• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

११ महिनामा आए साढे १० लाख पर्यटक


  •   सोमबार, असार ३०, २०८२ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो ११ महिनामा १० लाख ७७ हजार ६४१ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको  सन् २०२४ को अगस्टदेखि सन् २०२५ जुनसम्मको तथ्यांक अनुसार यी संख्यामा विदेशी पर्यटक नेपालका आएका हुन् । नेपाल पर्यटन बोर्ड अनुसन्धान विभागका वरिष्ठ अधिकृत अविन्द्र भट्टले सन् २०२५ को जनवरीदेखि जुनसम्म मात्र पाँच लाख ७७ हजार ६८९ जना पर्यटक नेपाल भित्रिएको जानकारी दिए । गत वर्षको यो अवधिमा पाँच लाख ८३ हजार पर्यटक नेपाल आएका थिए । अर्थात्, गत वर्षको तुलनामा पर्यटक आवागमनमा खासै बदलाव भने भएको देखिएन ।

    Advertisement

    यो वर्षको जुन महिनामा मात्रै ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन् । बोर्डको तथ्यांकअनुसार २०२५ को जनवरीदेखि जुनसम्म दक्षिण एसियाका दुई लाख तीन हजार २४२ पर्यटक नेपाल आएका छन् । त्यस्तै, एसियाबाट एक लाख ३२ हजार ७५०, युरोपबाट एक लाख २ हजार ५२४, ओसियानाबाट २४ हजार १६९, अमेरिकाबाट ७० हजार ४५६, मध्यपूर्वी राष्ट्रबाट १० हजार एक सय २५, अफ्रिकाबाट २०५२ र अन्य राष्ट्रबाट ३२ हजार ३७१ पर्यटक नेपाल आएको  वरिष्ठ अधिकृत अविन्द्र भट्टले जनाए ।

    नेपाल पर्यटन बोर्ड : २५औं वर्षगाँठसँगै जोडिएको स्थापना कथा

    नेपाल आउने धेरै पर्यटकमा दक्षिण एसियालीको संख्या अन्यको भन्दा धेरै छ ।  जसमध्ये पनि भारतका पर्यटक धेरै रहेका छन् । त्यस्तै, २०२४ को सोही अवधिमा पनि दक्षिण एसियाकै पर्यटक धेरै नेपाल आएका थिए ।

    बोर्डको तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल आएका थिए ।

    अघिल्ला वर्षहरूको तथ्यांक हेर्दा सन् २०२३ मा दश लाख १४ हजार ८८२, २०२२ मा ६ लाख १४ हजार ८६९, २०२१ मा १ लाख ५० हजार ९६२ र २०२० दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारीको प्रभावले २०२० देखि २०२२ सम्म पर्यटक आवागमनमा निकै असर परेको तथ्यांकले देखाउँछ ।

    नेपालमा कति खर्च गर्छन् पर्यटक ?

    सन् २०२४/२५ को पछिल्ला ११ महिनामा ८२ अर्ब १९ करोड ८६ लाख रुपैयाँ विदेशी पर्यटकले नेपालमा खर्च गरेका छन् ।

    बोर्डका अनुसार पर्यटकले नेपालमा प्रतिदिन औसतमा ४८ डलर(६,४३२) खर्च गर्छन् । बोर्डको पछिल्लो १० वर्षको तथ्यांक हेर्दा पर्यटकको औसत बसाइँ १२ देखि १५ दिनसम्म मात्रै रहेको छ ।

    छुट्टी मनाउन आउँछन् धेरै पर्यटक

    नेपाल पर्यटन बोर्डको तथ्यांकले नेपाल आउनेमध्येका धेरै पर्यटक छुट्टी मनाउन आएको देखाउँछ । सन् २०२४ मा नेपाल आएका कूल ११ लाख ४७ हजार ५४८ पर्यटकमध्ये ६ लाख ९३ हजार ११९ (६०.४० प्रतिशत) पर्यटक छुट्टी मनाउन नेपाल आएका थिए ।

    त्यस्तै, ट्रेकिङ र माउन्टेनिङमा १ लाख ६६ हजार ३९४ (१४.५० प्रतिशत), तीर्थयात्राका लागि १ लाख ७५ हजार ५७५ (१५.३० प्रतिशत) र अन्यमा एक लाख १२ हजार ४६० (९.८० प्रतिशत) पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ ।

    त्यस्तै, सन् २०२३ मा पनि ६२.५ प्रतिशत पर्यटक छुट्टी मनाउन नेपाल आएको देखिन्छ भने ट्रेकिङ र माउन्टेनिङमा १५.२ प्रतिशत, तीर्थयात्राको लागि १३.१ प्रतिशत र अन्यमा ९.२ प्रतिशत पर्यटक नेपाल आएका थिए ।

    वरिष्ठ अधिकृत भट्ट भन्छन्, ‘२०१७ भन्दा अगाडिका वर्षहरूमा विजनेस र अफिसियल कामका लागि पनि विदेशी नेपाल आउने गर्थे । तर, २०१७ देखि यता यी क्याटागोरीमा पर्यटक आएका छैनन् ।’ समग्रमा हेर्दा बर्सेनि छुट्टी मनाउन धेरै पर्यटक नेपाल आउने गरेको देखिन्छ ।

    प्रतिस्पर्धामा खुलिरहेका छन् तारे होटेल

    पर्यटन विभागको तथ्यांकअनुसार पछिल्लो ११ महिनामा २० वटा तारे होटलहरू खुलेका छन् । जुन होटलहरूमा कूल एक हजार ४२२ वटा कोठा छन् ।

    यो अवधिमा ६ वटा पाँचतारे होटेल खुलेका छन् भने चारतारे ४ वटा, दुईतारे १, एकतारे १, डिलक्स रिसोर्ट ३ वटा, साधारण रिसोर्ट ४ वटा र पाँचतारे डिलक्स स्तर एक होटेल खुलेको पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीले बताए ।

    गत आर्थिक वर्षको सोही अवधिमा २६ वटा तारे होटलहरू खुलेका थिए भने आव २०७९/८० मा २२ वटा, आव २०७८/७९मा ३० वटा र आव २०७७/०७८ १६ वटा तारे होटलहरू खुलेका थिए ।

    नेपालका होटलहरूको क्षमताअनुसारको पर्यटक आएनन्

    होटेल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह नेपालका होटलहरूको क्षमताअनुसार पर्यटक आउन नसकेको बताउँछन् । पर्यटन प्रवर्धनका लागि सरकारसँग स्पष्ट कार्यविधि नभएकाले पर्यटन क्षेत्रको क्षमताअनुसारको लाभ उठाउन नसकिरहेको उनको भनाइ छ ।

    अन्तर्राष्ट्रिय विमानस्थलहरू व्यवस्थित नहुनु र राजमार्ग/सडकहरूको निर्माण कार्य समयमै सम्पन्न नहुने जस्ता कार्यले सम्भावित पर्यटक आवागमनमा धक्का लागेको अध्यक्ष शाहले बताए । उनी भन्छन्, ‘हामी वार्षिक ३०/३५ लाख पर्यटक मजाले राख्न सक्छौँ, तर वार्षिक ११/१२ लाख मात्रै आउँछन् । हाम्रो क्षमता त विकास भएको छ तर पूर्वाधार विकासमा पनि सरकारले ध्यान दिन आवश्यक छ ।’ यद्यपि, हरेक महिना जसो नेपालमा तारे होटलहरू खुल्न थाल्नु पर्यटन प्रवर्धनको संकेत रहेको उनको भनाइ छ ।

    सोमबार, असार ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.