• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

काठमाडौं विश्वविद्यालयद्वारा नेसनल प्याब्सनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण


  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
  • देशभर सञ्चालन भइरहेका प्रि-स्कुल शिक्षामा एकरूपता ल्याउने उद्देश्यसहित काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (केयूएसओईडी) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)को सहकार्यमा तयार गरिएको प्रि-स्कुल पाठ्यक्रम नेसनल प्याब्सनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुइँटेलले प्रि-स्कुल पाठ्यक्रम नेसनल प्याब्सनकी केन्द्रीय अध्यक्ष गीता राणा क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।

    Advertisement

    कार्यक्रममा अध्यक्ष क्षेत्रीले देशभरका प्रि-स्कुलहरू आ–आफ्नै शैलीमा सञ्चालन हुँदै आएको बताउँदै अब साझा पाठ्यक्रमले शिक्षामा समानता ल्याउने बताइन् । ‘शिक्षा सिकाइमा आधारित हुनुपर्छ र डिजिटल शिक्षाको दिशामा पनि अग्रसर हुन आवश्यक छ,’ उनले भनिन् । उनले पाठ्यक्रम लिपिबद्ध भएपछि पाठ्यपुस्तक र सिलेबस निर्माणको कार्य थालिने जानकारी दिँदै काठमाडौं विश्वविद्यालयसँगको सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउने बताइन् ।

    काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. लुइँटेलले विश्वविद्यालयको मुख्य उद्देश्य ज्ञानमार्फत समाजमा योगदान पुर्‍याउनु रहेको उल्लेख गर्दै शैक्षिक संस्थाहरूले केवल डिग्री वितरण गर्ने संस्थामा सीमित नहुने र सामाजिक रूपान्तरणका लागि पनि प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

    ‘हामीले उत्पादन गर्ने ज्ञान प्रयोगयोग्य, सान्दर्भिक र समाजका जटिल चुनौतीहरू समाधान गर्न सक्षम हुनुपर्छ,’ उनले भने, ‘यसरी विकसित गरिएको पाठ्यक्रमले प्रारम्भिक बालशिक्षामा गुणस्तरीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।’ लुइँटेलले नेपालको शिक्षाले अब संकुचित पाठ्यपुस्तक र अंककेन्द्रित मूल्यांकन प्रणालीबाट बाहिर निस्केर सिर्जनशील, समावेशी र बालमैत्री सिकाइतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनअन्तर्गत प्रारम्भिक बालशिक्षा तथा व्यावसायिक अध्ययन विभागकी प्रमुख डा. पार्वती ढुंगानाले सहकार्यको महत्त्वलाई जोड दिँदै पाठ्यक्रम कुनै एक संस्थाले मात्र नभई शिक्षाविद्, वैज्ञानिक, नीति निर्माताहरू, विद्यालय सञ्चालक र शिक्षकहरूबीचको समन्वय र साझा प्रयासबाट निर्माण गरिए मात्र प्रभावकारी हुन सक्ने बताइन् । ‘पाठ्यक्रम बनाउने काम सिर्जनात्मक मात्र होइन,’ डा. ढुंगानाले भनिन्, ‘बालबालिकाको समग्र विकासका लागि सिकाइको मनोविज्ञान, सामाजिक सन्दर्भ, स्थानीय आवश्यकता र अन्तर्राष्ट्रिय अनुभवलाई समेटेर पाठ्यक्रम विकास गर्नु अत्यावश्यक हुन्छ ।’

    डा. ढुंगानाले प्रारम्भिक बालशिक्षा मुलुकको समग्र शैक्षिक आधारभूत संरचना निर्माणको जग भएको उल्लेख गर्दै विश्वविद्यालय र नेसनल प्याब्सनबीचको सहकार्यले निजीक्षेत्रलाई समेत शैक्षिक सुधारको साझेदार बनाएको बताइन् । त्यस्तै, नेसनल प्याबसनका पूर्वअध्यक्ष एवं शिक्षा नीति तथा प्रशिक्षण आयोगका संयोजक कर्णबहादुर शाहीले नेपालको भविष्य कक्षा कोठामै निर्माण हुने भएकाले प्रारम्भिक बालशिक्षालाई अझ प्रभावकारी, वैज्ञानिक र समकालीन आवश्यकताअनुसार सुदृढ गर्नुपर्ने धारणा व्यक्त गरे ।

    ‘विद्यालय केवल पढाइको थलो होइन, नागरिक निर्माणको आधारशिला हो,’ उनले भने, ‘त्यसैले बालमैत्री सिकाइ वातावरण, योग्य शिक्षक र उपयुक्त पाठ्यक्रमको संयोजनबाट मात्र सशक्त पुस्ता निर्माण सम्भव हुन्छ ।’ शाहीले प्रारम्भिक शिक्षा प्रणालीलाई लामो समयदेखि उपेक्षित गरिएको भन्दै अब त्यसलाई नीति निर्माणदेखि कार्यान्वयनसम्म प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।

    नेसनल प्याब्सनका महासचिव प्रताप थापाले सञ्चालन गरेको कार्यक्रममा नेसनल प्याब्सनका पूर्वअध्यक्षहरू पण्डव हमाल, ऋतुराज सापकोटालगायतको उपस्थिति थियो । यसैबीच, नेसनल प्याब्सनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ५ देखि ८ असारसम्म काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकले नेतृत्व विकाससम्बन्धी विशेष तालिमसमेत दिएको थियो । उपस्थित सदस्यहरूले प्रशिक्षणबाट प्रेरणा र व्यावहारिक मार्गदर्शन प्राप्त गरेको प्रतिक्रिया दिएका थिए ।

    मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.