भरतपुर/जेनजी आन्दोलनका कारण जलेर ध्वस्त भएको सरकारी कार्यालयको सेवा सुचारु गर्न सहयोग पु¥याउने उदेश्यले चितवन उद्योग वाणिज्य संघको समन्वयमा चितवनका निजी क्षेत्रका विभिन्न संघसंस्थाहरुद्धारा जिल्ला प्रशासन कार्यालय चितवनलाई अफिस प्रयोजनका विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ४ थान कम्प्युटर, २ थान प्रिन्टर, २७ थान टेवल र २२ थान कुर्सी हस्तान्तरण गरिएको हो । उक्त सहयोग सामाग्री चितवन उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ, चितवन चेम्बर अफ कमर्स, मञ्जुश्री सप्लायर्स, अधिकृत व्यवसायी संघ चितवन, फर्निचर व्यवसायी संघ चितवन, प्लाष्टिक व्यवसायी संघ चितवन, कपडा व्यवसायी संघ चितवन, फेन्सी व्यवसायी संघ चितवन, होटल व्यवसायी संघ चितवन, सुनचाँदी व्यवसायी संघ चितवन, मारवाडी सेवा केन्द्र नारायणगढ, जगन्नाथ ग्रुप अफ इण्डष्ट्रिज चितवन, भाडाबर्तन तथा गिफ्ट व्यवसायी संघ चितवन र रोटरी क्लव अफ नारायणी मिड टाउनको सहयोगमा उक्त सामाग्री संकलन गरि हस्तान्तरण गरिएको हो । कार्यक्रममा सहयोग गर्ने विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा चितवनका सम्पुर्ण निजी क्षेत्रको प्रतिनिधित्व गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले गत २४ गते भएको जेनजी आन्दोलनको कारण भवन जलेर नष्ट भएका कारण रोकिएका सरकारी कार्यालयका सेवा सुचारु गर्न टेवा पु¥याउने उदेश्यले निजी क्षेत्रले सहयोग गरेको वताउँदै आगामी दिनमा पनि अन्य थप सहयोगको लागि प्रतिवद्धता जनाउनु भयो । सहयोग सामाग्री बुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विगतको क्षतिलाई सम्झेर वस्ने भन्दा पनि नयाँ ढंगले नयाँ उत्साह र उच्च मनोवालका साथ सेवामा क्रियाशिल रहन चितवनका सरकारी कार्यालयहरुलाई आग्रह गर्नु भयो । अधिकांश सरकारी कार्यालयका दैनिक उपभोग्य सामाग्री जलेर नष्ट भएको वर्तमान अवस्थामा उक्त सहयोग सामाग्रीले आगामी दिनमा सेवा प्रवाह गर्न टेवा पुग्ने वताउँदै अर्यालले प्राप्त सामाग्रीहरु आवश्यकताको आधारमा विभिन्न सरकारी निकायहरुलाई वितरण गरिने जानकारी दिनु भयो ।
चितवनका निजी क्षेत्रको पहलमा चितवन प्रशासनलाई सामाग्री हस्तान्तरण
चितवनका निजी क्षेत्रको पहलमा चितवन प्रशासनलाई सामाग्री हस्तान्तरण
तपाईको प्रतिक्रिया




