• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

भरतपुर केरूङ्गा घोलको गुरुयोजना निर्माण

  •   शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र भएर बग्ने केरूङ्गा घोलको गुरुयोजना निर्माण गरिएको छ । झण्डै ३० किमी लामो घोलले गुरुयोजनाअनुसार काम भए नयाँ स्वरुप ग्रहण गर्नेछ । भरतपुर महानगरपालिकाको गणेशधामबाट शुरू भई जगतपुरस्थित राप्ती नदीमा पुगेर मिसिने केरुङ्गा घोलको गुरुयोजनाको काम सकेर डिपिआर निर्माण भइरहेको प्रदेशसभा सदस्य विजय सुवेदीले बताउनुभयो । गुरुयोजनाअनुसार निर्माण भए घोलले महानगरको सुन्दरता झनै बढ्ने उहाँले बताउनुभयो । यो आयोजना महानगरका लागि आवश्यक र दूरगामी महत्व राख्ने खालको हुने सांसद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “केरुङ्गा घोललाई व्यवस्थित गरियो भने शहरको सुन्दरता बढ्न जान्छ । बर्खामा घोलले डुबानमा पार्ने भएकाले पनि सुरक्षित ढङ्गले सौन्दर्यकरण हुनेछ ।”

    सांसद सुवेदीले महानगरको बीचबाट बगेको यस घोलको अवस्था काठमाडौँको टुकुचाजस्तो नहोस् भन्नका लागि नयाँ योजना बनाइएको बताउनुभयो । उहाँले बहुवर्षीय योजनाको रुपमा प्रदेश सरकार र महानगरपालिकाको लगानीमा घोललाई व्यवस्थित बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “शहरका विभिन्न ठाउँबाट बग्ने ढललाई निर्मलीकरण गर्दै घोलमा मिसाइने छ । जसबाट जल प्रदूषण समयमा नै नियन्त्रण आउनेछ । घोललाई व्यवस्थित गरेपछि डुङ्गा चलाउने, किनारमा साइकल चलाउने गरेर आन्तरिक र बाह्य पर्यटक घुमफिर गर्न सक्छन् ।” भरतपुर महानगरपालिकाको शहरी विकासको योजनाकार आर्किटेक्ट इञ्जीनियर अस्मिता खनालले शहरीकरणसँगै नदी क्षेत्र अतिक्रमित हुँदै जाने भएकाले पनि उद्यान बनाएर संरक्षण गर्ने योजना बनाइएको बताउनुभयो ।

    Advertisement

    उहाँले भन्नुभयो, “बर्खाको समयमा घोल घरघरमा पस्ने समस्या देखिएकाले पनि घोललाई उद्यान बनाएर व्यवस्थित गर्न आवश्यक छ । यसबाट एकातिर सार्वजनिक सम्पत्तिको संरक्षण हुनेछ भने अर्काेतिर उद्यानहरु बनाएर पर्यटकलाई पनि आकर्षण गर्न सकिन्छ ।” उहाँले शुरुमा १५ किलोमिटर जति कामचाहिँ छिट्टै शुरु गर्ने योजना बनेको जानकारी दिनुभयो । फोहर पानी बग्ने केरूङ्गाको घोलमा होचो भाग भएकाले भरतपुरका विभिन्न क्षेत्रका ढलहरु मिसाउने गरिएको छ । अब फोहर र सफा पानी एकै क्षेत्र तर दुई फरक अवस्थामा बग्ने बनाउने तयारी भएको छ ।

    ढल मिसावट फोहर पानीका लागि छुट्टै नाला बनाउने र केरूङ्गामा भने सफा पानी बग्ने बनाउने गरी डिपिआर निर्माण भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । हिउँदमा पनि नारायणी लिफ्टको पानी हालेर केरूङ्गामा डुङ्गा चलाउने योजना रहेको उहाँले बताउनुभयो । केरूङ्गामा डुङ््गा शयर, दुवैतर्फ उद्यान निर्माण, दुवैतर्फ साइकल लेन, हिँड्ने बाटो, मिनीसप, विभिन्न स्थानमा आकर्षक पुल, हरियाली रहने छ । भरतपुर महानगरका वडा क्रमशः ११, १२, ९, ८, ७, ५, ६, १३, १४, २१, २२, २३, २४ भएर केरूङ्गा बग्ने गरेको छ । भरतपुर महानगर वडा नं ९ र ११ ले आफ्नो वडासम्म केरूङ्गा ड्रेनको सीमाङ्कनसमेत गरिसकेका छन् । यस आयोजनाले सङ्घीय निर्वाचन क्षेत्र नं २ र ३ साथै प्रदेश निर्वाचनको भने तीनवटा क्षेत्र समेट्छ । (रासस)

    शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.