• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

वार्ताद्वारा उचित मागहरु सम्बोधन गर्न चितवन उद्योग संघ अनुरोध


  •   मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
  • भरतपुर/सुशासन, रोजगारीको ग्यारेन्टी, भ्रष्टाचारको अन्त्य, अभिव्यक्ति स्वतन्त्रता जस्ता विषय राखेर भविष्यका कर्णधार जेन–जी पुस्ताका युवाहरुले स्वतस्र्फूत रुपमा मिति २०८२ भाद्र २३ गते गरेको आन्दोलनमा सरकारले अनावश्यक बल प्रयोग गरी हुन गएको घटनामा ठूलो मानवीय क्षति भई हालसम्म १९ जना युवाहरुको ज्यान गएको र ४२१ भन्दा बढी युवाहरु घाइते भएको घटना प्रति चितवन उद्योग संघ स्तब्ध भएको छ ।

    Advertisement

    चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेद्वारा जारी विज्ञप्तिमा स्वदेशमा नै गरिखाने वातावरण बन्नुपर्छ र वर्षौ देखिको वेथिति तथा भ्रष्टाचार अन्त्य भई सुशासन कायम हुनुपर्छ भनि गरिएको यस आन्दोलनमा सरकार पक्षबाट भएको अनावश्यक बल प्रयोगबाट हुन गएको जनधनको क्षतिप्रति चितवन उद्योग संघ स्तब्ध भएको जनाइएको छ ।

    विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका होनहार युवाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । मृत्युवरण गर्ने युवाहरुको परिवारलाई उचित क्षतिपूर्ति दिन र घाईतेहरुकोे सम्पूर्ण उपचार खर्च राज्यद्वारा निःशुल्क व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दै घाईते युवाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

     

    राज्यले आम युवापुस्तामा देखिएको चरम नैराश्यता, बेरोजगारीलाई सम्बोधन नगरी असावधानीपूर्ण व्यवहारका कारण हिजोको दुःखद घटना भएको हाम्रो ठहर छ । आर्थिक मन्दीका कारण शिथिल अर्थतन्त्र बिस्तारै लयमा फर्कनै लाग्दा र नेपालीहरुको महान चाडबार्डहरु नजिकिँदै गरेको वर्तमान समयमा भएको यस दुःखद घटनाले सम्पूर्ण निजी क्षेत्रलाई दुखित बनाएको विज्ञप्तिमा उल्लेख छ ।

    कुनैपनि समस्याको समाधान हिंसाबाट हुँदैन, आन्दोलनरत जेन–जी पुस्ताका युवाहरुलाई आन्दोलनको स्वरुप शान्त, अनुशासित र संयमित बनाउन तथा राज्य पक्षलाई दमनबाट होइन वार्ताद्वारा उचित मागहरु सम्बोधन गर्न अनुरोध गर्दछौं । राजश्व बृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको उद्योग, व्यवसाय क्षेत्र नियमित सञ्चालन गरी उद्योग, व्यापारको चक्रलाई बिथोलिन नदिई, निजी क्षेत्रलाई उद्यमशिलताबाट पलायन हुने अवस्था आउन नदिन सम्पूर्ण राजनीतिक दल र सम्बद्ध सरोकारवाला पक्षहरुलाई संघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.