काठमाडौं/गोधूलि कला साहित्य प्रतिष्ठानले २१२औं भानु जयन्तीका अवसरमा वरिष्ठ कवि तुलसी दिवसलाई ‘गोधूलि भानु शिखर अभिनन्दन’ र साहित्यकार बिक्रम भक्त जोशीलाई ‘गोधूलि भानु काव्य सम्मान २०८२’ प्रदान गर्यो । जोशी उनको निकथासङ्ग्रह ‘चोभार ब्लुज’का कारण चर्चित छन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा साहित्यकारहरु गंगा पौडेल कर्माचार्य, राधेश्याम लेकाली, श्रीराम राई, रेणु अधिकारी ‘मौनता’, रेणुका भट्टराई, भीष्मराज ढुंगेल, दीपसागर थापा मगर, गीता अर्याल, लोकगायक प्रेम खड्का, एन्जल्स वर्ल्ड इन्टरनेशनल एकेडेमीलाई पनि सम्मान गरिएको थियो । संस्थाकी सदस्य पशुपति गुरुङको सभापतित्त्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले कविताकै कारण आफू अठासीवटा भन्दा बढी मुलुकको भ्रमण गर्न सफल भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार लेखकले आफ्ना सिर्जनाको प्रचार गर्नुपर्छ । कार्यक्रममा साहित्यकार गोपीकृष्ण प्रसाई र कवि प्रल्हाद पोखरेलले आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्नुभयो । सोही कार्यक्रममा आयोजित ‘गोधूलि भानु काव्योत्सव’मा कविहरु विश्वविमोहन श्रेष्ठ, राधेश्याम लेकाली, राजु उपरकोटी, द्वारिका कुइँकेल, घनबहादुर थापा, आशीष ऐडी, रोमा लम्साल, भगवती बस्नेत, ओमकृष्ण प्रसाई, प्रकाश समीर र रश्मि रिमालले आ-आफ्ना रचना वाचन गर्नुभएका थिए । यसअघि सम्मानितहरु मध्येका बिक्रम भक्त जोशी, रेणु अधिकारी ‘मौनता’, रेणुका भट्टराईले भानुलाई समर्पित गर्दै कविता वाचन गर्नुभएका थिए । कार्यक्रमको संचालन एवं सहजीकरण संस्थाका अध्यक्ष प्रकाश समीर र राजन न्यौपानेले संयुक्त रूपमा गर्नुभएका थिए ।
गोधूलि साहित्य प्रतिष्ठानद्वारा तुलसी दिवस अभिनन्दित, बिक्रमभक्त सम्मानित
गोधूलि साहित्य प्रतिष्ठानद्वारा तुलसी दिवस अभिनन्दित, बिक्रमभक्त सम्मानित
तपाईको प्रतिक्रिया




