• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपालमा पहिलो पटक एआई आचार संहिता जारी


  •   मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ/नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वन्धी आचार संहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार संघले “अनलाइन टिभी एआई आचार संहिता २०८२” जारी गरेको हो । काठमाडौमा सोमबार आयोजित आचार संहिता घोषणा समारोहमा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचार संहिता घोषणा गरेका हुन् ।

    Advertisement

    एआईको दुरुपयोग न्यूनिकरण गर्ने र एआईको प्रयोगलाई सही बाटो तर्फ लैजानका लागि आचार संहिताको आवश्यकता भएकाले एआई आचार संहिता जारी गरिएको भण्डारीको भनाई छ ।

    उनका अनुसार एआईको प्रयोग अनलाइन टिभीहरुमा बढ्ने संभावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीहरुलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचार संहिताको आवश्यकता महसुस गरिएको हो ।

    मिडिया सम्वन्धी धेरै काममा नेपालको पहिलो एआई अभ्यासकर्ता समेत रहेका भण्डारीले एआई सम्वन्धी नेपालको पहिलो आचार संहिता नै अनलाइन टिभी एआई आचार संहिता भएको दावी समेत गरे ।

    सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी अधिकारीले अनलाइन टिभी पत्रकार संघद्वारा सार्वजनिक गरिएको ‘एआई आचार संहिता 2082’ लाई नेपालकै पहिलो औपचारिक एआई आचार संहिता भएको दाबी गरेका छन्।

    प्रविधिको परिवर्तनशील धार उल्लेख गर्दै उनले वर्तमान युगलाई ‘Prompt Engineering’ को युग भने।

    “अब निर्देश Prompt दिने शैली नै नयाँ कोड लेख्ने कला हो। तपाईंले एआईलाई कस्तो निर्देशन दिनुभयो भन्ने कुराले नतिजा तय गर्छ। यसले मानव सृजनात्मकताको अझै पनि मूल शक्ति भएको प्रमाण दिन्छ,” उनले बताए। Deepfake प्रविधिबाट सत्य र झुटोको सीमा धमिलिँदै गएको सन्दर्भमा अधिकारीले नैतिक मूल्यहरूको आवश्यकता अझ बलियो भएकोमा जोड दिए। “Deepfake प्रविधिले सत्य र झुटोको सीमाना मेटाइरहेको अवस्थामा हामीले नैतिकताको दायरालाई मजबुत बनाउनैपर्छ,” अधिकारीले भने।

    पत्रकारिता क्षेत्रमा एआई प्रयोगको सम्भावना र जिम्मेवारीबारे चर्चा गर्दै उनले भने: “अब एआई प्रयोग गरेर समाचार लेखन, तथ्य प्रमाणीकरण, र गलत सूचना नियन्त्रण गर्न सजिलो भएको छ। तर सत्य, जवाफदेहिता र मानव मूल्यहरू कहिल्यै गुम्न हुँदैन।”
    अनलाइन टिभी पत्रकार संघले एआई आचार संहिता जारी गरेर अनुकरणीय बाटो देखाएको उल्लेख गर्दै उनले अधिकारीले भने, “यस्तै अभ्यास सबै क्षेत्रका अत्यावश्यक भइसकेको छ।”

    संघले जारी गरेको आचार संहितामा प्रस्तावित राष्ट्रिय एआई नीति २०८१ का मर्म र उद्धेश्यलाई समेत मध्यनजर गर्दै एआई आचार संहिता जारी गरिएको उल्लेख छ ।

    एआईको सहयोगमा बनाइएका सम्पूर्ण सामग्रीको अन्तिम परिक्षण, सम्पादन तथा अनुमोदन मानव जनशक्ति अर्थात सम्पादकबाट नै गरिने र त्यसपछि मात्रै प्रकाशित गरिने आचार संहिताको पहिलो बुँदामा लेखिएको छ ।

    त्यसैगरी एआईद्वारा सिर्जित सामग्रीको जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिने र एआईको प्रयोग भएको सामग्रीमा यसको स्पष्ट जानकारी दिइने पनि आचार संहितामा उल्लेख गरिएको छ ।

    व्यक्तिगत गोपनीयता, चरित्र, अश्लील, संवेदनशील, निजी वा सुरक्षासम्बन्धी सूचना प्रवाह गर्दा प्रचलित कानुनको पालनामा विशेष सावधानी अपनाइने र भ्रम सिर्जना गर्ने, पक्षपातपूर्ण वा झुटा जानकारी प्रवाह गर्नेगरी एआईको प्रयोग नगरिने प्रतिवद्धता अनलाइन टिभी पत्रकार संघले गरेको छ ।

    अनलाइन टिभी पत्रकार संघमा आबद्ध सबै अनलाइन टिभी पत्रकारहरुले यो आचार संहिता अनिवार्य पालना गर्नु पर्ने र त्यसको अनुगमन संघले आफ्नो तरिकाले गरिरहनेलगायतका विषय आचार संहितामा लेखिएको संघका बरिष्ठ उपाध्यक्ष संजीव रेग्मीले जानकारी दिए ।
    आचार संहिता यस संघका सवै सदस्यहरुका लागि बाध्यकारी र अन्य एआई प्रयोगकर्ताहरुका लागि अनुकरणीय हुने संघका महासचिव पवन फुयालको भनाई छ ।

    इन्टरनेटमा भिडियो पत्रकारिता गर्दै आइरहेका सञ्चारकर्मीहरुको पहिलो र साझा संस्थाको रुपमा रहेको अनलाइन टिभी पत्रकार संघले यसअघि २०७७ सालमै अनलाइन टिभी स्वनियमन निर्देशिका पनि जारी गरेको थियो ।

    मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.