• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

सिएमसी क्यान्सर इन्स्टिच्यूटमा एक महिनासम्म स्तन क्यान्सरको निःशुल्क परीक्षण


  •   बुधबार, असोज २२, २०८२ मा प्रकाशित
  • चितवन/चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले एक महिनासम्म निःशुल्क स्तन क्यान्सरको परीक्षण गर्ने भएको छ । अक्टोबर महिनाभर बहिरंग (ओपिडी) निःशुल्क गर्ने भएको हो । विश्व स्तन क्यान्सर सचेतना महिना भएका कारण निःशुल्क गर्न लागिएको इन्स्टिच्यूटले जनाएको छ ।

    Advertisement

    इन्स्टिच्यूटले आज पत्रकार सम्मेलनको आयोजना गरी स्तन (ब्रेष्ट) क्यान्सर सम्बन्धी जनचेतना जगाउने, समयमै पहिचान र उपचार गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु गर्न लागिएको जनाईएको छ । सिएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले अक्टोबर महिनामा स्तन क्यान्सरको परीक्षण गर्न आउनेहरुलाई बहिरंग (ओपिड) टिकट निःशुल्क गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “तालिमप्राप्त स्वास्थ्यकर्मीले स्तनमा गाँठागुँठी छन् छैनन् भन्ने बारेमा निःशुल्क रुपमा परीक्षण गर्नुहुनेछ । शंकास्पद देखिएका बिरामीलाई थप परीक्षण गरिने उहाँले बताउनुभयो ।

    यसरी परीक्षण गर्नुपर्नेहरुका लागि स्तनको मेमोग्राम र स्तनको युएसजी (भिडियो एक्सरे) मा ५० प्रतिशत छुट समेत दिने उहाँले जानकारी दिनुभयो । अस्पतालको ओपिडि समयमा आएर यो सेवा लिन सकिने छ ।

    स्तन आफैले छामेर समेत गाँठागुँठी छ छैन पत्ता लगाउन सकिन्छ भन्दै सो अवसरमा मेडिकल अंकोलोजिष्ट डा. सुदिप थापाले स्तनमा गाँठागुँठी छन् भने एक पटक परीक्षण गरेर क्यान्सर हो होइन निश्चित गर्नु उपयुक्त हुने सुझाव दिनुभयो । ३० वर्षमाथिका महिलाहरुले प्रत्येक वर्ष कम्तीमा एक पटक स्तनको परीक्षण गराउने हो भने क्यान्सरको समयमा नै पहिचान र उपचार गर्न सकिने उहाँको भनाई छ । उहाँले भन्नुभयो “क्यान्सर जति छिटो पहिचान गर्न सकियो उति छिटो निको हुने र निको हुने दर उच्च रहन्छ । साथै आर्थिक रुपमा पनि कम खर्चिलो हुन्छ ।”

    क्यान्सरको उपचार शल्यक्रिया, केमो थेरापी र रेडियो थेरापी विधिबाट गरिने अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सुवास ठाकुरले बताउनुभयो । उहाँले यी तीन वटै सेवा यहाँ उपलब्ध रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीसँग रेडिएसन दिने अत्याधुनिक उपकरण रहेको छ । यसलाई भेरियन कम्पनीको ट्रुबिन भनिन्छ । यसले सबै किसिमका क्यान्सरको उपचार गर्न मिल्दछ । सबै खालका क्यान्सरको उपचारमा रेडिएसन दिएर यही खत्तम गर्न सक्ने खालको प्राविधिक क्षमता यो मेसिनमा छ ।”

    यस्तो खालका अरु मेसिनमाभन्दा यसमा विशेष किसिमको काउच भएको भन्दै अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. ठाकुरले भन्नुभयो “जुन ६० काउचको हो । यो हरेक कोणमा चल्न सक्छ ।” आफूहरुसँग ब्रेकिथेरापी मेसिन पनि रहेको भन्दै उहाँले थप्नुभयो “रेडिएसन दिने दुई वटा प्रविधि हुन्छ, एउटा बाहिरबाट अर्काे भित्रबाट । ब्रेकिथेरापीले भित्रबाट रेडिएसन दिन्छ । एउटा ट्यूबको माध्यमबाट रेडियो एक्टिभ सोर्स बिरामीको क्यान्सर लागेको भित्रै अंगमा पु¥याएर थेरापी गर्दछौं ।”

    अस्पतालका सर्जन डा. विशाल आचार्यले स्तन क्यान्सर पहिचान भईसकेपछि तीन वटै विधाका चिकित्सकहरु छलफल गरेर कुन विधिबाट उपचार गर्दा उत्तम हुन्छ सोही अनुसार उपचार प्रक्रिया शुरु गरिने बताउनुभयो ।

    क्यान्सर रोगको उपचारमा लामो अनुभव प्राप्त मेडिकल अंकोलोजिष्ट, सर्जन अंकोलोजिष्ट र रेडियोलोजिष्ट लगायतको जनशक्ति रहेको भन्दै देवकोटाले स्वास्थ्य बीमा मार्फत् क्यान्सरको उपचार हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नेपाल सरकार र प्रदेश सरकारहरुले दिने विपन्न उपचार सेवाबाट पनि क्यान्सरको उपचार हुने गर्दछ ।” सरकारी क्यान्सर अस्पतालको दररेटमा नै क्यान्सरको उपचार शुल्क तोकेका भन्दै देवकोटाले जसले गर्दा सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने खर्चमा नै यहाँ गुणस्तरीय र झन्झिटरहित तरिकाबाट सेवा पाउन सकिने बताउनुभयो ।

    यस वर्ष (Every Story is Unique, Every Journey Matters) “हरेक कथा अद्वितीय छ, हरेक यात्राको अर्थ छ” भन्ने नाराका साथ दिवस मनाईएको छ । स्तन क्यान्सर विश्वभरका महिलामध्ये सबैभन्दा धेरै देखिने क्यान्सर मध्येमा एक हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०२२ मा झन्डै २.३ मिलियन महिलाहरूमा स्तन क्यान्सरको निदान भयो र ६.७ लाख महिलाहरूको मृत्यु भयो ।

    स्तन क्यान्सरको समयमै पहिचान, उचित निदान र प्रभावकारी उपचारमा पहुँच भएमा गुणस्तरीय जीवन जिउन सघाउ पुग्ने चिकित्सकहरु बताउँछन् । अहिले स्तन क्यान्सर देखिएको प्रकृति यथावत रह्यो भने, सन् २०५० सम्ममा स्तन क्यान्सर हुने दर र मृत्यु दर ४० प्रतिशतले बढ्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ ।

    बुधबार, असोज २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.