भरतपुर/क्षत्री समाज नेपाल भरतपुर वडा नं. १५ तदर्थ समितिको प्रथम अधिवेशन–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा विविध क्षेत्रका विशिष्ट व्यक्तिहरूको आतिथ्य रहेको थियो भने, क्षत्री समुदायको ऐतिहासिक भूमिका, एकताको महत्व र समृद्ध नेपालको निर्माणमा क्षत्री समाजको योगदानबारे चर्चा गरिएको थियो। वक्ताहरुले नेपाली ईतिहासमा क्षत्री समाजको योगदानको स्मरण गर्दै, राष्ट्रिय एकताको आवश्यकतामाथि जोड दिएका थिए।

कार्यक्रमका सभाध्यक्ष तदर्थ समिति संयोजक श्री एक बहादुर पन्त थिए भने क्षत्री समाज नेपालका केन्द्रीय सल्लाहकार डा. नारायणसिंह कुवँरको प्रमुख आतिथ्यता रहेको थियो। विशिष्ट अतिथिहरुमा केन्द्रीय सल्लाहकार युवराज क्षत्री, केन्द्रीय सदस्य डा. कर्णबहादुर पौडेल र जिल्ला कार्य समिति चितवनका अध्यक्ष टिकाराम कुँवरको उपस्थिति रहेको थियो। अतिथिहरूमा धन बहादुर कार्की, होमबहादुर कुवँर, दिपक खड्का, तिर्सना थापा, बिदुर के.सी., कृष्णराज प्याकुरेल, अर्जुन रानाभाट, र खड्का ब. कुवँर लगायत अन्य थुप्रै अतिथिहरूको उपस्थिति रहेको थियो।

उक्त अधिवेशनले क्षत्री समाज नेपाल भरतपुर वडा नं. १५ तदर्थ समितिको नयाँ नेतृत्व चयन गरेको छ। रामकाजी थापा अध्यक्षमा निर्वाचित भएका छन् । दिपक कुँवर उपाध्यक्षमा, समीर के.सी. सचिवमा, दिपक बोहरा कोषाध्यक्षमा चयन भएका छन् भने सदस्यहरूमा यम बहादुर अधिकारी, घनश्याम के.सी., मिलन तिवारी, कमला भण्डारी, र पार्वती खड्का चयन भएका हुन। हाल ९ सदस्यीय समिति गठन गरिएको छ भने आगामी दिनमा थप ४ जना सदस्य मनोनयनमार्फत थप गरिने जानकारी दिइएको छ। कार्यक्रम समापनमा नवगठित समितिलाई बधाई ज्ञापन गर्दै संस्थालाई अझ सशक्त, सक्रिय र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।





