• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको तदर्थ समिति गठन

  •   बिहिबार, असार १९, २०८२ मा प्रकाशित
  • काठमाडौं/राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट नेपालको फुल कन्ट्याक्ट कराँतेलाई विधिसम्मत रूपमा मान्यता दिई गठन गरिएको तदर्थ समितिको सम्मानमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार त्रिपुरेश्वरस्थित रंगशालामा भव्य रूपमा सम्पन्न भयो।

    Advertisement

    कार्यक्रमको सभापतित्व आयोजक तथा फुल कन्ट्याक्ट कराँतेका संस्थापक महागुरु सिहान जगत प्रसाद गौचनले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राखेपका सदस्य सचिव टंकलाल घिसिङको विशेष उपस्थिति रहेको थियो।

    विशेष अतिथिका रूपमा राखेपका कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ र बोर्ड सदस्य जगत सिंह धामी, साथै अतिथिका रूपमा तदर्थ समिति संयोजक सुर्य बहादुर बुढाथोकी र प्रमुख प्रशिक्षक कुमार श्रेष्ठ कार्यक्रममा सहभागी थिए।

    कार्यक्रममा तदर्थ समितिका सदस्यहरू, फुल कन्ट्याक्ट कराँते संघहरूका ब्रान्च चिफ (नेपाल प्रमुख), पूर्व मुख्य प्रशिक्षक, प्रशिक्षक, खेलाडी, अभिभावक, शुभचिन्तक, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा खेलकुदप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा २१ सदस्यीय तदर्थ समितिलाई औपचारिक सम्मान गरिएको थियो। उपस्थित सहभागिहरूको उत्साह, ऐक्यबद्धता र प्रतिबद्धताले कार्यक्रमलाई विशेष, सफल र स्मरणीय बनाएको थियो।

    कार्यक्रमको प्रारम्भमा आयोजकको तर्फबाट स्वागत मन्तव्य प्रस्तुत गर्दै तदर्थ समिति गठनप्रति खुशी व्यक्त गरियो र सबै पाहुनाहरूलाई हार्दिक स्वागत तथा धन्यवाद दिइयो।

    प्रमुख अतिथि टंकलाल घिसिङले नेपालमा फुल कन्ट्याक्ट कराँतेको विकास र अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न अबको यात्रालाई प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “संरचना बनेको छ, अब गुणस्तरीयता र प्रतिस्पर्धात्मकताको यात्रा सुरु हुन्छ। राखेप सधैं साथमा रहनेछ।”

    विशेष अतिथि जगत सिंह धामीले महासंघलाई जिम्मेवार, पारदर्शी र समर्पित बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “खेलकुद क्षेत्रमा संस्थागत संरचना बलियो हुनु नै विकासको आधार हो।”

    कार्यकारी सदस्य सुवर्ण श्रेष्ठले कराँतेमा एकता, अनुशासन र समर्पण आवश्यक भएको बताउँदै महासंघले सबैको विश्वास जित्ने गरी सञ्चालन हुनु पर्ने कुरामा जोड दिनुभयो। उहाँले भने, “फुल कन्ट्याक्ट कराँते समुदायको साझा भविष्य बनाउने अवसर हो यो।”

    तदर्थ समिति संयोजक सुर्य बहादुर बुढाथोकीले महासंघप्रति विश्वास र साथ जनाउने सबैप्रति आभार प्रकट गर्नुभयो। उहाँले महासंघको भविष्यप्रति सकारात्मक सोच, सहयोग र सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो।

    कार्यक्रमको समापन मन्तव्य सभापति शिहान जगत प्रसाद गौचनले दिनुभयो। उहाँले कराँतेलाई अनुशासन, संस्कार र जीवनशैलीसँग जोड्दै भन्नुभयो, “महासंघको निर्माण मेरो सपना थियो, जुन आज साकार भएको छ। अब हामी सबैले एकताबद्ध भई फुल कन्ट्याक्ट कराँतेलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्ठित रूपमा स्थापित गर्न लागि पर्नु आवश्यक छ।”

    कार्यक्रम अन्त्यमा महासंघले अब छिट्टै संरचनात्मक तथा प्राविधिक कार्यहरू अघि बढाउने जानकारी दिएको थियो। महासंघले निकट भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता विकासमा योगदान दिने अपेक्षा गरिएको छ।

    बिहिबार, असार १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.