भरतपुर/चितवन उद्योग संघले विगत वर्षदेखि भोगाधिकार गर्दै आएको साविक कविलास–२, हाल भरतपुर महानगरपालिका–२९ स्थित जुरेथुम्कामा रहेको ५ विगाहा क्षेत्रफल जग्गाको स्थलगत निरिक्षण गरेको छ । चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको नेतृत्वमा पुगेको टोलीले उक्त जग्गाको सम्भाव्यता अध्ययन गरी यस कार्यकालमा उक्त जग्गाको संरक्षणको लागि पहलकदमी अगाडि बढाउने लक्ष्य लिएको छ ।
संघले नेपालमा उद्योग क्षेत्रमा काम गर्ने कुशल प्राबिधिकको खाँचोलाई परिपुर्ति गर्न संघका महत्वपूर्ण योजना मध्य जुरेथुम्कोमा औद्योगिक शिक्षालय एवं औद्योगिक प्रशिक्षण केन्द्रको परियोजना निर्माण गर्ने उद्देश्य रहेको छ ।
यसअघि पनि संघका पदाधिकारी र इञ्जिनियरको टोलीले स्थलगत अवलोकन गरी औद्योगिक शिक्षालयको पहिलो चरणमा पचास जना बिद्यार्थीका लागि आबास सहितको तालिम केन्द्र बनाउने योजना लिएको थियो ।
उक्त परियोजनालाई चितवन उद्योग संघको १८ औं कार्यकालका उपाध्यक्ष तारा बहादुर कार्कीले नेतृत्व गर्नुभएको परियोजना तथा पूर्वाधार विकास विभागले आफ्नो योजना अन्तर्गत यसको सम्भाव्यता अध्ययन दुईवर्षे कार्यकालमा जुरेथुम्कामा रहेको जग्गासम्म पुग्ने बाटो पु¥याउने, अस्थायी रुपमा सामान्य टहरा निर्माण र स्थलमा राखिएको व्यानर र तारबारको संरक्षण गरी स्थल परिसरमा सरसफाई अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।
जुरेथुम्काको स्थलगत अवलोकनमा संघका अध्यक्ष मदन घिमिरे, संघका उपाध्यक्ष ताराबहादुर कार्की, कार्यसमिति सदस्यहरू अन्तोष बमजन, सुरेन्द्र कार्की, युवा उद्यमञ्चका निर्देशक अधिकार चालिसे, संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायत रहनुभएको थियो ।

Advertisement




