भरतपुर/लायन्स क्लव अफ भरतपुर मिडटाउनको आयोजनामा शनिबार भरतपुर महानगरपालिका वडा नं. ११ बसेनी स्थित सिद्धिविनायक माध्यमिक विद्यालय परिसरमा ३५ वटा विरुवाहरुको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ भरतपुर मिडटाउनका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक ३२५आर का प्रथम भाईस डिष्ट्रिक गभर्नर लायन प्रभाकर पण्डित प्रमुख अतिथि रहनुभएको थियो ।
वृक्षारोपण कार्यक्रममा डिष्ट्रिक ३२५ आरका सिनियर डिपार्टमेण्ट कोर्डिनेटर लायन कमल प्रसाद श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा रिजन १७ का चियर पर्सन लायन उमेश ढकाल, जोन ३५ का जोन चियर पर्सन लायन आनन्द घिमिरे, सिद्धिविनायक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद कौडेल, क्लवका संस्थापक अध्यक्ष लायन गंगाधर तिमिल्सिना, विद्यालयका प्रधानाध्यापक शिव कोईराला, लायन्स क्लव अफ भरतपुर मिडटाउनका पदाधिकारी एवम् सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
लायन्स क्लव अफ भरतपुर मिडटाउनद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
लायन्स क्लव अफ भरतपुर मिडटाउनद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया




