• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षक


  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
  • म्याग्दी/विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिकसत्र २०८२ देखि बन्द भए । शैक्षिकसत्र २०८० मा एक सय दुई र २०८१ मा ७२ जना विद्यार्थी रहेको विस २०१५ मा स्थापना भएको भानु माविमा पछिल्लो केही वर्षयता विद्यार्थी सङ्ख्या निरन्तर घट्दो छ । कक्षा १२ सम्मको पठनपाठन हुने बेनी नगरपालिका–१ रत्नेचौरको भानु माविमा कक्षा ११ र बालकक्षासहित शैक्षिकसत्र २०८२ को विद्यार्थी सङ्ख्या ४८ जना छ । प्रधानाध्यापक दिनेश बोगटीका अनुसार कक्षा १ र ३ मा विद्यार्थी सङ्ख्या शून्य छ ।

    Advertisement

    कक्षा ४ सम्मको पठनपाठन हुने बेनी नगरपालिका–१ लामगरामा रहेको युुवावर्ष आधारभूत विद्यालयको २, ३ र ४ कक्षामा नयाँ शैक्षिकसत्र २०८२ मा भर्ना हुुन आउने विद्यार्थीको सङ्ख्या शूून्य छ । चार शिक्षक र कर्मचारी भएको उक्त विद्यालयको बालकक्षामा चार र कक्षा १ मा तीन जना विद्यार्थी छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविराम थापाका अनुसार २०४१ सालमा स्थापना भएको युवावर्ष आधारभूतमा दशकअघिसम्म एक सय जनासम्म विद्यार्थी हुन्थे ।

    बेनी नगरपालिका–२ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको सङ्ख्या बराबर छ । दुई जना दरबन्दीका शिक्षक, एक–एक जना बालविकास सहयोगी र कार्यालय सहयोगी रहेको विद्यालयमा विद्यार्थी सङ्ख्या चार छ । कक्षा ३ सम्म पठनपाठनको अनुमति पाएको विद्यालयको कक्षा २ मा एकजना पनि विद्यार्थी छैनन् ।

    बालकक्षामा दुई, कक्षा १ र ३ मा एक–एक जना विद्यार्थी छन् । प्रअ सरस्वती नेपालीका अनुसार २०८० सालसम्म ७ कक्षासम्मको पठनपाठन भएको विद्यालयमा विद्यार्थी सङ्ख्या ५१ जना थियो । गत शैक्षिकसत्र २०८१ को सुरुमा २२ विद्यार्थी भएको विद्यालयमा बर्खे बिदापछि ११ जनाले विद्यालय परिवर्तन गरे ।

    भानु मावि, युवावर्ष, हंशबाहिनी, जगन्नाथ र ओखले आधारभूत विद्यार्थी अभावको समस्या झेलिरहेका बेनी नगरपालिकाको ग्रामीण क्षेत्रका विद्यालयका उदाहरण हुन् । सुविधायुक्त भवन, दरबन्दीअनुसार स्थायी शिक्षक, विज्ञान, कम्प्युटर प्रयोगशाला र पुस्तकालय भएका सदरमुकाम बेनीबजार आसपासका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बर्सेनि घट्दो छ ।

    जन्मदर घट्नु, बसाइँसराइ बढ्नु, सडक यातायातको सुविधासँगै निजी विद्यालयले गाउँगाउँमा गाडी पठाएर विद्यार्थी ओसार्नु, सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न नसक्नु, निजी विद्यालय र अङ्ग्रेजी माध्यमप्रतिको मोह, सामुदायिक विद्यालयमा बढ्दो राजनीतिक हस्तक्षेप, शिक्षक जिम्मेवार नबन्नु र अगुवा तथा समाजको बेवास्ताका कारण सामुदायिक विद्यालय विद्यार्थीविहीन हुने अवस्था आएको बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताउनुभयो ।

    बेनी नगरपालिकामा ११ वटा संस्थागत र ५३ वटा सामुदायिक विद्यालय छन् । शैक्षिक अभिलेख प्रणालीको तथ्याङ्कानुसार बेनीका विद्यालयमा पछिल्लो तीन वर्षयता भर्ना हुने विद्यार्थीको सङ्ख्या घट्दो छ । शैक्षिकसत्र २०८० मा १० हजार ८२५ विद्यार्थी रहेकामा शैक्षिकसत्र २०८१ मा यो सङ्ख्या घटेर १० हजार ५५० मा झ¥यो । शैक्षिकसत्र सुरू भएको करिब तीन महिनामा बेनीका विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या सात हजार ८२८ रहेको बेनी नगरपालिकाको शिक्षा अधिकृत कमल ढकालले बताउनुभयो । बालकक्षामा स–साना उमेरका बालबालिकालाई अक्षर चिनाउन र बानी पार्न ल्याउने अभिभावकले अक्षर चिन्न थालेपछि निजी विद्यालय र अन्यत्र लैजाने गरेको गुनासो शिक्षकहरूले गरेका छन् ।

    “दुःख गरेर अक्षर चिन्ने बनाएपछि अभिभावकले निजी विद्यालय र अन्यत्र बच्चा लगिदिँदा मन खिन्न हुन्छ”, भानु माविका प्रअ दिनेश बोगटीले भन्नुभयो, “सामुदायिक विद्यालय पढ्ने अधिकांश विपन्न र दलित समुदायका छन् ।” उक्त विद्यालय बेनी नगरपालिकाको सबैभन्दा थोरै विद्यार्थी भएको मावि हो । जहाँ हाल दलित समुदायका १९, ब्रह्माण क्षेत्रीका आठ र जनजातिका ११ विद्यार्थी छन् । बेनी नगरपालिकामा रहेका अन्य सामुदायिक विद्यालयको जातिगत विद्यार्थी सङ्ख्या भानु माविको जस्तै छ ।

    सदरमुकाम बेनीबजारमा रहेको प्रकाश माविमा सबैभन्दा बढी सात सय ३२ जना विद्यार्थी छन् । त्यसपछिको बढी विद्यार्थी बेनी सामुदायिकमा छ सय ३७ जना छन् । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत संस्कृत मावि र वडा नं ५ भिरमुनिको पौलत्स्य मावि पनि एक सय जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका माध्यमिक विद्यालय हुन् ।

    जिल्लाभरका विद्यार्थीले पढ्ने प्रकाश र बेनी सामुदायिक माविको मावि तहको तुलनामा आधारभूत १–५ तहमा विद्यार्थी सङ्ख्या कम छ । कक्षा ७–८ सम्म निजी विद्यालय पढाउने र ९–१० पढाउन सामुदायिकमा ल्याउने चलन रहेको प्रकाश माविका प्रअ लेखबहादुर हमालको भनाइ छ ।

    अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने, विद्यार्थीमैत्री शिक्षण विधि अपनाउने, अभिभावकसँग निरन्तर अन्तक्र्रिया गर्ने, पोशाक, सरकारले दिनेबाहेक पनि विभिन्न विधामा छात्रवृत्ति, पोशाक उपलब्ध गराएर आकर्षित गर्ने प्रयास गरेका सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न र निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

    सामुदायिक विद्यालयका सुविधायुक्त कक्षाकोठा खाली छन् । खेलमैदान सुनसान छन् । शिक्षकहरूले रित्ता कक्षाकोठा रुँगेर बसेका छन् । बेनी नगर कार्यपालिकाअन्तर्गत सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा नं ९ का अध्यक्ष चक्र केसीले समुदाय, अभिभावक र विद्यालयबीचको बढ्दो दूरी नै सामुदायिक विद्यालयको शैक्षिक सुधारको चुनौती बनेको बताउनुभयो ।

    “शिक्षकहरूलाई जिम्मेवार बनाउन यस वर्षदेखि १६ वटै माविमा विद्युतीय हाजिरी सुरू गरेका छौँ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि, सरकारी सुविधा लिने कर्मचारी र शिक्षकहरूका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने गत वर्ष कार्यपालिकाले गरेको निर्णय आंशिकमात्र कार्यान्वयन भएको छ ।” उक्त निर्णयपछि बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले न्यूवेष्ट प्वाइन्ट आवासीय माविमा पढ्दै आएकी छोरी प्रशन्ना पौडेललाई बेनी सामुदायिकमा भर्ना गर्नुभएको थियो ।

    बेनी नगरपालिकाका प्रमुख सुरत केसी घट्दो जनसङ्ख्या वृद्धिदर र बढ्दो बसाइँसराइको दरसँगै सामुदायिक विद्यालयको तह समायोजन, शिक्षक व्यवस्थापनको काम थालिएको बताउनुभयो । “स्तरीय यातायातको सुविधासँगै कक्षा ११, १२ पढ्नका लागि गाउँबाट सदरमुकाम बेनीका विद्यालयमा आउने विद्यार्थी पोखरा–काठमाडाँै जान थालेका छन्”, उहाँले भन्नुभयो, “शैक्षिकसत्रको सुरुमा भएको शिक्षक आन्दोलनका कारण कतिपय अभिभावकले बेनी बाहिर आफ्ना बालबालिका लैजाँदा विद्यार्थी सङ्ख्या घटेको हो ।”

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाएर विद्यार्थीलाई आकर्षित गर्नु र समाज तथा अभिभावकको विश्वास जित्नुको विकल्प नरहेको नगरप्रमुख केसीले बताउनुभयो । तहगत रूपमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षकलाई पुरस्कृत गर्नेदेखि माध्यमिक तहका विद्यार्थीलाई व्यावहारिक सीप सिकाउन ‘हामी सक्छौँ, हामी गर्छौँ’ मार्फत विभिन्न तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

    कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिकसत्र २०७९ मा ११ र २०८० मा सातवटा विद्यालयको तह समायोजन ९कक्षा घटुवा० गरिएको थियो । तह समायोजन भएका विद्यालयका शिक्षकलाई बढी विद्यार्थी सङ्ख्या भएको नजिकको विद्यालयमा व्यवस्थापन गरिएको छ । विद्यार्थी सङ्ख्या बढेपछि विद्यालय पुनःस्थापना र शिक्षक व्यवस्थापन गर्ने नीति लिएको नगरप्रमुख केसीले बताउनुभयो । गत वर्ष तह घटुवा भएको बेनी नगरपालिका–५ को सेतोढुङ्गा आधारभूत विद्यालयमा यो वर्ष विद्यार्थी सङ्ख्या बढेकाले शिक्षक थप गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

    सामुदायिक विद्यालयप्रति विश्वास र आकर्षण बढाउन शिक्षकलाई जिम्मेवार बनाउने, क्षमता विकास, प्रोत्साहन, शिक्षण विधिमा प्रविधिको प्रयोग र विद्यार्थीमैत्री शिक्षण विधि अपनाउने, अभिभावकमा जागरण ल्याउने, समुदाय र अभिभावकको सुझावका आधारमा शैक्षिक गतिविधि सञ्चालन गर्दै शैक्षिक गुणस्तर सुधार्न आवश्यक देखिन्छ । आवासीय विद्यालय सञ्चालन र विद्यालय समायोजन पनि थप विकल्प हुनसक्ने सरोकारवाला बताउँछन् ।

    शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.