चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको १२औ साधारण सभा तथा छैठौ विश्वसम्मेलन संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सम्मेलनमा संस्थाका बरिष्ठ उपाध्यक्ष लाल भट्ट अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध चयन गरिएको छ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष लेखराज पन्त (हरी), ब्लड डोनर्स सोसाइटीका केन्द्रिय अध्यक्ष अर्जुन अधिकारी, संस्थाका संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारी , संरक्षक समिर के.सी तथा एन आर एनका सोम सापकोटा विशिष्ट अतिथिमा रहनु भएको थियो भने अतिथिमा पत्रकार महासंघका अध्यक्ष बसन्त पराजुली, चितवव सेवा समाज मलेसियाका अध्यक्ष विष्णु पौडेल ,चितवन युवा दोहा कतारका अध्यक्ष गणेश थापा , चितवन सेवा समाज बहराइनका अध्यक्ष सुर्य भण्डारी चितवन समाज कुवेतका महासचिव लक्ष्मण भण्डारी ज्यू चितवन समाज पोर्तुगलका सचिव गणेश थापा , चितवन सेवा समाज जापानका कोषाध्यक्ष धिरन कँडेल ,लेखा परिक्षक देवेन्द्र थापा , सल्लाहकार सिता ढकाल ,डम्बर राना , गुणराज थपलिया , क्षेत्र प्रसाद देवकोटा ,वे ग्रुप नेपालका सह-सचिव , अनिता पोख्ररेल, सरस्वति युवा क्लबका अध्यक्ष ,सुवाष सिलवाल, चितवन बहुउद्धेश्यीय सहकारीका सचिव , दुर्लभ पोख्रेल ,नेपाल अष्ट्रेलियन अभिभावन संघका उपाध्यक्ष विदुर के.सी लगायत चितवन संस्थासँग आबद्ध देशहरुको प्रतिनिधिहरु साथै आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तदानको क्षेत्रमा उल्लेखनिय भुमिका निर्वाह गरेकोमा ब्लड डोनर्स सोसाइटीका केन्द्रिय अध्यक्ष अर्जुन अधिकारी र संस्थाको लेखा संयोजक विजय अर्याललाई दोसल्ला ओडाइ सम्मान गरियो ।कार्यक्रमले चितवन सेवा समाजको अन्तर्राष्ट्रिय समन्वयलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।




