• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो 


  •   मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघद्वारा सञ्चालित समावेशी शिक्षा खासै प्रभावकारी भएको देखिँदैन ।

    Advertisement

    कालिका नगरपालिका अत्यन्तै विपन्न तथा सिमान्तकृत अल्पसंख्यक जातिहरुको बसोबास भएको क्षेत्र हो ।

    यहाँ चेपाङ, पर्जा, बोटे, राई, लिम्बु, गुरुङ मगर र बाहुन, क्षत्री आदिको बसोबास छ । अपाङ्गता तथा जटिल प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि तालिम तथा स्रोत कक्षा उपचार आदिमा समाबेश गराउने भनिएता पनि वास्तविक पीडितसम्म नपुगेको कालिका नगरपालिका १० का वडाध्यक्ष नरजङ प्रजाले गुनासो गर्नुभयो ।

    कालिका नगरपालिका भौगोलिक हिसाबले समेत पहाडी भूभाग भएका कारण अपाङ्गता तथा जटिल प्रकारका अपाङ्गताका लागि समावेशी शिक्षा परियोजना ल्याइएता पनि वास्तविक समुदाय लाभान्वित हुन नसकेको प्रजाले गुनासो गर्नुभएको हो ।

    जिल्लाका दुईवटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्षित गर्दै भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा यो परियोजना सञ्चालन गरिएको हो ।

    परियोजना सञ्चालनमा आएसँगै दुई पालिकाका ३९ ‘अटिजम’ भएका बालबालिकालाई फिजियोथेरापी, एक सय ३७ बालिबालिकालाई घरमा आधारित शिक्षा सञ्चालन गर्ने भनिएतापनि वास्तविक क्षेत्रका व्यक्तिले नपाएको पीडितको गुनासो छ ।

    परियोजनाले गाउँघरका विद्यालय जानबाट बन्चित बालबालिकाहरुलाई भर्ना गराउने तथा घरमा आधारित शिक्षा सञ्चालन गर्ने जनाउँदै आएको भएपनि वास्तविक क्षेत्रका पीडित बालबालिकाहरु लाभान्वित हुन सकिरहेका छैनन् ।

    अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासङ्घ नेपालले तीनवर्षे कार्यक्रम अन्तर्गत समावेशी शिक्षा परियोजना कालिका र भरतपुर महानगरमा संचालन गर्दै आएको छ ।

    परियोजनाको समयावधि सकिनै लाग्दा समेत प्रभावकारी नभएपछि परियोजना उद्देश्य बिपरित भएको जानकारहरु बताउँछन् । कालिकाका ३५ वटा विद्यालयमा यो परियोजना सञ्चालन भए पनि सुधारोन्मुख भएको देखिँदैन । परियोजनाले घरमा आधारित शिक्षा लिने २५ जना बालबालिकाहरु र ४ जना घुम्ती शिक्षकहरु भएको बताए पनि जटिल प्रकारका बालबालिका भएका घरमा नआउने गरेको पीडित बालबालिकाका आफन्तले बताएका छन् । तर परियोजनाले विद्यालय जान नसक्ने बालबालिकाहरुका लागि घुम्ती शिक्षकको व्यवस्था गरिएको बताएको छ ।

    उता भरतपुर महानगरका शिक्षा शाखा प्रमुख सुरेशचन्द्र आचार्यले परियोजनाको उद्देश्य, लक्ष्य तथा योजनाबारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले भरतपुर र कालिकामा परियोजना सञ्चालन हुँदै आएको भए पनि यसको कार्यमूल्याङ्कन तथा लाभान्वित बालबालिकाको तथ्याङ्क बारे एकिन विवरण नआएको प्रष्ट पार्नुभयो ।

    समावेशी शिक्षा परियोजनाका बारेमा अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासङ्घले परियोजना अबधि सकिनै लाग्दा समेत यसको प्रभावकारी तथ्याङ्क हालसम्म सार्वजनिक गरेको छैन । सञ्चारकर्मीले यस बारेमा बारम्बार बुझ्न खोज्दा समेत पहिले नै सोधिने प्रश्न तयार गर्नुपर्ने भन्दै दुईवटै परियोजनाका सञ्चालकहरुले आनाकानी गर्ने गरेका छन् ।

    मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.