नेपालि सेनाले सैनामैना नगरपालिका वडा नम्बर -४ मा रहेको पर्राेहा माध्यमिक बिध्यालयका विद्यार्थीहरुलाई राष्ट्रिय सेवादल तालिम (एनसीसी) तालिम शुरु गरिएको छ । युवायुवतीलाई राष्ट्रप्रेम बनाउन विपद व्यवस्थापनमा सहयोग पुर्याउन कुशल लिडर तयार गर्न आत्मबिश्वासि बनाउन ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उदेश्य राखेर नेपाली सेना बाट विद्यार्थीलाई एनसीसी तालिम शुरु गरिएको छ।
रुपन्देही जिल्लामा दुई सामुदायिक बिध्यालय मध्य पर्राेहा माबि छनोटमा परि तालिम शुरु भएको छ। प्रमुख अतिथि तारा दल गण रुपन्देहीका गणपति सुबर्ण खड्का को प्रमुख आतिथ्यतामा प्रथम प्रबचन शुरु गरि कार्यक्रम गरिएको थियो। तालिममा ३० जना विद्यार्थीको सहभागिता रहेको छ ।
१५ जना छात्र र १५ जना छात्राले १०० दिन सम्म तालिम प्राप्त गर्ने छन।

आदर्श नागरिक र राष्ट्रप्रति माया जगाउने नै यसको मुलभुत उदेश्य हो गणपति खड्का ले बताउनुभएको थियो। विद्यार्थीले यो तालिमबाट सैद्धान्तिक र व्यवहारीक सिक्ने छन् ।’ जसले समाजमा आइपरेका समस्या सगँ जुध्न र असल नागरिक बनाउन टेवा पुग्ने विश्वास नेपालि सेनाले लिएको छ।
पर्राेहा माध्यमिक बिध्यालय एबम नेपाली सेनाद्धारा आयोजित उद्घाटन कार्यक्रम मा विद्यालयका गुरु प्रधानाध्यापक बल बहादुर केसि सहायक हरि भट्टराई समन्वय शिक्षक, धन बहादुर राना शिक्षक अभिभावक संघ अध्यक्ष नरेन्द्र पोखरेल बिध्यालय ब्यवस्थापन समिति का सदस्य खिमानन्द गौतम गङ्गा पौडेल गिता भुसाल जमुना सुनारको उपस्थिति रहेको थियो। नेपाली सेनाले ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो भन्ने आर्दश वाक्य रहेको राष्ट्रिय सेवा दलबाट संचालित तालिमले युवाहरुलाई अनुशासित बनाउने, युवाहरुमा ईमान्दारिता तथा बफादारिताको भावनाको विकास गराउने, युवाहरुमा राष्ट्रियताको भावनाको विकास गर्ने, युवाहरुमा नेतृत्व क्षमताको विकास गर्ने, र विपदको समयमा उद्धार तथा राहत कार्यमा स्वयं सेवकको भुमिका निर्वाह गर्न सक्ने असल तथा अनुशासित नागरिक बनाउन अभिप्रेरित गर्ने गणपति खड्काले जानकारी गराउनुभएको थियो।
Advertisement




