• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम, युएनका वछटा कमिटीद्वारा छवटा संकल्प प्रस्ताव पारित


  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
  • चितवन/भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबारदेखि सुरु भएको दोस्रो संस्करणको तीनदिने ‘अङ्कुरम्– नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ सम्पन्न भएको छ । काठमाडौँसहित नवलपुर र चितवनका १८ संस्थागत र पाँच सामुदायिक विद्यालयका २४८ जना विद्यार्थीको सहभागिता रहेको नमुना अभ्यास कार्यक्रमबाट राष्ट्रसंघ का छवटा कमिटीमार्फत अनुसन्धान गरिएका छ विषयमा छलफलपश्चात सङ्कल्प पारित गरिएको छ । नमुना कार्यक्रमका महासचिव अर्जुन जी शर्माले छ विषयका संकल्प ग्रहण गरिएको बताए ।

    Advertisement

    नमुना कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै प्रमुखअतिथि भरतपुर महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले यस्ताखाले रचनात्मक कार्यक्रले विद्यार्थीको समग्र विकासमा टेवा पुग्ने बताए । ‘विश्वव्यापीरूपमा स्पर्धा गर्नसक्ने योग्य नागरिक बनाउनका लागि यस्ता किसिमका कार्यक्रम अत्यन्तै फलदायी हुने उनको जिकिर थियो । ‘बाबुनानीहरूको अध्ययन, अनुसन्धान र प्रस्तुतीकरण वास्तवमा सराहनीय तथा अनुकरणीय छ’, उनले भने । अभिभावकीय भूमिका निर्वाह गर्दै सामुदायिक विद्यालयहरूमा यस्ताखाले रचनात्मक कार्यक्रमको लागि समन्वय गरिदिन प्रमुखअतिथि काफ्लेले आग्रह गरे ।

    कार्यक्रमबाट संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का सभापति अविप्श्या कार्की र उपसभापति स्नेह कर्माचार्य नेतृत्वको कमिटीले ‘सामूहिक बसाइँसराइँको समयमा मानवअधिकारको संरक्षण ः विदेशीप्रति घृणा, नजरबन्द र सिमानाको हरियारीकरण’ विषयमा अध्ययन तथा अनुसन्धान गरी संकल्प प्रस्ताव पारित गरेको छ । सो कमिटीले ‘हिरासतको मानवीय विकल्पहरूलाई प्रवद्र्धन गर्ने, सेवाहरूमा पहुँचमार्फत आप्रवासी अधिकारहरूको सुरक्षा गर्ने र सीमा सुरक्षालाई कहिल्यै पनि हतियार बनाउनु हुँदैन’ भन्ने तथ्यमा जोड दिइएको प्रस्ताव पास गरेको छ ।

    त्यसैगरी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सभापति प्रिसा न्यौपाने र उपसभापति युरिका पौडेलको कमिटीले ‘सशस्त्र द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षा’ विषयमा अध्ययन, अनुसन्धान र छलफल गरेको थियो । उक्त कमिटीले ‘शरणार्थीहरूको लागि सुरक्षित क्षेत्रहरू स्थापना गर्ने, द्वन्द्वग्रस्त क्षेत्रहरूमा खाना, पानी र शिक्षाको पहुँच सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्ने र नागरिक जीवनको रक्षा गर्न विश्वव्यापी सहयोगलाई सुदृढ पार्ने विषयमा अध्ययन, अनुसन्धान र छलफल गरी पारित भएको छ ।

    त्यसैगरी दिमिसा विष्ट र अनाघा श्रेष्ठ सभापति तथा उपसभापति रहेको संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमअन्तर्गत ‘प्लाष्टिक प्रदूषणको सम्बोधन र विश्वव्यापी ऊर्जा संकटको अन्त्यका लागि क्रियाशीलता’ विषयमा अध्ययन, अनुसन्धान र बहस भई प्लास्टिक प्रयोगलाई चरणबद्धरूपमा निरुत्साहित गर्दै नवीकरणीय ऊर्जालाई तीव्र पार्ने र विश्वव्यापी सहयोगलाई प्रवद्र्धन गर्ने प्रस्ताव पास गरिएको छ ।

    युएनकै अर्को कमिटी संयुक्त राष्ट्रसंघीय बाल कोषका सभापति एवम् उपसभापति शुभांशराज केसी र विशाल सापकोटाको कमिटीले ‘युद्धग्रस्त क्षेत्रमा बालकालिकाको सुरक्षा’ विषयमा अध्ययन, अनुसन्धान र बहस गरी ‘बालसैनिक भर्तीको निन्दा गर्दै, शिक्षा, स्वास्थ्यसेवा र मनोसामाजिक सहयोगमा मानवीय पहुँच सुनिश्चित गर्दै युद्धबाट प्रभावित बालबालिकाको संरक्षण र पुनस्र्थापनाको लागि बलियो विश्वव्यापी सहयोगको लागि आह्वान गर्ने प्रस्ताव पास गरेको छ ।

    त्यसैगरी विश्व स्वास्थ्य संगठनको नेतृत्व गरेका सभापति सिर्जना लम्साल र उपसभापति रुपेश घिमिरे को कमिटीले ‘नसर्ने रोगहरू र मानसिक स्वास्थ्य ः विश्वव्यापी स्वास्थ्यसेवामा समानताको वकालत’ विषयमा बहस गरी संकल्प पास गरेको छ । उक्त कमिटीले पास गरेको संकल्पअनुसार ‘ बृहत्तर मानसिक स्वास्थ्य सेवा, स्वास्थ्य सेवामा समान पहुँच र सोसम्बन्धी जागरूकता कार्यक्रमहरूलाई सुदृढ पार्न आह्वान’ गर्नेछ ।

    त्यस्तै संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठनका सभापति आकर्षा सापकोटा र उपसभापति सौर्य पौडेलको कमिटीले ‘विज्ञान शिक्षा र सांस्कृतिक संरक्षण मार्फत जलवायु परिवर्तनको सामना गर्ने’ एजेन्डासँग जलवायु परिवर्तन शिक्षालाई एकीकृत गर्ने, आदिवासी ज्ञानको संरक्षण गर्ने र वैज्ञानिक सहकार्यलाई प्रवद्र्धन गर्नेगरी प्रस्ताव पारित गरेको छ ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष आयोजित नमुना कार्यक्रम–२.० मा पाँचवटा सामुदायिक विद्यालयहरू प्रेमबस्ती मावि प्रेमबस्ती, राष्ट्रिय मावि कृष्णपुर, लक्ष्मी मावि लंकू, नारायणी नमुना मावि र मोहन मावि भरतपुरका विद्यार्थीहरूलाई निःशुल्करूपमा सहभागी गराइएको कार्यक्रमका सल्लाहकार प्राचार्य सुमन पौडेलले जानकारी दिए । कार्यक्रममा महासचिव शर्मा, उपमहासचिव रीताकुमारी उपाध्याय, सल्लाहकार सुमन पौडेल, निर्देशक सरला पौडेललगायतले सम्पूर्ण कमिटीका उत्कृष्ट प्रतिनिधि, न्युज एजेन्सी, अन्तर्राष्ट्रिय प्रेस प्रतिनिधिलगायतलाई प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए । तीनदिने कार्यक्रम अवधिभर उत्कृष्टता प्रदर्शन गरेका सिर्जन रेग्मीलाई ‘सबैभन्दा सक्रिय समिति सदस्य’को रूपमा र ‘उत्कृष्ट समिति सदस्य’को रूपमा सक्षम सुवेदीलाई पहिचान गरी पुरस्कृत गरिएको थियो ।

     

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.