानगरका अनुगमन अधिकारी कुँवर बताउँछन् ।

    महानगरपालिकाको क्षेत्रभित्रका सबै ब्यवसायीहरुले महानगरको प्रचलित ऐन कानुन अनुसार दर्ता भएर ब्यवसाय गरेका छन् कि छैनन् ? तोकिए बमोजिमको सेवा दिएको छ कि छैन ? गुणस्तरमा कति ध्यान दिइएको छ भनेर आफूहरुले अनुगमनमा हेर्ने र कमी देखिएमा कारवाही गरिँदै आएको अनुगमन अधिकारी कुँवर बताउँछन् । ब्यवसायीलाई करको दायरामा ल्याउने, गुणस्तरमा ध्यान दिँदै उपभोक्तामैत्री बजार बनाउन आफूहरु खटिइरहेको कुँवरको भनाई छ । जालझेल, छलकपट नगरी इमानपूर्वक ब्यवसाय गर्न कुँवरले आग्रह गरे ।

    बन्द गराइयो माछा पसल

    अनुगमन टोलीले कमलनगरको तरकारी बजारमा जोडिएको आलम फिस सप्लाईलाई बन्द गराएको छ । यसले बिनादर्ता पसल सञ्चालन गरेको पाइएपछि बन्द गराइएको कुँवर बताउँछन् । पसल सञ्चालकलाई कागजातसहित महानगरमा आउन निर्देशन दिएको र उसको कसुर अनुसारको दण्ड, सजाय हुने उनको भनाई छ । आलमले फर्मालिन हालेको गुणस्तरहीन माछा बिक्री गर्ने गरेको गुनासो आएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष बिष्णु भुषालले बताए ।

    टोलीले त्यहाँ खुल्लारुपमा निकै फोहोरो स्थानमा बाख्रीको मासु बिक्री गर्ने गरेको भेटाएको थियो । त्यहाँ रहेका आधा दर्जन पसलले बाख्रीको मासु बिक्री गर्ने गरेको भेटिएको र सबै पसलेलाई आवश्यक कागजातसहित महानगरमा आउन भनिएको छ । उनीहरुले महानगरमा बाख्राको मासु पसल दर्ता गरेर बिक्री गरेको बताएका थिए । उनीहरुले दर्ताबिनै ब्यवसाय गरेको, कर नतिरी ब्यवसाय गरेको पाइए ब्यवसाय बन्द गरी आवश्यक कारबाही गरिने कुँवर बताउँछन् ।

    प्याजमा तौल घटाएर ठगी

    अनुगमन टोलीले नारायणगढको आलु तथा प्याज मण्डीमा पनि अनुगमन गरेको थियो । केही दिनअघि जिल्ला प्रशासन कार्यालयले पनि अनुगमन गरी केही ब्यवसायीलाई जरिवाना लगाएको भएपनि त्यहाँका ब्यवसायीले अझै पनि ठगी गरिरहेको भेटिएको छ । टोलीले अनुगमन गर्दा अर्जुन शाहले सञ्चालन गरेको जय सन्तोषी माँ स्टोर्सले प्याजमा तौल घटाएर बिक्री गरेको भेटिएको हो । १८ केजी भनेर बिक्री गरेको प्याजमा १७ केजी ३०० ग्रामसम्म मात्रै तौल रहेको भेटिएको थियो ।

    त्यहाँ राखेका सबैजसो बोराहरु तौल गर्दा प्रत्येक बोरामा ५ सयदेखि ८ सय ग्रामसम्म तौल कम भएको भेटिएको थियो । टोलीले अरु ब्यवसायीको गोदाममा पनि तौल गरेर हेर्दा अरुमा तौलमा कैफियत नदेखिएको अनुगमन टोलीका सदस्य विष्णु भुषालले बताए । नियतवश नै तौल घटाएर ठगी गरिएकाले यसलाई कालोबजारी तथा ठगी मुद्दामा कारवाही गर्नुपर्ने भुषाल बताउँछन् ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले उपभोक्ता स्वास्थ्यमा खेलवाड गर्ने, कालोबजारी गरी कृत्रिम अभाव सिर्जना गर्ने जोकोही भएपनि कडाभन्दा कडा कारवाही गरिने बताए । यो असहज अवस्थामा संयमित भएर मर्यादित तवरबाट ब्यवसाय गर्न उनले ब्यवसायीलाई आग्रह गरे ।

    मङ्गलबार, असोज २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.