काठमाडौ/होटल एल्लो प्यागोडा कान्तिपथका एक्जुकेटिभ सेफ राम बहादुर खड्का सम्मानित भएका छन् । काठमाडौमा शुक्रबार युगान्तर मिडियाको ७ औँ वार्षिक उत्सवमा आयोजना गरिएको बिशेष कार्यक्रम माझ प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री माननीय बलराम अधिकारीले खड्कालाई सम्मान गर्नु भएको हो। सम्मानित भए पछि खड्काले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा युगान्तर मिडियालाई बिशेष धन्यबाद दिदै आफ्नो पेसामा अझै डटेर मिहिनेत गर्न ऊर्जा थप्ने आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदै पाक कलामा रचनात्मक शैली मार्फत् यस क्षेत्रमा क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।
Advertisement




