भरतपुर/स्वर्गीय धन प्रसाद भट्ट ज्युको पुण्य तिथि काे अवसरमा मन्जुश्री असहाय संरक्षण केन्द्रका छोराछोरी र दिदीबहिनीहरुका भोजन सेवा कार्यक्रम सम्पन्न गरिएको छ ।
समाजमा रहेका विभिन्न समुदायका असहाय बालवालिका, घरेलुु हिंसा तथा बेचबिखनमा परेका दिदिबहिनि तथा बालबालिकाहरू र पारिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न वाध्य जेष्ठ नागरिकहरुलाइ उद्दार गरी मनोसामाजिक परमार्श,कानुनि सहायता, आवश्यक शिक्षा तथा सिपमुलक तालिमका माध्यम बाट आत्मनिर्भर बनाइ पारिवारिक तथा सामाजिक पुनमिलन एवम पुनस्र्थापना गर्न स्थापित मन्जुश्री असहाय संरक्षण केन्द्रले त्यस्ता असहायहरुको लागि उद्दार, उपचार, कानूनी सहायता, पालनपोषण र पारिवारीक पुनर्मिलन गराउदै आइरहेको एक सामाजिक परोपकारि संस्था हो मन्जुश्री असहाय संरक्षण केन्द्र सामाजिक ब्यक्तित्व संस्था अभिभावक आदरणिय सरस्वती भट्ट, लाेक नाथ भुषाल, सनजय भट्ट, बिपना भट्ट,सीता तिवारि. रिया तिवारिहरुले पुण्य तिथिमा मन्जुश्री असहाय संरक्षण केन्द्रका छोराछोरी र दिदीबहिनीहरुका भोजन सेवाका लागि सहयोग गर्नुभएको छ।

Advertisement




