• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

१८ औं कार्यसमितिको कार्यकालमा औद्योगिक प्रर्बद्धनात्मक कार्यहरुले प्राथमिकता पाउने : मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ


  •   शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
  • चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसको वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न
    चितवन उद्योग संघमा मदन घिमिरेको नेतृत्व
    भरतपुर/चितवन उद्योग संघको ३४ औं बार्षिक साधारण सभा एवं १८ औं अधिवेशन तथा चितवन औद्योगिक विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
    चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका कार्यबाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि बानियाँले उद्योगीहरुको संस्था चितवन उद्योग संघको १८ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकालमा औद्योगिक प्रर्बद्धनात्मक कार्यहरुले प्राथमिकता पाउने विश्वास व्यक्त गर्नुभयो ।
    चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका कार्य वाहक अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा लोक कल्यान सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिका आश्रम, देवघाटमा आश्रित वालिकाहरुले स्वस्ती वाचन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
    कार्यक्रममा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले चितवन उद्योग संघको विगत र वर्तमान भएका गतिविधिहरुको प्रस्तुतिकरण गर्नुभएको थियो ।
    साधारणसभाको अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिलाई प्रदान गरिने मायाको चिनोमा खर्चिने रकमलाई नयाँ अभियान अनुरुप प्रमुख अतिथिबाट लोक कल्यान सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिका आश्रम, देवघाटलाई रु३४,४३४।– रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
    साधारणसभाको अवसरमा चितवन उद्योग संघको पालिका समितिहरु मध्येबाट आ.व.०८१/०८२ मा सर्वोत्कृष्ट हुन सफल चितवन उद्योग संघ, रत्ननगर समितिलाई,
    संघ तथा साकोसका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । चितवन उद्योग संघको कर्मचारीहरु मध्येबाट चिवतन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, चितवन औद्योगिक विकास सोकोसको कर्मचारीहरु मध्येबाट साकोसकी व्यवस्थापक प्रमिला थापालाई पुरस्कृत गरिएको थियो ।
    त्यस्तै चितवन औद्योगिक साकोसतर्फ विभिन्न बिधाहरुमा सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । आदर्श ऋणी (धितो जमानत) तर्फ सेवक ग्रुप प्रा.लि.का विनोद पन्त, निकमल ईञ्जिनियरिङ्गका ऋषिराम तिमिल्सिना, डोको नाम्लो किसान घरका भरत दवाडीलाई, आदर्श ऋणी (समूह जमानत) तर्फ भण्डारी ग्रिल उद्योगका गोमा शर्मा, गोल्डेन जि.एम.सी मसला उद्योगका विक्रम सापकोटा, सापकोटा ईञ्जिनियरिङ्ग वर्कसपका रुद्र प्रसाद सापकोटालाई, प्रविधिको उच्चतम् सदुपयोग तथा सक्रिय शेयर सदस्य कृति फोटो स्टुडियोका कृष्ण प्रसाद न्यौपाने, बाल बचतकर्ता रोयल पेन्ट्स प्रा.लि.का प्रणव भण्डारी, आदर्श बचतकर्ता लामिछाने एण्ड सन्स खाद्य उद्योगका टीकाराम शर्मा लामिछाने, राजेन्द्र ग्रिल उद्योगका मेहरमान श्रेष्ठ, चितवन मेटल इञ्जिनियरिङ्ग एण्ड फेब्रिकेसन उद्योग समितिलाई चितवन मेटल इञ्जिनियरिङ्ग एण्ड फेब्रिकेसन उद्योग समितिलाई, जेष्ठ शेयर सदस्य पुरुषतर्फ बुढानिलकण्ठ ब्रिडर्स फार्मस् प्रा.लि.का देवेन्द्र श्रेष्ठ (७२ वर्ष), जेष्ठ शेयर सदस्य महिलातर्फ स्वस्ती व्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरकी सितादेवी सोती (६७ वर्ष) लाई सम्मान एवम् पुरस्कृत गरिएको थियो ।
    साधारणसभाको औपचारिक कार्यक्रमलाई चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका कार्य वाहक अध्यक्ष मदन घिमिरेले संघ तथा साकोसको कार्यसमिति÷सञ्चालक समिति विघटन गरी प्रमुख निर्वाचन अधिकृत अधिवक्ता फुलमाया रानाभाटलाई निर्वाचन सत्र सञ्चालन गर्न फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।
    चितवन जिल्ला अदालत वार एशोसिएसनका अध्यक्ष, संघका कानूनी सल्लाहकार फुलमाया रानाभाट प्रमुख निर्वाचन अधिकृत रहनु भएको निर्वाचन समितिको सदस्यहरुमा उद्योग तथा वाणिज्य कार्यालय चितवनका कार्यालय प्रमुख विनोद पौडेल, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल सदस्य रहनुभएको थियो ।
    प्रमुख निर्वाचन अधिकृतले नवनिर्वाचित समितिको नामावली घोषणा गर्नुभएको थियो । चितवन उद्योग संघको १८ औं कार्यसमितिको अध्यक्षमा मदन घिमिरे, उपाध्यक्षहरुमा गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल, प्रमेश्वर भण्डारी, विशाल चापागाई, कार्यसमिति सदस्यहरुमा सुवासचन्द्र गौतम, प्रतिभा श्रेष्ठ, अन्तोष बमजन, खिलप्रसाद घिमिरे, जिताराम महतो, रामहरि कँडेल, सुरेन्द्र कार्की, ओमकार कँडेल, आनन्द पौडेल, सृजना सोती, अश्विन गोले, शेषमणी भट्टराई, प्रकाश पौडेल, अनुजराज पन्त, दिपेश श्रेष्ठ, ई.प्रदिप पौडेल, सरिता खनाल पौडेल, भरत दवाडी रहनुभएको छ । नवनिर्वाचित अध्यक्षलाई गभर्निङ काउन्सिलका उपाध्यक्षबाट र नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई निवनिर्वाचित अध्यक्षले सपथ खुवाउनु भएको थियो ।
    चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसको संयुक्त रुपमा आयोजना गरिएको साधारणसभाको संघतर्फ चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरेले अध्यक्षको प्रतिवेदन, चितवन उद्योग संघका कार्यकारी निर्देशकले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, संघका उपाध्यक्ष एवम् आर्थिक, योजना तथा निर्माण विभाग प्रमुख गजेन्द्र अधिकारीले आ.व. ०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै साकोसतर्फ चितवन औद्योगिक विकास साकोसका कार्य वाहक अध्यक्ष मदन घिमिरेले आ.व.०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन, सचिव सरिता खनाल पौडेल आ.व.०८१/०८२ को सचिवको प्रतिवेदन, कोषाध्यक्ष प्रमेश्वर भण्डारीले आ.व.०८१/०८२ को आर्थिक प्रतिवेदन तथा ०८२/०८३ को प्रस्तावित नीति कार्यक्रम तथा बजेट, लेखा सुपरीवेक्षण समितिका सदस्य दण्डपाणी भट्टले आ.व.०८१/०८२ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघ तथा साकोसतर्फ प्रस्तुत गरिएका प्रतिवेदन उपर छलफल तथा अनुमोदन समेत गरिएको थियो ।
    चितवन औद्योगिक विकासको बन्द सत्र कार्यक्रममा चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका उपाध्यक्ष एवम् चितवन औद्योगिक विकास साकोसका पूर्व अध्यक्ष राजु पौडेल, चितवन उद्योग संघ पूर्व अध्यक्ष मण्डलका अध्यक्ष एवम् चितवन औद्योगिक विकास साकोसका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार त्रिलोचन कँडेलले साधारणसभाको सफलताको शुभकामना र अधिवेशनबाट निर्वाचत समितिलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.