अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारी अभिमुखिकरण तथा तिज विशेष कार्यक्रम सप्पन्न भएको छ। संस्थाका अध्यक्ष मोहदत्त पौडेल सुरजको अध्यक्षता एवम बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक समिति सदस्य तारा गुरुङ्गले सहभागीहरुलाई अभिमुखिकरण गर्नु भएको थियो।
सन्चालक समिति सदस्य एवम कार्यक्रम संयोजक साबित्री पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। सस्थाका उपाध्यक्ष रामकुमार बजगाईले संस्थागत चिनारी प्रस्तुत गर्नु भएको कार्यक्रममा सहकारीकर्मी एवम भरतपुर माहनगरका निवर्तमान उपप्रमुख पार्वती साह रत्ननगर नगरपालिकाका कार्यपालिका सदस्य यसोदा पौडेल, अर्पण बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष मेघनाथ पौडेल, पुर्व अध्यक्ष यमन भुसाल सल्लाहकार अर्जुन पौडेल लगायतले सहकारीको महत्वको विषयमा प्रकास पार्नु भएको कार्यक्रम बिपना ढकालले सन्चालन गर्नु भएको थियो।
Advertisement




