• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

सुनचाँदी व्यवसायीहरूको मर्म अनुसार सरकारसंग सहमति हुन सकेन: सांसद बराली


  •   शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
  • अमिर रामदाम,

    Advertisement

    चितवन/सुनचाँदी व्यवसायीहरूको मर्म अनुसार सरकारसंग महासंघहरू र संघर्ष समितिको सहमति हुन नसकेको माओवादी केन्द्र निकट प्रतिनिधि सभा सदस्य माननीय रणेन्द्र बरालीले बताउनुभयो।

    नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आज शुक्रबार उद्योग वाणिज्य संघ चितवनको बैठक हलमा आयोजना गरेको छलफल तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनु भयो।

    उहाँले सुनचाँदी व्यवसायीहरूले नगदमा सहमति चाहेको बेलामा महासंघहरू र संघर्ष समितिले उधारोमा सहमति गर्नाले यतिबेला सुनचाँदी वृत्तमा समस्या सिर्जना भइरहेको बताउनुभयो ।

    उहाँले राज्यको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु-याउने सुनचाँदी व्यवसायलाई सकाउने खेलमा सरकार रहेको आरोप लगाउनुभयो।

    त्यस्तै, बिचौलियाहरूको चलखेलका कारण सुनचाँदी व्यवसायीहरू यतिबेला समस्यामा पर्न गएको

    बागमति प्रदेश सभा सदस्य माननीय इश्वर सापकोटाले बताउनुभयो। उहाँले यो कर नीति व्यवसायप्रतिको आक्रमण रहेको बताउनुभयो।

    सुनचाँदी व्यवसायीहरूको जायज मागहरु आफूले पनि प्रदेश सभामा प्राथमिकतासाथ उठाउने र सम्पूर्ण सरोकारवाला, व्यवसायी र उद्योगीहरूलाई सुनचाँदी व्यवसायीका जायज मागहरु सशक्त रूपमा उठाउन उहाँले आग्रह गर्नुभयो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य शंकर इशु पोख्रेल (जुलेन) ले सुन नेपालीको धर्म, संस्कृति र जीवनशैलीसँग जोडिएको वस्तु रहेको बताउनुभयो । सुनलाई विलासी वस्तुको रूपमा हेर्नु अनुचित रहेको उहाँले जनाउनु भयो ।

    सांस्कृतिक अनुष्ठान, चाडपर्व र शुभ कार्यहरूमा यसको आवश्यकता पर्ने हुँदा यसलाई लगानी योग्य र अत्यावश्यक वस्तुको रूपमा हेर्नुपर्ने उहाँले बताउनुभयो ।

    भ्याट र विलासिता करले व्यवसायी, कालिगड, उपभोक्ता र सरकार सबैलाई असर पर्ने भएकाले बजेटमार्फत ल्याइएका नयाँ प्रावधान अविलम्ब खारेज गर्न माग गर्दै सरकारलाई संवेदनशील बन्न उहाँले अपिल गर्नुभयो।

    त्यस्तै, यतिबेला नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसायीहरूको समस्याहरू समाधानका निमित्त लागि परिरहेको र सरकार संग छलफल जारी रहेकोले, महासंघसंग परामर्श लिँदै जिल्ला संघले आगामी कदमहरू चाल्नु पर्ने उहाँले बताउनुभयो।

    सुनचाँदी व्यवसायीहरू यतिबेला समस्यामा रहेका छन्, आन्दोलित भएका छन् तर सम्पूर्ण वस्तुगत संघहरूको छाता संगठन उद्योग वाणिज्य संघ चितवनले सुनचाँदी व्यवसायीहरूको कुनै पनि मर्म नबुझेकोमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष तथा सल्लाहकार टेकबहादुर विश्वकर्माले दु:ख व्यक्त गर्नुभयो ।

    उवासंघ चितवनमा हामी सयौंको संख्यामा सुनचाँदी व्यवसायीहरू आवद्धता रहेको छौं, तर हाम्रो समस्यामा उवासंघ चितवन मौन रहनु नै उवासंघको गरिमा माथि प्रश्न चिन्ह खडा भएको उहाँले बताउनुभयो। उहाँले उवासंघ चितवनको यस रवैयाको खेद प्रकट गर्नुभयो।

    राज्यलाई अत्याधिक कर बुझाउने सुनचाँदी व्यवसायीप्रति सरकारले पूर्वाग्रह राख्नु दु:खद् करा रहेको उहाँले बताउनुभयो।

    कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमति प्रदेश उपाध्यक्ष यम कुमार ल्वागुन, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष डा.यमबहादुर वि.के, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका सल्लाहकारहरू ज्ञानेन्द्रमान शाक्य, चित्रबहादुर विश्वकर्मा खाती, कमल रामदामले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो भने माननीय सांसदद्वय बराली र सापकोटालाई संघको तर्फबाट ज्ञापन पत्र कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले हस्तान्तरण गर्नुभएको थियो।

    कार्यक्रमको सहजीकरण संघका महासचिव गोपाल बहादुर वि.क थापाले गर्नुभएको थियो।

    शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.