• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

शान्तिकुमारी शाहीको गायन यात्रा : देउडा हुँदै भजन सम्म

  •   बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
  • काठमाडौँ/विद्यालय पढ्दादेखि नै साधारण देउडाको स्वरमा सुर मिलाउँदै गायन सुरु गरेकी गायिका शान्तिकुमारी शाहीको आज लोकसंगीत क्षेत्रमा स्थापित नाम बनेको छ । कर्णाली प्रदेशको कालीकोटमा जन्मिएर हाल सुदूरपश्चिमको बैतडीलाई कर्मभूमि बनाएकी उनी मौलिकता र संस्कृतिको जगेर्नासँगै समाजसेवामा समेत आबद्ध छिन् ।

    Advertisement

    २०७४ सालमा औपचारिक रूपमा गायन क्षेत्रमा प्रवेश गरेकी शाहीले सुरुआतमा केही चल्तीका गीत नक्कल गर्दै अभ्यास गरिन् । त्यसपछि उनले आफ्नै मौलिकता बोकेको स्वर दिन र सुदूरपश्चिमको गहिरो संस्कृति समेटिएका भाका गाउन थालिन् ।

    यसले छिट्टै श्रोता–दर्शकको ध्यान खिच्न थाल्यो । शान्तिकुमारीले ‘लाली पाउडर घसेर’, ‘गयो जोवन माइतै बसेर’, ‘कर्णालीका छालैछाल’, ‘भोटे बाइगो मुगु’, ‘कोही हुम्लाकी कोही जुम्लाकी’, ‘कोहीमाथि मुगुकी’जस्ता गीतमा आफ्नो आवाज दिएकी छन् । उनको स्वरले सुदूरपश्चिम र कर्णालीका भाकालाई नयाँ उचाइ दिएको छ । ती गीतहरूले खाली मनोरञ्जन मात्र नभई जनजीवन, संघर्ष र भूगोलका कथा पनि बोकेका छन् ।

    शान्तिकुमारीले पछिल्लो समय ‘हरिभजन’ नामक भजनमार्फत भक्तिभावको क्षेत्रतर्फ पनि उपस्थिति जनाएकी छन् । लोक भावनालाई भजनको माधुर्यसँग मिसाएर प्रस्तुत गरिएको यो गीतलाई स्रोताले रुचाएको पाइएको छ । गायिका शान्तिकुमारी आफू सुदूरपश्चिमका स्थानीय भाकालाई संगीतमार्फत बचाउने र अघि बढाउने अभियानमा समर्पित रहेको बताउँछिन् । ‘हामीकहाँ मौलिक भाका हराउँदै गएका छन् । मैले संगीतमार्फत त्यो जगेर्ना गर्ने प्रयास गरिरहेकी छु,’ उनी भन्छिन्, ‘म हरेक प्रस्तुति र शब्दमा आफ्नो भूगोल र संस्कृति झल्काउने उद्देश्य राख्छु ।’

    गायिका शान्तिकुमारी पछिल्ला वर्षहरूमा समाजसेवामा पनि सक्रिय छिन् । उनले हालै काठमाडौँमा आयोजना गरिएको श्री पशुपति मनोकामना पूर्ति तथा संकट मोचन विराट ज्ञानमहायज्ञमा मानव सेवा फाउन्डेसनको आजीवन सदस्यता लिँदै आफ्नो प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा उनले आफ्ना देउडा गीतमार्फत् भक्तजनलाई छमछमी नचाएकी मात्र होइन, संस्थालाई सहयोग पनि गरेकी थिइन् ।

    शान्तिकुमारीले आफ्नो सांगीतिक योगदानका लागि कैयौँ राष्ट्रिय सम्मान तथा उत्कृष्ट गायिका अवार्ड प्राप्त गरेकी छन् । उनले लोकसंगीत संरक्षणमा योगदान, मौलिक भाका प्रवद्र्धन, सांगीतिक समाजसेवाजस्ता विधामा अवार्ड पाएकी छन् ।

    शान्तिकुमारीको अबको सपना अब देउडासँगै हिमालका कथा संगीतमार्फत सुनाउने रहेको छ । जन्मथलो कालीकोट र कर्मथलो बैतडी भएकाले उनले दुवै ठाउँका स्थानीय भाषालाई समेटेर नयाँ गीतहरू ल्याउने तयारी गरिरहेकी छन् ।

    बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.