भरतपुर/जेनजी चितवनले नेपालीहरूको महान दोस्रो चाड शुभ दीपावलीको अवसरमा बजारमा देखिएको भिडलाई नियन्त्रण सँगै बजार व्यवस्थापनमा सहजकरण गर्दै चाडपाडको अवसरमा सडकमा हुने सवारी साधन हरूबाट हुने दुर्घटनालाई न्यूनीकरण गरि आम नागरिकहरूलाई ढुक्कसँग चाडबाड मनाउने वातावरण सिर्जना गर्न जिल्ला प्रहरी कार्यालय चितवनलाई ध्यानाकर्षण गराएको छ।
Advertisement

जेनजि चितवनले चाडबाडको अवसरमा हुने दुर्घटनाबाट जनधनको क्षति न्यूनीकरण गरी सुरक्षाको प्रत्याभूति हुने वातावरण सिर्जना गर्न समेत आग्रह गरेको छ । यसअघि पनि जेनजी चितवनले भरतपुर महानगरपालिका अन्तर्गतका विभिन्न वडाहरूमा निर्वाचन लाई सभ्य र व्यवस्थित बनाउनको लागि सम्बन्धित निकायहरूसँग भेटघाट कार्यलाई अगाडि बढाइरहेको छ।




