कोअपरेटीभ म्यानेजर्स क्लव चितवनले आफ्नो स्थापनाको गरिमामय दोश्रो स्थापना दिवसको अवसरमा वित्तीय सहकारी व्यवस्थापन र नियामकीय व्यवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रम अभियानकर्मी, प्रारम्भिक सस्थाका अध्यक्ष, पदाधिकारी तथा लेखा समितिका सम्योजक र व्यवस्थापन प्रमुख गरी करीव ७२ जनाको उपस्थितिमा सम्पन्न भएको छ ! क्लव अध्यक्ष मेघनाथ लामिछानेको अध्यक्षता, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि. का लेखा सुपरिवेक्षण समिति सम्योजक ईन्द्रराज ज्योति पौडेलज्युको सहजीकरणमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्ला बचत र ऋण सहकारी सङ्घ लि. चितवनका अध्यक्ष विघा कोइराला, सहकारी विज्ञ तेजेन्द्रबहादुर खड्का र भरतप्रसाद दवाडी र प्रमुख सल्लाहकार डा. जीवनकुमार श्रेष्ठको उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रममा सहभागिको तर्फबाट समझदारी भोझाड साकोसका अध्यक्ष खेमलाल सुबेदी र बछौली नारी चेतना साकोसका लेखा सुपरिवेक्षण समिति सम्योजक प्रमिला ढकालले कार्यक्रमको प्रभावकारीता माथि प्रकाश पार्नुभयो ! क्लव उपाध्याक्ष गोविन्द सुबेदीले स्वागत मन्तव्य र सचिव दीपक गौतमले कार्यक्रम सन्चालन गर्नु भएको थियो !
कोअपरेटीभ म्यानेजर्स क्लव चितवनको दोश्रो स्थापना दिवस सम्पन्न
कोअपरेटीभ म्यानेजर्स क्लव चितवनको दोश्रो स्थापना दिवस सम्पन्न
तपाईको प्रतिक्रिया




