• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

सङ्घीय राजधानी बाहिर पहिलो पटक कोशी अस्पतालमा निः सन्तान क्लिनिक सञ्चालन


  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
  • कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पु¥याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन् ।  अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक संघीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको हो ।

    Advertisement

    उक्त सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने न्यून आयभएका दम्पतीले राहत महसुस गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा रुणा झा बताउनुभयो । “निजी क्लिनिकमा गएर निःसन्तानपनको उपचार गर्न नसक्ने गरिब तथा विपन्न वर्गका दाम्पतीलाई सरकारी अस्पतालमा सर्वसुलभ तरिकाले उपचार सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमा सेवा सुरु गरेका थियाँै”, उहाँले भन्नुभयो,“अझैपनि धेरैलाइर्् निःसन्तान क्लिनिकले प्रदान गर्ने सेवाको बारेमा जानकारी पयाप्त मात्रामा पुग्न सकेको छैन, त्यसैले सोचेजस्तो सेवाग्राही आएका  छैनन” ।

    अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा अञ्जुदेव र स्त्रीरोग विशेषज्ञ डा मधुमिता राणाले उक्त क्लिनिक सञ्चालन हँुदै आएको क्लिनिकमा सेवा प्रदान गरिरहनुभएको छ । परामर्श, प्रारम्भिक परीक्षणदेखि लिएर आवश्यक भएमा आययूआईसम्मको सेवा विभागमार्फत दिइने गरिएको छ ।

    निजी अस्पतालको खर्च धान्न नसक्ने धेरै दम्पती यहाँ सुलभ शुल्कमा परीक्षण, परामर्श र उपचार सरकारी अस्पतालमै सञ्चालन भएपछि धेरैलाई आशा पलाएको प्रमुख डा अञ्जुदेव बताउनुहुन्छ । “हामीले संघीय राजधानीको प्रसूति गृह अस्पताल सरहको शुल्कमै सेवा प्रदान गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “हामीले आइयूआई सेवाको शुल्क करिब रु ६ हजार तोकेको छाँै जुन निजी क्लिनिकमा दोब्बर वा सो भन्दा बढीपर्छ । शुल्क सस्तो भएपछि मध्यम आयवर्गका दम्पतीलाई यसले ठूलो राहत दिएको छ । ”

    बिमाबाट सेवा लिन सकिने

    अस्पतालले सुरु गरेको निःसन्तान उपचार सेवा स्वास्थ्य बिमितका लागि राहतदायी बन्ने भएको छ । अस्पतालका अनुसार बिमामा आबद्ध सेवाग्राहीले बिमा कार्ड प्रयोग गरी आवश्यक जाँच र उपचार सेवामध्ये अधिकांश सुविधा कम खर्चमा लिन सक्नेछन् । प्रमुख डा अञ्जुदेवका अनुसार निःसन्तानको समस्यामा परेका दम्पतीका लागि यो सेवा ठूलो राहतका रूपमा आउनेछ । “कुनै–कुनै अपवादबाहेक अधिकांश जाँच स्वास्थ्य बिमा योजनामार्फत नै गराउन सकिन्छ,” उहाँले भन्नुभयो “हाम्रो चाहना सकेसम्म बिरामीलाई न्यून खर्चमा सेवा दिन सकियोस् भन्ने हो ”।

    उपचारको बारेमा आम जनतालाई अझ जानकारी दिनुपर्ने आवश्यकता औंँल्याउँदै, बिमाको पहुँच बढे उपचार सेवामा सहजता आउने विश्वास रहेकोसमेत बताउनुभयो । यसबाट विशेषगरी आर्थिक कारणले उपचारबाट वञ्चित हुँदै आएका परिवारलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

    निःसन्तानपनको उपचारमा आययूआई प्रारम्भिक चरणमा प्रयोग हुने प्रविधि मानिन्छ । उहाँ भन्नुहुन्छ, “पुरुषमा शुक्राणुको मात्रा वा गुणस्तर कम हुँदा, महिलामा अण्डा उत्पादनमा समस्या हुने, महिनावारी अनियमित हुने वा शुक्राणु पाठेघरमा नपुग्ने समस्या आयो भने आययूआई प्रविधिबाट सन्तान सुख दिलाउन सकिन्छ ।”

    उहाँका अनुसार हाल अस्पतालमा आययूआई सेवा सुरु गरिएको छ, भने सफलतापूर्वक सञ्चालन भएपछि आवश्यकता अनुसार इन–भिट्रो फर्टिलाइजेसन ९आइभिएफ० सेवा पनि सुरु गर्ने योजना छ । आइयूआईबाट पनि उपचार सम्भव नभएमा भने दम्पतीलाई सरकारले सञ्चालन गरेको अन्य अस्पतालमा रेफर गरिने उहाँको भनाइ छ ।

    नेपालमा निःसन्तानपन स्वास्थ्य समस्याका रूपमा देखा पर्न थालेको चिकित्सकहरूले बताएका छन । महिलामा प्रजनन अङ्गसँग सम्बन्धित रोग, मासिक धर्मको अनियमितता, हर्मोनल असन्तुलन, अण्डा उत्पादनमा कमी वा अण्डाशयसम्बन्धी समस्या प्रमुख कारण मानिन्छ । त्यस्तै, पुरुषमा शुक्राणुको उत्पादन, गति वा गुणस्तरमा कमी हुँदा पनि सन्तान सुख टाढा हुने गरेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनका तथ्याङ्कअनुसार, निःसन्तानपनले विश्वभर करिब १५ प्रतिशत दम्पतीलाई असर गर्छ । नेपालमा पनि करिब १० देखि १५ प्रतिशत दम्पती यस समस्याबाट प्रभावित हुने गरेको अनुमान छ । कोशी अस्पतालले सञ्चालन गरेको यो क्लिनिक उपचार मात्रै होइन, प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउने र मानसिक–भावनात्मक सहयोग पु¥याउने उद्देश्यसहित अघि बढाइएको छ । निःसन्तानपन केवल स्वास्थ्य समस्या मात्र नभइ सामाजिक दबाब र मानसिक तनावसँग पनि जोडिएको हुन्छ । यस्ता अवस्थामा परामर्श, जानकारी र उपचार एकैसाथ उपलब्ध हुँदा दम्पतीले ठूलो राहत पाउने अस्पतालले जनाएको छ ।

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.