नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएका नेपाल स्काउट अन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तर अनुरूप सम्पन्न गरी उल्लेखित नतिजा हाँसिल गर्न माननीय युवा तथा खेलकूद मन्त्री एवम् प्रमुख स्काउट तेजू लाल चौधरी र नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरेबीच आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन सम्झौता सम्पन्न भएकोछ । युवा तथा खेलकूद मन्त्रालयमा, मन्त्रालयका श्रीमान सचिब डा. हरि प्रसाद लम्साल तथा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरी आदान प्रदान गरिएको हो ।
Advertisement




