• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

मिसेस नेपाल वर्ल्ड २०२५ मा सहभागिताको लागी आवेदन खुला


  •   सोमबार, असार २३, २०८२ मा प्रकाशित
  • उनले प्रतियोगिताको ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिने जनाए। प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा सम्पन्न हुने र त्यसपछि छनोट भएकाहरूलाई विभिन्न प्रशिक्षणमार्फत फिनालेसम्मको यात्रा तय गराइने बताइएको छ ।

    Advertisement

    यस प्रतियोगितामा सहभागी हुनको लागि उचाइ र तौलको कुनै मापदण्ड राखिएको छैन । इच्छुक प्रतियोगीहरूले न्यूनतम एस.एल.सी. उत्तीर्ण हुनुपर्ने छ । विवाहित महिला मात्र नभई दम्पत्य सम्बन्ध विच्छेद तथा एकल महिलाहरूले पनि यो प्रतियोगितामा फाराम भर्न सक्ने छन् । आवेदन फारम खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने छ ।

    यस पटक मिसेस नेपाल वल्र्डसँगै मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि सोही मञ्चबाट घोषणा गरिने पनि अध्यक्ष झाले कार्यक्रममा बताए । विजेता मिसेस नेपाल वल्र्डले आगामी वर्ष अमेरिका हुने मिसेस वल्र्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।

    विगत वर्षहरूमा मिसेस नेपाल वल्र्डको उपाधि पाउने मध्ये २०२१ मा दिक्ष्या केसी, २०२३ मा पृथ्वीया थापा थिए । यस्तै २०२४ मा डेनिला कार्कीले यो उपाधि चुमेकी हुन् । विशेष रूपमा पृथ्वीया थापाले मिसेस वल्र्ड २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै ‘ह्युम्यानिटेरियन अवार्ड’ प्राप्त गरेकी थिइन्, जुन नेपालको लागि गौरवको विषय बनेको थियो।पत्रकार सम्मेलनमा बोल्दै हास्य अभिनेता केदार प्रसाद घिमिरे माग्ने बुढाले विभिन्न पेशामा रहेका महिलाहरुको लागि आफ्नो सौन्दर्य कलासँगै क्षमता प्रस्तुत गर्नको लागि यो प्रतियोगिता निकै महत्वपूर्ण भएको बताए । गत वर्षबाटै आफु यो प्रतियोगितामा जोडिएको र यसले महिलाहरुको व्यक्तित्व विकासमा निकै ठुलो सहयोग पु¥याएको पनि घिमिरेले बताए ।
    एमएस नेपाल इन्टरनेशलन २०२३ की बिजेता सिता सुवेदी केही समय यताबाट क्यान्सरसँग संघर्ष गरिरहेकाले उनको उपचारको लागि कलाकार केदार प्रसाद घिमिरेले सो कार्यक्रममा आर्थिक सहयोग पनि प्रदान गरे ।

    पत्रकार भेटघाट कार्यक्रममा अतिथि एवम् अभिनेत्री दीपिका प्रसाईँले यो प्रतियोगिता विवाहित महिलाहरुको लागि निकै ठुलो प्रतियोगिता भएको बताईन् । यसले नेपाली महिलालाई अन्तराष्ट्रिय क्षेत्रमा पुगेर आफु र देशलाई चिनाउने काम गरेको पनि अभिनेत्री प्रसाईँले बताईन् ।
    यस्तै मिसेस नेपाल वल्र्ड २०२४ की बिजेता डा. डेनिला कार्कीले यो उपाधि जितेपछि आफ्नो जीवनमा धेरै परिवर्तन आएको बताईन् । मिसेस वल्र्डमा भाग लिन आफू अमेरिका जाने तयारीमा रहेको पनि उनले जानकारी गराईन् ।

    यो प्रतियोगितामा अफिसियल कोरियोग्राफरको रूपमा आश्विनीकान्त
    झा रहेका छन् । प्रतियोगीलाई पूर्ण रुपमा दक्ष बनाएर आफुले अन्तिम प्रतिस्पर्धामा उतार्ने कोरियोग्राफर अश्विनीले कार्यक्रममा बताए । कोरियोग्राफर आश्विनीले प्रतियोगितालाई अझै अन्तर्राष्ट्रिय स्तरको बनाउन आफू अमेरिका भ्रमण गरेर त्यहाँका नेपाली समुदाय र संस्थाहरूसँग समन्वय गरेर तयारी गरेको जानकारी दिए ।

    ‘हामी मिसेस नेपालको विजेतालाई अमेरिका हुने मिसेस वल्र्डको अन्तर्राष्ट्रिय संस्करणमा पठाउनेछौं। यसपटकको तयारीपछि हामी अझ सजिलो र सशक्त रूपमा नेपाललाई विश्व मञ्चमा स्थापित गर्नेछौं,’ आश्विनीले आजको पत्रकार भेटघाट कार्यक्रममा बताए । रिबन इन्टरटेनमेन्ट प्रा.लि.ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि महिलाहरूलाई आत्मविश्वास, सीप र व्यक्तित्व विकासमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो । मिसेस नेपाल वल्र्ड २०२५ को नृत्य कोरियोग्राफी सन्दीप भुजेलले सम्हाल्ने छन् । आईना गजुरेल सहायक कोरियोग्राफरको रूपमा रहने छिन् । प्रतियोगिताको समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन् । प्रतियोगिताको अफिसियल फोटोग्राफरमा कुवेर डंगोल र बद्री थापा रहेका छन् ।

    प्रशिक्षक टोलीमा सञ्चार,सौन्दर्य,नेतृत्व विकास,व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्व सम्बन्धी विभिन्न विधाका विज्ञहरूको सहभागिता रहनेछ । प्रतियोगिता अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकहरूद्वारा व्यक्तित्व विकास,प्रस्तुति कला,आत्मविश्वास अभिवृद्धि,सञ्चार सीप लगायतका विषयमा विशेष प्रशिक्षण प्रदान गरिनेछ ।काठमाडौं/विश्वभरीका महिलाहरुको आकर्षणको केन्द्र बनेको‘मिसेस वर्ल्ड २०२५’ को नेपाल नेपाल संस्करणको रुपमा ‘मिसेस नेपाल वर्ल्ड २०२५’ रहेको छ । यो प्रतियोगिता नेपालमा बिगत चार वर्षदेखि रिवन इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गर्दै आएको छ । यसै क्रममा यो प्रतियोगिताको चौथो संस्करणको आईतबार ललितपुर पुलचोक स्थित स्क्वायर होटलमा पत्रकार भेटघाट कार्यक्रमबीच घोषणा गरिएको छ । सोही कार्यक्रममा यो संस्करणको लागि आवेदन प्रक्रिया सुरु गरिएको घोषणा समेत गरियो । महिला सशक्तिकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा स्थापित यस प्रतियोगिता देश–विदेशमा नेपाली महिलाहरूको पहिचान विस्तार गर्ने उद्देश्यले निरन्तर आयोजित हुँदै आएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले कार्यक्रममा बताए । यस वर्षको प्रतियोगिता बिगतको भन्दा अझ बृहत् र व्यवस्थित ढंगले आयोजना गरिने अध्यक्ष झाले कार्यक्रममा बताए ।

    सोमबार, असार २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.