• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

हामीमा आफनो प्रगतिमा खुसि हुनु भन्दा अरुको प्रगतिमा दुखि हुने प्रबृत्ति छ ः अन्जु गुरुङ


  •   शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
  • विगत ७ महिनादेखि कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण वन्द रहेका व्यूटीपार्लर व्यवसायहरु सञ्चालनको माग राख्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल भरतपुर महानगरपालिका कमिटीले बुधबार जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ–चितवन लगायतका संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका थिए । भरतपुर महानगरपालिका वडा नं.१० मा तमुस्यो व्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्नुभएकी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटी सदस्य तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) वाग्मती प्रदेश महिला कमिटी सदस्य अञ्जु गुरुङ्गसँग समसामयिक विषयमा उज्यालो टाईम्स डटकमका लागि राजु भट्टले गर्नुभएको कुराकानीको मुख्य अंशः

    प्रश्न ः अन्जुजी हिजो आज दिनहरु कसरी बितेको छ ?
    उत्तर ः कोभिड–१९ को बिश्व व्यापीमहामारीको आतंकबाट कोहि पनि अछुतो छैन महामारीले ल्याएको अप्ठयारोसँग जुध्नु, आम श्रमिक र आफना सदस्यहरुको समस्या समाधानका पहलहरु गर्नु, घर–परिवारको रेखदेख गर्नु यस्तै–यस्तै गरेर बितिरहेका छन् ।

    Advertisement

    प्रश्न ः व्यवसाय सञ्चालनको माग गर्दैै ब्यूटिसियनहरुले जिल्लास्थित विभिन्न संघ–संस्थाहरुलाई ज्ञापनपत्र बुझाउनु भएको छ ? ज्ञापनपत्र बुझाउनुको मुख्य उद्देश्य के थियो ?
    उत्तर ः महमारीले पेशा वर्वाद भएको छ । हामी सौन्दर्यकर्मीहरु पेशाबाट बिस्थापित हुने अबस्थामा पुगि सकेका छौ । सरकार तथा स्थानिय प्रशासनद्वारा लगाएको लकडाउन र निषेधाज्ञाका बिच सबै किसिमका व्यबसायले संचालनको अनुमति पाइसके हाम्रो पेशा संचालनमा अभैmपनि प्रतिबन्ध लागि नै रहेको छ । यसरी हाम्रो पेशा माथीको अनावश्यक प्रहारले हामी अत्यन्त पिडामा छौ र प्रशासनको यो व्यबहारबाट आक्रोशित पनि भएका छौ । त्यसैले हाम्रो व्युटि पार्लर व्यबसाय संचालन माथि लगाइएको प्रतिबन्ध अबिलम्ब हटाएर सहज रुपमा हाम्रो पेशा संचालन गर्ने बाताबरण बनाइयोस् भन्ने उद्देश्य नै ज्ञापनपत्र बुझाउनुको मुख्य उद्देश्य हो ।

    प्रश्न ः कोरोना भाइरस (कोभिड–१९) का कारण व्यूटीपार्लर व्यवसायमा कस्तो खालको असर परेको छ ?
    उत्तर ः कोरोना भाइरस (कोभिड–१९)का कारण सबै किसिमका पेशा व्यबसायमा संकट परेको कुरा हामीले सुन्दै आएका छौं । व्यूटीपार्लर व्यवसाय पनि यस संकटबाट अछुतो छैन अझ भन्नुपर्दा अहिलेको यो महामारीले सौन्दर्यकर्मीहरुलाई सबैभन्दा धेरै असर परेको छ । मासिक घरभाडा खप्टिएर तिर्नै नसकिने भएको छ । सामानहरु डेट एक्सपायर भएर फाल्नुपर्ने भएको छ । औजार उपकरण खिया लागेर खत्तम भएको छ । यहि बेला आर्थिक बर्ष समाप्त भएकाले आयकर, घरभाडा कर, नबिकरण दस्तुर लगायतका रकमहरु बुझाउनुपर्ने बेला भएको छ । अलिअलि बचत भएको रकम ६ महिना सम्म बसेर खादा सकिइसक्यो अब भोली के खाने भन्ने समस्या परेको छ । बैंकको ऋण र किस्ता तिर्न नसक्दा बैकबाट फोन आउँदा पनि मुटु हल्लिन्छ सबै समस्याको चांगका कारण सौन्दर्यकर्मीहरुमा डिप्रेशनको शिकार हुने सम्मको खतरा बढेको छ ।

    प्रश्न ः व्यूटीपार्लर व्यवसायीहरुले स्थानीय प्रशासनसँग कस्तो खालको अपेक्षा राख्नु भएको छ ?
    उत्तर ः स्थानिय तहमा जिल्ला प्रशासन र स्थानीय सरकार गरेर २ प्रकृतिको संरचना छ । प्रशासनको काम कानुनको परिपालना गराउनु र शान्ति सुव्यबस्था कायम गराउनु हो भने स्थानिय सरकारको काम जनताको गाास, वास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षाको प्रत्याभुति दिनु र बिकाश निर्माण गर्नु हो । हामीले जिल्ला प्रशासनसँग शान्तिपुर्ण वातावरणमा सुरक्षित किसिमले हाम्रो पेशा संचालन गर्ने व्यबस्था मिलाओस् भन्ने अपेक्षा राखेका छौं र स्थानीय सरकारसँग कोभिडको कारण मैले अघि चर्चा गरेका सौन्दर्यकर्मीहरु माथि परेको असरको उचित व्यबस्थापन गरोस् भन्ने अपेक्षा राखेका छौ ।

    प्रश्न ः व्यूटीपार्लर व्यवसायलाई समाजले हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?
    उत्तर ः समाज तपाई हामी मिलेर बनेको हो । समाजमा अनेक सोच, बिचार धर्म, संस्कृती र परम्परा बोकेका मान्छेहरु बस्ने भएकाले सबैको एउटै दृष्टिकोण कदापी हुन सक्दैन । तपाईको दृष्टिकोण र मेरो दृष्टिकोण फरक हुन सक्छ । हामीमा आफनो प्रगतिमा खुसि हुनु भन्दा अरुको प्रगतिमा दुखि हुने प्रबृत्ति छ । हामी आफनो काम गर्न छोडेर अर्काको कुरा काट्न रुचाउछौ र प्रगति गर्न सक्दैनौ । व्युटीपार्लर व्यबसायलाई सुरु–सुरुमा समाजले त्यति रुचाउँदैन थिए, अनेक लांन्छाना समेत लगाउन पछि पर्दैन थिए, महिलाहरु स्वयं पार्लर आउन हिचकिचाउँथे यो पित्तृसत्ताको उपज पनि हो तर अहिले बिस्तारै यो अबस्थामा सुधार आएको छ । सामान्य परिवारका महिला, एकल महिला, धनाढ्य घरानाका महिला सबै यो पेशामा आएका छन । एउटी महिला आफुले उद्यम गरेर स्वाबलम्बिभएकी छे, घर व्यबहार धानेकी छे, समाजमा स्थापित भएकी छे । एकाथरी पितृसतात्मक सत्ताको घमण्ड गर्नेहरु अहिले पनि महिलाको प्रगति देखेर इश्र्या गर्छन कुरा काट्न छोडदैनन तर छोरीको ईन्गेजमेन्ट हुँदा छोरीलाई राम्री बनाइदिनुस् भन्दै हामीलाई बोलाउँछन, छोरी बिदेश जान लागि भने पार्लर सिकाएर पठाउँछन । अर्काथरी मान्छेहरु यो व्यबसायलाई प्रोत्साहन गर्छन समाज यस्तै हो दृष्टिकोण पनि फरक–फरक हुने भैहाल्यो ।

    प्रश्न ः यस व्यवसाय सञ्चालन गर्नका लागि कस्ता खालको शिक्षा र योग्यता आवश्यक छ ?
    उत्तर ः यो व्यबसाय एउटा स्वास्थ्य सौन्दर्य सम्बन्धी व्यबसाय हो र एउटा सौन्दर्यकर्मी स्वस्थ्य सौन्दर्य सम्बन्धी चिकित्सक हो । जब सम्म मानिसको बाहिरी आवरण स्वस्थ्य हँुदैन तबसम्म मान्छे सुन्दर हुँदैन । एउटा कुरुप र अनुहार भरी चायापोतो आएका डण्डीफोरका दाग भएका, कपाल फुलेका, कपाल झरेर तालु देखिएका, अनुहार भरी रौं पलाएका मान्छेलाई पनि सुन्दर बन्न मन लाग्छ । यसको उपचार बिना उ सुन्दर बन्न सक्दैन भने कतिपय मान्छेका छालामा जुन पायो त्यही सौन्दर्य सामाग्री प्रयोग ग¥यो भने उसलाई एलर्जी भएर छाला बिग्रिन सक्छ । एउटा सौन्दर्यकर्मीलाई यो बारेमा पुर्ण ज्ञान नभइकन उसले उचित उपचार गर्न सक्दैन । त्यसैले यो व्यबसायमा आउनका लागि दक्ष हुन जरुरी छ । दक्षता हासिल गर्नका लागि बेशिक लेवल देखि उच्च लेवल सम्मका ज्ञान (तालिम) लिनुपर्छ । यो व्यबसायमा आउन यसको छुट्टै पाठ्यक्रम निर्धारण गरिएको छ । दर्तावाला ट्रेनि¨ सेन्टरहरु बाट पाठ्यक्रम अनुसारका तालिम लिने, परीक्षामा सामेल हुने लिखित तथा प्रयोगात्मक परीक्षा दिने र परीक्षा उतीर्ण गरेपछि मात्र यो व्यबसायमा आउन पाइन्छ भने व्यबसाय संचालन गरि सकेपछि पनि नयाँ–नयाँ आउने सौन्दर्य साधनका बारे जानकारी राख्ने नयाँ–नयाँ आउने प्रबीधीको बारेमा तालिम लिने र आफुलाई अपडेट गराई राख्नुपर्छ ।

    प्रश्न ः चितवनको सन्दर्भमा भन्नुपर्दा कति लगानीका व्यवसायहरु सञ्चालनमा छन् र यहाँको बजारको अवस्था र प्रतिस्पर्धा कस्तो रहेको छ ?
    उत्तर ः लगानी मान्छेको हैसियतमा फरक पर्ने कुरा हो । एउटा सामान्य पार्लर संचालन गर्न न्यूनतम ४ देखि ५ लाख खर्च आउँछ । चितवनको सन्दर्भमा भन्नुपर्दा सामान्य ५ लाख देखि करोड सम्म लगानी गरिएका पार्लर छन । र यहाँको वजार बिशेष गरि शहरीया निम्न मध्यमवर्गका महिलाहरुमा निर्भर भएपनि अहिले बिस्तारै ग्रामीण क्षेत्रका महिलाहरु पनि पार्लर छिर्न थालेका छन जसका कारण बजार बिस्तार हँुदैछ भन्न सकिन्छ । प्रतिस्पर्धाका बारेमा भन्नुपर्दा हरेक व्यवसायमा आन्तरिक प्रतिस्पर्धा त भइनै हाल्छ र यो क्षेत्रमा पनि व्यापक प्रतिस्पर्धा छ । अस्वस्थ्य प्रतिस्पर्धा छ । जसलाई हामीले युनियनको माध्यमद्धारा हल गर्न प्रयासरत छौं ।

    प्रश्न ः हामीले सोध्न बिर्सेका र तपाईले भन्नु पर्ने केही विषयहरु छन् कि, प्रष्ट पारिदिनोस् न ?
    उत्तर ः अवश्य, म राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटी सदस्य तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) वाग्मती प्रदेश महिला कमिटी सदस्य भएपछि मलाई लाग्छ मैले मेरो युनियनका बारेमा भन्न पाउनु पर्छ र त्यसैका बारेमा भन्ने अनुमति चाहन्छु ।
    राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, नेपाली सौन्दर्यकर्मी श्रमिक महिलाहरुको नेतृत्वदायी संगठन हो । यसले आम सौन्दर्यकर्मीहरुको हकहित र अधिकार प्राप्तीका लागि सदैव संघर्षरत रहन्छ । सौन्दर्यकर्मी माथी परेका समस्या होस् अथवा सौन्दर्यकर्मी माथी हुने अन्याय होस् यसको यस युनियनले डटेर मुकाबिला गर्छ र सौन्दर्यकर्मीहरुलाई न्याय दिलाउने काम गर्छ । सरकार संग सौन्दर्यकर्मीहरुको हक अधिकार स्थापित गराउन, सौन्दर्यकर्मीहरुको पक्षमा निति निर्माण गर्न पहल गर्नुका साथै अन्यायको बिरुद्ध आन्दोलनको कार्यक्रम प्रकाशित गरि आन्दोलन समेत गर्दछ भने स्थानीय तहमा सौन्दर्यकर्मीहरु माथी आइपर्ने व्यबसायिक तथा घरेलु समस्या समाधानमा समेत यसले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । यो युनियन २०६४ साल चैत्र ९ गते स्थापना भएको हो । हाम्रो युनियन नेपाल सरकार श्रम बिभागमा ट्रेड युनियन ऐन अन्तर्गत दर्ता भएको युनियन हो । यसको दर्ता नं. २३२ रहेको छ । यसको सांगठानिक संरचना अन्तर्गत केन्द्र, प्रदेश, जिल्ला र स्थानिय कमिटी पर्दछन । यो देशको सातैवटा प्रदेशमा आफना संरचनाहरु बिस्तार भएको सौन्दर्यकर्मीहरुको एउटा मात्र संगठन हो । यो युनियन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सदस्य युनियन हो । जिफन्ट बिभिन्न १९ वटा क्षेत्रमा काम गर्ने फरक– फरक १९ वटा सदस्य संघहरुको छाता संगठन हो । देशभरी जिफन्टको ५ लाखभन्दा धेरै सदस्यहरु छन र हामी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका सदस्यहरु (सौन्दर्यकर्मीहरु) ५ लाखभन्दा धेरै सदस्यहरुको परिवार भित्रका सदस्य हौ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल अन्तर्राष्ट्रिय क्षेत्रको श्रमिकहरुको संगठन UNI को समेत सदस्य हो र UNI को सदस्य भएका कारण हामी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका सदस्यहरु अन्तर्राष्ट्रिय स्तरको संगठनको समेत स्वत सदस्यहौं ।
    म आम सौन्दर्यकर्मी साथीहरुमा तपाईको अनलाइन पत्रिका मार्पत एउटा जिल्लामा गठन गरिएको क्लब स्तरको सदस्य बनेर नबस्न र आम सौन्दर्यकर्मीहरुको प्यारो संगठन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको सदस्य बनेर देश तथा बिदेशमा रहेका सबै नेपाली सौन्दर्यकर्मीहरुको पक्षमा योगदान पु¥याउन आग्रह गर्दछु । कोभिडका कारणले हाम्रो पेशामाथी परेको असरको समाधानका लागी देशको तिनवटै तहको सरकारसँग आग्रह गर्दछु । र गृह प्रशासनद्धारा वन्द गराइएका हाम्रो व्यबसाय अबिलम्ब संचालनको अनुमति दिन नेपाल सरकार समक्ष जोडदार माग गर्दछु । धन्यवाद ।

    शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.