• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

महामन्त्रीको दौडमा नैनसिंह महरको ‘मध्यमार्गी’ रणनीति किन सफल हुदैछ ?


  •   बिहिबार, साउन ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ/नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति तय नहुँदै महामन्त्री पदका लागि पहिलो उम्मेदवारी घोषणा गरेका केन्द्रीय सदस्य नैनसिंह महरको ‘विधि र मुद्दा केन्द्रित’ अभियानले पार्टीको आन्तरिक राजनीतिमा गति लिन थालेको छ । परम्परागत गुटगत समीकरणभन्दा बाहिर रहेर ‘मध्यमार्गी’ धार बनाउने उनको रणनीतिले तल्लो तहका कार्यकर्ता र विभिन्न गुटमा रहेका परिवर्तन पक्षधर नेताहरूलाई आकर्षित गर्न थालेपछि संस्थापन र संस्थापनइतर दुवै खेमामा नयाँ तरंग सिर्जना भएको छ । नेपाली कांग्रेसभित्र हरेक चुनावमा निर्वाचित भएका महर यसपटक महामन्त्री पदका निम्ति सबैभन्दा बलिया उम्मेदवारका रुपमा उदाएका छन् ।

    Advertisement

    संस्थापन पक्ष सभापति शेरबहादुर देउवाको निरन्तरता र इतर पक्ष नयाँ नेतृत्वको खोजीमा आन्तरिक शक्ति संघर्षमा अल्झिरहेको बेला महरले ‘पहलकदमीको लाभ’ (First-mover advantage) लिएका छन् । उनले आफ्नो उम्मेदवारीलाई ‘विधानसम्मत र समयमै महाधिवेशन’ को मागसँग जोडेका छन्।  यसले नेतृत्वलाई नैतिक दबाब दिनुका साथै विधि र प्रक्रियाको पक्षमा उभिने नेताको छवि निर्माणमा सघाएको छ ।

    ‘अहिले पार्टीमा संस्थापन र इतर दुवै गुटभित्र एक खालको असन्तुष्टि र नयाँ विकल्पको खोजी भइरहेको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘नैनसिंहजीको अभियानले गुटको समीकरणभन्दा माथि उठेर मुद्दामा विश्वास गर्ने तर निर्णायक भूमिकामा नरहेका ठूलो पंक्तिलाई आशा जगाएको छ । उहाँको रणनीतिले काम गरिरहेको देखिन्छ ।’

    तीन वर्षदेखिको तयारी, ७४ जिल्ला भ्रमण र ‘मिसन महामन्त्री’ अभियानमार्फत व्यवस्थित प्रचारमा जुटेका महरको सक्रियताले अन्य आकांक्षीहरूलाई समेत छिटो मैदानमा उत्रिन दबाब दिएको छ । उनी कांग्रेसको बलियो संगठन मानिने नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष र हाल पार्टीको शिक्षा विभाग प्रमुखको जिम्मेवारीमा छन् । उनको नेतृत्वमा सञ्चालित ‘स्कूल अफ डेमोक्रेसी’ जस्ता कार्यक्रमले उनलाई वैचारिक र सांगठनिक रूपमा पार्टीको तल्लो तहसम्म पुग्न मद्दत गरेको विश्लेषण गरिएको छ ।

    महरले अघि सारेको १४-बुँदे एजेन्डामा ‘एक व्यक्ति, एक पद, दुई कार्यकाल’, आर्थिक पारदर्शिता र विज्ञ समूह (थिङ्क ट्याङ्क) को स्थापनाजस्ता विषयले युवा र बौद्धिक वृत्तमा विशेष चर्चा पाएको छ । ‘हाम्रो तहमा गुटभन्दा पनि पार्टी कसरी बलियो हुन्छ भन्ने चासो छ,’ एक जाना अर्का केन्द्रीय सदस्य भने, ‘उहाँले उठाएका एजेन्डाले पार्टी रूपान्तरणको स्पष्ट खाका दिन्छ । त्यसैले उहाँप्रति स्वाभाविक आकर्षण बढेको हो ।’

    १४ औं महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्माको उदयले कांग्रेसमा परम्परागत गुटको विरासत तोड्न सकिन्छ भन्ने सन्देश दिएको थियो । त्यही जगमा टेकेर महरले आफ्नो अभियानलाई ‘मुद्दा र विचारमा आधारित नयाँ ध्रुवीकरण’ को रूपमा अघि बढाएका छन् । उनको बढ्दो सक्रियता र पक्षमा बन्दै गएको माहोलले कांग्रेस महामन्त्रीको आगामी प्रतिस्पर्धालाई थप जटिल, रोचक र बहुध्रुवीय बनाउने संकेत गरेको छ ।

    बिहिबार, साउन ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.